YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 14:13-22

प्रस्‍थान 14:13-22 - मोशाले इस्राएलीहरूलाई भने, “तिमीहरू नडराओ, स्‍थिर होओ, र परमप्रभुले आज तिमीहरूलाई दिनुहुने छुटकारा हेर। यी मिश्रीहरू जसलाई तिमीहरूले आज देखेका छौ, उनीहरूलाई तिमीहरू फेरि कहिल्‍यै देख्‍नेछैनौ। परमप्रभु नै तिमीहरूका निम्‍ति लड्‌नुहुनेछ। तिमीहरू केवल स्‍थिर बस।”
तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “तँ किन मेरो पुकारा गर्छस्‌? इस्राएलीहरूलाई अगि बढ्‌ने आज्ञा दे। तैंले चाहिँ आफ्‍नो लहुरो उठाएर आफ्‍नो हात समुद्रतिर पसारेर त्‍यसलाई दुई भाग गर्, कि इस्राएलीहरू समुद्रको बीचबाट ओबानो जमिनमा हिँड़ेर जाऊन्‌। म मिश्रीहरूका मन कठोर गराउनेछु, र उनीहरू तिनीहरूका पछिपछि लाग्‍नेछन्‌। अनि फारो र त्‍यसका सारा सेना, त्‍यसका रथहरू र त्‍यसका घोडचढ़ीहरूद्वारा मेरो महिमा हुनेछ। जब फारो, त्‍यसका रथहरू र त्‍यसका घोड़चढ़ीहरूद्वारा मेरो महिमा हुनेछ, तब मिश्रीहरूले म नै परमप्रभु हुँ भन्‍ने कुरा थाहा पाउनेछन्‌।”
तब इस्राएलका सैनिकहरूका अगिअगि हिँड्‌ने परमेश्‍वरका दूत हटेर तिनीहरूका पछिल्‍तिर गए, र बादलको खामो तिनीहरूका अगिबाट हटेर तिनीहरूका पछिल्‍तिर खड़ा भयो। त्‍यो मिश्रीको सेना र इस्राएलको सेनाको बीचमा आयो। रातभरि बादलले एकातिर अँध्‍यारो पार्‍यो र अर्कोतिर उज्‍यालो पार्‍यो। तिनीहरू रातभरि एक-अर्काको नजिक आएनन्‌।
तब मोशाले आफ्‍नो हात समुद्रमाथि पसारे, र परमप्रभुले रातभरि जोडसित पूर्वीय बतास चलाइदिनुभयो, र समुद्रलाई पछि पन्‍साइदिनुभयो, र पानी दुई भाग भएर समुद्र ओबानो जमिन भयो। इस्राएलीहरू समुद्रको बीचबाट ओबानो जमिनमा हिँड़ेर गए, र पानी तिनीहरूका दाहिने र देब्रेपट्टि तिनीहरूका निम्‍ति पर्खाल भयो।

मोशाले इस्राएलीहरूलाई भने, “तिमीहरू नडराओ, स्‍थिर होओ, र परमप्रभुले आज तिमीहरूलाई दिनुहुने छुटकारा हेर। यी मिश्रीहरू जसलाई तिमीहरूले आज देखेका छौ, उनीहरूलाई तिमीहरू फेरि कहिल्‍यै देख्‍नेछैनौ। परमप्रभु नै तिमीहरूका निम्‍ति लड्‌नुहुनेछ। तिमीहरू केवल स्‍थिर बस।” तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “तँ किन मेरो पुकारा गर्छस्‌? इस्राएलीहरूलाई अगि बढ्‌ने आज्ञा दे। तैंले चाहिँ आफ्‍नो लहुरो उठाएर आफ्‍नो हात समुद्रतिर पसारेर त्‍यसलाई दुई भाग गर्, कि इस्राएलीहरू समुद्रको बीचबाट ओबानो जमिनमा हिँड़ेर जाऊन्‌। म मिश्रीहरूका मन कठोर गराउनेछु, र उनीहरू तिनीहरूका पछिपछि लाग्‍नेछन्‌। अनि फारो र त्‍यसका सारा सेना, त्‍यसका रथहरू र त्‍यसका घोडचढ़ीहरूद्वारा मेरो महिमा हुनेछ। जब फारो, त्‍यसका रथहरू र त्‍यसका घोड़चढ़ीहरूद्वारा मेरो महिमा हुनेछ, तब मिश्रीहरूले म नै परमप्रभु हुँ भन्‍ने कुरा थाहा पाउनेछन्‌।” तब इस्राएलका सैनिकहरूका अगिअगि हिँड्‌ने परमेश्‍वरका दूत हटेर तिनीहरूका पछिल्‍तिर गए, र बादलको खामो तिनीहरूका अगिबाट हटेर तिनीहरूका पछिल्‍तिर खड़ा भयो। त्‍यो मिश्रीको सेना र इस्राएलको सेनाको बीचमा आयो। रातभरि बादलले एकातिर अँध्‍यारो पार्‍यो र अर्कोतिर उज्‍यालो पार्‍यो। तिनीहरू रातभरि एक-अर्काको नजिक आएनन्‌। तब मोशाले आफ्‍नो हात समुद्रमाथि पसारे, र परमप्रभुले रातभरि जोडसित पूर्वीय बतास चलाइदिनुभयो, र समुद्रलाई पछि पन्‍साइदिनुभयो, र पानी दुई भाग भएर समुद्र ओबानो जमिन भयो। इस्राएलीहरू समुद्रको बीचबाट ओबानो जमिनमा हिँड़ेर गए, र पानी तिनीहरूका दाहिने र देब्रेपट्टि तिनीहरूका निम्‍ति पर्खाल भयो।

प्रस्‍थान 14:13-22

प्रस्‍थान 14:13-22