सतर्क भएर धन्यवादसहित स्थिर भई प्रार्थनामा लागिरहो। हाम्रा निम्ति पनि प्रार्थना गर, ताकि ख्रीष्टको त्यो रहस्य प्रचार गर्नलाई परमेश्वरले हामीलाई वचनको निम्ति एउटा ढोका खोलिदेऊन्, जसको निम्ति म थुनामा परेको छु, र मैले बोल्नुपर्ने वचन खुलस्त पार्न सकूँ।