YouVersion लोगो
खोज आइकन

एफिसी 6:16-21

एफिसी 6:16-21 - साथै विश्‍वासको ढाल उठाओ, जसबाट तिमीहरू दुष्‍टका सबै अग्‍निबाण निभाउन सक्‍नेछौ। मुक्तिको टोप लगाओ, र पवित्र आत्‍माको तरवार लेओ, जोचाहिँ परमेश्‍वरको वचन हो। सारा प्रार्थना र निवेदनसाथ सब समय पवित्र आत्‍मामा प्रार्थना गर। यस उद्देश्‍यले लगनशील र सतर्क भएर सबै सन्‍तहरूका निम्‍ति प्रार्थना गरिरहो।
मेरो निम्‍ति पनि प्रार्थना गर, कि जब म आफ्‍नो मुख खोल्‍छु तब मलाई वचन दिइओस्, र म निर्भयतासाथ सुसमाचारको रहस्‍य घोषणा गर्न सकूँ, जसको निम्‍ति म साङ्‌लाले बाँधिएको एक राजदूत हुँ, र जसरी मैले बोल्‍नुपर्ने हो, त्‍यसरी म साहससँग बोल्‍न सकूँ।

म कस्‍तो छु र के गरिरहेछु, ती तिमीहरूलाई पनि थाहा होस्‌ भनेर प्रिय भाइ र प्रभुमा विश्‍वासी सेवक तुखिकसले सबै कुरा तिमीहरूलाई बताउनेछन्‌।

साथै विश्‍वासको ढाल उठाओ, जसबाट तिमीहरू दुष्‍टका सबै अग्‍निबाण निभाउन सक्‍नेछौ। मुक्तिको टोप लगाओ, र पवित्र आत्‍माको तरवार लेओ, जोचाहिँ परमेश्‍वरको वचन हो। सारा प्रार्थना र निवेदनसाथ सब समय पवित्र आत्‍मामा प्रार्थना गर। यस उद्देश्‍यले लगनशील र सतर्क भएर सबै सन्‍तहरूका निम्‍ति प्रार्थना गरिरहो। मेरो निम्‍ति पनि प्रार्थना गर, कि जब म आफ्‍नो मुख खोल्‍छु तब मलाई वचन दिइओस्, र म निर्भयतासाथ सुसमाचारको रहस्‍य घोषणा गर्न सकूँ, जसको निम्‍ति म साङ्‌लाले बाँधिएको एक राजदूत हुँ, र जसरी मैले बोल्‍नुपर्ने हो, त्‍यसरी म साहससँग बोल्‍न सकूँ। म कस्‍तो छु र के गरिरहेछु, ती तिमीहरूलाई पनि थाहा होस्‌ भनेर प्रिय भाइ र प्रभुमा विश्‍वासी सेवक तुखिकसले सबै कुरा तिमीहरूलाई बताउनेछन्‌।

एफिसी 6:16-21

एफिसी 6:16-21