३ यूहन्ना 1:1-5
एल्डरबाट, मेरा प्रिय मित्र गायसलाई, जसलाई म साँचो प्रेम गर्दछु। प्रिय मित्र, म प्रार्थना गर्दछु, कि सबै कुरामा तिम्रो भलो होस्, र तिम्रो स्वास्थ्य ठीक रहोस्। तिम्रो आत्मिक जीवन ठीक छ भन्ने म जान्दछु। कति जना भाइहरू आएर तिम्रो जीवनका सत्यताको गवाही दिँदा म साह्रै आनन्दित भएँ। तिमी साँच्ची नै सत्यताको अनुसरण गर्दछौ। मेरा छोरा-छोरीहरू सत्यको अनुसरण गर्छन् भन्ने कुरा सुन्न पाउनुभन्दा अरू बढ़ी आनन्दको कुरा मेरो लागि के हुन सक्छ र? प्रिय हो, तिमीले विश्वासयोग्य काम गर्दछौ, जब तिमीले दाजुभाइको, विशेष गरी परदेशीहरूको सेवा गर्दछौ।
३ यूहन्ना 1:1-5