व्यवस्था 6:5-9
तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा शक्तिले प्रेम गर। मैले आज तिमीहरूलाई सुनाएका आज्ञाहरू आफ्नो मनमा राख। ती तिमीहरूले आफ्ना छोराछोरीहरूलाई होशियारीसाथ सिकाओ। घरमा बस्दा, बाटोमा हिँड्दा, ढल्केर सुत्दा र उठ्दा तिनको चर्चा गर। ती आफ्ना हातमा चिन्हको लागि कसिराख। ती तिमीहरूको निधारमा बाँधिराख। ती आफ्ना घरका द्वारको चौकोस र मूल ढोकाहरूमा लेख।
व्यवस्था 6:5-9