YouVersion लोगो
खोज आइकन

एफिसी 6:10-24

एफिसी 6:10-24 - अब अन्‍त्‍यमा, प्रभुमा र उहाँका शक्तिको सामर्थ्‍यमा बलवान्‌ होओ। दियाबलसका युक्तिहरूका विरुद्धमा खड़ा हुन सक्‍नलाई परमेश्‍वरका सारा हातहतियार धारण गर। किनकि हामीहरूको युद्ध शरीर र रगतको विरुद्ध होइन, तर प्रधानताहरूका विरुद्ध, शक्तिहरूका विरुद्ध, वर्तमान अन्‍धकारका सांसारिक शासकहरूका विरुद्ध र स्‍वर्गीय स्‍थानहरूमा भएका दुष्‍ट्याइँका आत्‍मिक सेनाहरूका विरुद्ध हो। यसैकारण परमेश्‍वरका सारा हातहतियार उठाओ, र यसरी खराब दिनको सामना गर्न सक, र सबै काम गरेर खड़ा हुन सक्‍ने होओ।
यसकारण आफ्‍ना कम्‍मर सत्‍यले कसेर, धार्मिकताको छाती-पाता लाएर खड़ा होओ, र खुट्टामा मिलापको सुसमाचारका जुत्ता लाएर तयार होओ। साथै विश्‍वासको ढाल उठाओ, जसबाट तिमीहरू दुष्‍टका सबै अग्‍निबाण निभाउन सक्‍नेछौ। मुक्तिको टोप लगाओ, र पवित्र आत्‍माको तरवार लेओ, जोचाहिँ परमेश्‍वरको वचन हो। सारा प्रार्थना र निवेदनसाथ सब समय पवित्र आत्‍मामा प्रार्थना गर। यस उद्देश्‍यले लगनशील र सतर्क भएर सबै सन्‍तहरूका निम्‍ति प्रार्थना गरिरहो।
मेरो निम्‍ति पनि प्रार्थना गर, कि जब म आफ्‍नो मुख खोल्‍छु तब मलाई वचन दिइओस्, र म निर्भयतासाथ सुसमाचारको रहस्‍य घोषणा गर्न सकूँ, जसको निम्‍ति म साङ्‌लाले बाँधिएको एक राजदूत हुँ, र जसरी मैले बोल्‍नुपर्ने हो, त्‍यसरी म साहससँग बोल्‍न सकूँ।

म कस्‍तो छु र के गरिरहेछु, ती तिमीहरूलाई पनि थाहा होस्‌ भनेर प्रिय भाइ र प्रभुमा विश्‍वासी सेवक तुखिकसले सबै कुरा तिमीहरूलाई बताउनेछन्‌। हाम्रो हालचाल कस्‍तो छ तिमीहरूलाई थाहा होस्‌ र तिमीहरूका हृदयलाई प्रोत्‍साहन मिलोस्‌ भन्‍ने विचारले मैले तिनलाई तिमीहरूकहाँ पठाएको हुँ।
परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टबाट दाजुभाइहरूलाई शान्‍ति र विश्‍वाससहितको प्रेम! हाम्रा प्रभु येशू ख्रीष्‍टलाई अमर प्रेम गर्नेहरू सबैसँग अनुग्रह रहोस्‌।

अब अन्‍त्‍यमा, प्रभुमा र उहाँका शक्तिको सामर्थ्‍यमा बलवान्‌ होओ। दियाबलसका युक्तिहरूका विरुद्धमा खड़ा हुन सक्‍नलाई परमेश्‍वरका सारा हातहतियार धारण गर। किनकि हामीहरूको युद्ध शरीर र रगतको विरुद्ध होइन, तर प्रधानताहरूका विरुद्ध, शक्तिहरूका विरुद्ध, वर्तमान अन्‍धकारका सांसारिक शासकहरूका विरुद्ध र स्‍वर्गीय स्‍थानहरूमा भएका दुष्‍ट्याइँका आत्‍मिक सेनाहरूका विरुद्ध हो। यसैकारण परमेश्‍वरका सारा हातहतियार उठाओ, र यसरी खराब दिनको सामना गर्न सक, र सबै काम गरेर खड़ा हुन सक्‍ने होओ। यसकारण आफ्‍ना कम्‍मर सत्‍यले कसेर, धार्मिकताको छाती-पाता लाएर खड़ा होओ, र खुट्टामा मिलापको सुसमाचारका जुत्ता लाएर तयार होओ। साथै विश्‍वासको ढाल उठाओ, जसबाट तिमीहरू दुष्‍टका सबै अग्‍निबाण निभाउन सक्‍नेछौ। मुक्तिको टोप लगाओ, र पवित्र आत्‍माको तरवार लेओ, जोचाहिँ परमेश्‍वरको वचन हो। सारा प्रार्थना र निवेदनसाथ सब समय पवित्र आत्‍मामा प्रार्थना गर। यस उद्देश्‍यले लगनशील र सतर्क भएर सबै सन्‍तहरूका निम्‍ति प्रार्थना गरिरहो। मेरो निम्‍ति पनि प्रार्थना गर, कि जब म आफ्‍नो मुख खोल्‍छु तब मलाई वचन दिइओस्, र म निर्भयतासाथ सुसमाचारको रहस्‍य घोषणा गर्न सकूँ, जसको निम्‍ति म साङ्‌लाले बाँधिएको एक राजदूत हुँ, र जसरी मैले बोल्‍नुपर्ने हो, त्‍यसरी म साहससँग बोल्‍न सकूँ। म कस्‍तो छु र के गरिरहेछु, ती तिमीहरूलाई पनि थाहा होस्‌ भनेर प्रिय भाइ र प्रभुमा विश्‍वासी सेवक तुखिकसले सबै कुरा तिमीहरूलाई बताउनेछन्‌। हाम्रो हालचाल कस्‍तो छ तिमीहरूलाई थाहा होस्‌ र तिमीहरूका हृदयलाई प्रोत्‍साहन मिलोस्‌ भन्‍ने विचारले मैले तिनलाई तिमीहरूकहाँ पठाएको हुँ। परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टबाट दाजुभाइहरूलाई शान्‍ति र विश्‍वाससहितको प्रेम! हाम्रा प्रभु येशू ख्रीष्‍टलाई अमर प्रेम गर्नेहरू सबैसँग अनुग्रह रहोस्‌।

एफिसी 6:10-24

एफिसी 6:10-24