यसकारण, म प्रभुको निम्ति एक कैदी, तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्दछु, कि जुन बोलावटमा तिमीहरू बोलाइएका छौ त्यही योग्यको जीवन यापन गर। सारा दीनता, नम्रता र धैर्यसँग एउटाले अर्कोलाई प्रेममा सहेर, शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राख्न प्रयत्न गर।