एकभन्दा दुई असल हो, किनभने तिनीहरूले आफ्नो कामको असल फल पाउनेछन्। यदि एउटा लोट्यो भने त्यसको मित्रले त्यसलाई उठाउन सहायता गर्छ। तर लोट्दा पनि उठाउने कोही साथी नहुने बिचरा! त्यस्तै यदि दुई जना सँगै सुते भने ती न्याना हुन्छन्, तर एकलै त कसरी न्यानो हुने?