YouVersion लोगो
खोज आइकन

कलस्सी 1:15-23

कलस्सी 1:15-23 - उहाँ अदृश्‍य परमेश्‍वरको प्रतिरूप, सारा सृष्‍टिका ज्‍येष्‍ठ हुनुहुन्‍छ, किनकि उहाँमा नै सबै थोक सृष्‍टि भएका थिए। स्‍वर्गमा र पृथ्‍वीमाथि भएका दृश्‍य र अदृश्‍य थोकहरू, चाहे सिंहासनहरू, चाहे प्रभुत्‍वहरू, चाहे प्रधानताहरू, चाहे अधिकारहरू, सबै थोक उहाँद्वारै र उहाँकै निम्‍ति सृजिएका हुन्‌। उहाँ नै सबै कुराभन्‍दा अगाडि हुनुहुन्‍छ, र उहाँमा नै सबै कुरा बाँधिएर रहेका छन्‌। उहाँ शरीर, अर्थात्‌ मण्‍डलीका शिर हुनुहुन्‍छ, उहाँ नै सुरु हुनुहुन्‍छ, मरेकाहरूबाट जीवित हुनेहरूमा उहाँ ज्‍येष्‍ठ हुनुहुन्‍छ, ताकि प्रत्‍येक कुरामाथि उहाँ सर्वोच्‍च होऊन्‌। किनकि उहाँको आफ्‍नो सारा पूर्णता ख्रीष्‍टमा वास गरेकोमा परमेश्‍वर प्रसन्‍न हुनुभयो, र परमेश्‍वरले उहाँका क्रूसको रगतद्वारा शान्‍ति गराएर पृथ्‍वीको होस्‌ वा स्‍वर्गको होस्, उहाँद्वारा नै सबै थोकलाई आफूसँग मिलापमा ल्‍याउनुभयो।
बितेका समयमा दुष्‍ट काम गरेर तिमीहरू बिराना भई आफ्‍नो मनमा विरोधी भएका थियौ। तर आफ्‍नो सामुन्‍ने तिमीहरूलाई पवित्र, निष्‍खोट र निर्दोष प्रस्‍तुत गर्न ख्रीष्‍टका मासुको शरीरमा उहाँको मृत्‍युद्वारा तिमीहरूलाई उहाँले अब मिलापमा ल्‍याउनुभएको छ— यदि तिमीहरू आफ्‍ना विश्‍वासमा अचल र स्‍थिर भइरह्यौ र तिमीहरूले सुनेका सुसमाचारको आशाबाट हटेनौ भने। यही नै त्‍यो सुसमाचार हो, जो स्‍वर्गमुनि हरेक प्राणीलाई प्रचार गरिएको छ, जसको म पावल, धर्म-सेवक भएँ।

उहाँ अदृश्‍य परमेश्‍वरको प्रतिरूप, सारा सृष्‍टिका ज्‍येष्‍ठ हुनुहुन्‍छ, किनकि उहाँमा नै सबै थोक सृष्‍टि भएका थिए। स्‍वर्गमा र पृथ्‍वीमाथि भएका दृश्‍य र अदृश्‍य थोकहरू, चाहे सिंहासनहरू, चाहे प्रभुत्‍वहरू, चाहे प्रधानताहरू, चाहे अधिकारहरू, सबै थोक उहाँद्वारै र उहाँकै निम्‍ति सृजिएका हुन्‌। उहाँ नै सबै कुराभन्‍दा अगाडि हुनुहुन्‍छ, र उहाँमा नै सबै कुरा बाँधिएर रहेका छन्‌। उहाँ शरीर, अर्थात्‌ मण्‍डलीका शिर हुनुहुन्‍छ, उहाँ नै सुरु हुनुहुन्‍छ, मरेकाहरूबाट जीवित हुनेहरूमा उहाँ ज्‍येष्‍ठ हुनुहुन्‍छ, ताकि प्रत्‍येक कुरामाथि उहाँ सर्वोच्‍च होऊन्‌। किनकि उहाँको आफ्‍नो सारा पूर्णता ख्रीष्‍टमा वास गरेकोमा परमेश्‍वर प्रसन्‍न हुनुभयो, र परमेश्‍वरले उहाँका क्रूसको रगतद्वारा शान्‍ति गराएर पृथ्‍वीको होस्‌ वा स्‍वर्गको होस्, उहाँद्वारा नै सबै थोकलाई आफूसँग मिलापमा ल्‍याउनुभयो। बितेका समयमा दुष्‍ट काम गरेर तिमीहरू बिराना भई आफ्‍नो मनमा विरोधी भएका थियौ। तर आफ्‍नो सामुन्‍ने तिमीहरूलाई पवित्र, निष्‍खोट र निर्दोष प्रस्‍तुत गर्न ख्रीष्‍टका मासुको शरीरमा उहाँको मृत्‍युद्वारा तिमीहरूलाई उहाँले अब मिलापमा ल्‍याउनुभएको छ— यदि तिमीहरू आफ्‍ना विश्‍वासमा अचल र स्‍थिर भइरह्यौ र तिमीहरूले सुनेका सुसमाचारको आशाबाट हटेनौ भने। यही नै त्‍यो सुसमाचार हो, जो स्‍वर्गमुनि हरेक प्राणीलाई प्रचार गरिएको छ, जसको म पावल, धर्म-सेवक भएँ।

कलस्सी 1:15-23

कलस्सी 1:15-23