गलाती 5:13-24
भाइ हो, तिमीहरू त स्वतन्त्रताको निम्ति बोलाइएका हौ। केवल त्यस स्वतन्त्रतालाई पापमय स्वभावको निम्ति प्रयोग नगर। तर प्रेममा तिमीहरू एक-अर्काको सेवक बन। किनभने समस्त व्यवस्था एउटै वचनमा पूरा भएको छ, “तैंले आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्।” तर तिमीहरू एउटाले अर्कोलाई टोक्ने र निल्ने गर्छौ भनेता होशियार गर, तिमीहरू एक-अर्काबाट नै खतम हुनु नपरोस्। तर म भन्दछु, पवित्र आत्माद्वारा हिँड़, र पापमय स्वभावका लालसा पूरा नगर। किनकि पापमय स्वभावका लालसा पवित्र आत्माको विरुद्ध हुन्छन्, अनि पवित्र आत्माको इच्छा पापमय स्वभावको विरुद्ध। तिमी जे गर्न चाहन्छौ त्यसबाट तिमीहरूलाई रोक्नका निम्ति यीचाहिँ एक-अर्काको विरुद्धमा हुन्छन्। तर यदि तिमीहरू पवित्र आत्माद्वारा डोर्याइएका हौ भनेता तिमीहरू व्यवस्थाको अधीनमा हुँदैनौ। पापमय स्वभावका कामहरू प्रत्यक्ष छन्, जो यी नै हुन्— व्यभिचार, अपवित्रता, लम्पटपना, मूर्तिपूजा, मन्त्रतन्त्र, दुश्मनी, झैँझगड़ा, ईर्ष्या, क्रोध, स्वार्थीपन, फूट, गुटबन्दी, डाह, पियक्कड़पन, अश्लील मोजमज्जा र यस्तै अरू, जसका विषयमा म तिमीहरूलाई चेताउनी दिन्छु, र अघि पनि दिएकै हुँ। जस-जसले यस्ता कामहरू गर्दछन्, परमेश्वरका राज्यका हकदार बन्नेछैनन्। तर पवित्र आत्माको फलचाहिँ प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वस्तता, नम्रता, संयम हुन्। यस्ता कुराहरूका विरुद्धमा कुनै व्यवस्था छैन। तर तिनीहरू, जो ख्रीष्ट येशूका हुन्, तिनीहरूले पापमय स्वभावलाई त्यसको वासना र लालसासहित क्रूसमा टाँगिदिएका छन्।
गलाती 5:13-24