हबकूक 3:17-19
चाहे अञ्जीरका रूखमा मुना नलागोस्, र दाखका बोटमा फल नफलोस्, चाहे जैतून रूखमा फल नलागोस्, र खेतले अन्न नउब्जाओस्, खोरमा भेड़ाबाख्रा नभए पनि र गोठमा गाईबस्तुहरू रहेनन् भने पनि, म परमप्रभुमा रमाहट गर्नेछु, म मेरो उद्धार गर्नुहुने परमेश्वरमा रमाउनेछु। परमप्रभु परमेश्वर मेरो बल हुनुहुन्छ, उहाँले मेरा खुट्टा हरिणका खुट्टाझैँ पार्नुहुन्छ, उहाँले मलाई अग्ला-अग्ला स्थानहरूमा जाने योग्यको तुल्याउनुहुन्छ। सङ्गीत-निर्देशकको निम्ति— मेरा तार-वाद्यहरूमा बजाइने राग।
हबकूक 3:17-19