YouVersion लोगो
खोज आइकन

२ पत्रुस 1:3-15

२ पत्रुस 1:3-15 - आफ्‍नो महिमा र श्रेष्‍ठताद्वारा हामीलाई बोलाउनुहुनेलाई हामीले चिनेका हुनाले परमेश्‍वरको दिव्‍य शक्तिद्वारा जीवन र भक्तिको निम्‍ति हामीलाई चाहिने प्रत्‍येक थोक उहाँले दिनुभएको छ। यसैद्वारा उहाँले हामीलाई उहाँको अनमोल र महान्‌ प्रतिज्ञाहरू दिनुभएको छ, कि यस संसारका कुइच्‍छाबाट आउने भ्रष्‍टताबाट उम्‍केर तिमीहरू ईश्‍वरीय स्‍वभावका सहभागी होओ। यसैकारण सबै किसिमका प्रयत्‍नद्वारा तिमीहरूको विश्‍वासमा सद्‌गुण र सद्‌गुणमा ज्ञान थप, ज्ञानमा आत्‍मसंयम, आत्‍मसंयममा धैर्य, धैर्यमा भक्ति, भक्तिमा भातृ-स्‍नेह, भातृ-स्‍नेहमा प्रेम थप। किनकि यी कुराहरू तिमीहरूमा प्रशस्‍त छन्‌ भने हाम्रा प्रभु येशू ख्रीष्‍टको ज्ञानमा यी कुराहरूले तिमीहरूलाई बेकम्‍मा र निष्‍फल हुनदेखि बचाउनेछन्‌। किनकि यी कुराहरूमा अभाव भएको मानिसचाहिँ पुराना पापहरूबाट शुद्ध भएको कुरा बिर्सेर अन्‍धा र टाढ़ाका कुरा नदेख्‍नेजस्‍तो हुन्‍छ।
यसैकारण भाइ हो, तिमीहरूको बोलावट र चुनाउ निश्‍चय गर्नलाई अझ जोशिला होओ, किनकि यी कुरा गर्नाले तिमीहरू कहिल्‍यै लोट्‌नेछैनौ। किनभने यसरी हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्‍टको अनन्‍त राज्‍यभित्र तिमीहरूलाई भव्‍य स्‍वागतसाथ प्रवेश मिल्‍नेछ।

यसकारण यी कुराहरू तिमीहरूलाई म सधैँ सम्‍झाउनेछु, यद्यपि तिमीहरू यी सब जान्‍दछौ, र तिमीहरूमा भएको सत्‍यतामा तिमीहरू स्‍थिर छौ। जबसम्‍म म यस शरीरमा छु, तिमीहरूलाई सम्‍झना गराउँदै सचेत पार्नु म उचित ठान्‍छु। किनभने म जान्‍दछु, हाम्रा प्रभु येशू ख्रीष्‍टले मलाई देखाइदिनुभएको छ कि मेरो यो शरीर त्‍याग्‍ने बेला चाँड़ै नै आइरहेछ। मेरो मृत्‍युपछि पनि तिमीहरूले यी कुराहरू कुनै पनि समय सम्‍झन सक भनी म प्रयत्‍न गर्नेछु।

आफ्‍नो महिमा र श्रेष्‍ठताद्वारा हामीलाई बोलाउनुहुनेलाई हामीले चिनेका हुनाले परमेश्‍वरको दिव्‍य शक्तिद्वारा जीवन र भक्तिको निम्‍ति हामीलाई चाहिने प्रत्‍येक थोक उहाँले दिनुभएको छ। यसैद्वारा उहाँले हामीलाई उहाँको अनमोल र महान्‌ प्रतिज्ञाहरू दिनुभएको छ, कि यस संसारका कुइच्‍छाबाट आउने भ्रष्‍टताबाट उम्‍केर तिमीहरू ईश्‍वरीय स्‍वभावका सहभागी होओ। यसैकारण सबै किसिमका प्रयत्‍नद्वारा तिमीहरूको विश्‍वासमा सद्‌गुण र सद्‌गुणमा ज्ञान थप, ज्ञानमा आत्‍मसंयम, आत्‍मसंयममा धैर्य, धैर्यमा भक्ति, भक्तिमा भातृ-स्‍नेह, भातृ-स्‍नेहमा प्रेम थप। किनकि यी कुराहरू तिमीहरूमा प्रशस्‍त छन्‌ भने हाम्रा प्रभु येशू ख्रीष्‍टको ज्ञानमा यी कुराहरूले तिमीहरूलाई बेकम्‍मा र निष्‍फल हुनदेखि बचाउनेछन्‌। किनकि यी कुराहरूमा अभाव भएको मानिसचाहिँ पुराना पापहरूबाट शुद्ध भएको कुरा बिर्सेर अन्‍धा र टाढ़ाका कुरा नदेख्‍नेजस्‍तो हुन्‍छ। यसैकारण भाइ हो, तिमीहरूको बोलावट र चुनाउ निश्‍चय गर्नलाई अझ जोशिला होओ, किनकि यी कुरा गर्नाले तिमीहरू कहिल्‍यै लोट्‌नेछैनौ। किनभने यसरी हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्‍टको अनन्‍त राज्‍यभित्र तिमीहरूलाई भव्‍य स्‍वागतसाथ प्रवेश मिल्‍नेछ। यसकारण यी कुराहरू तिमीहरूलाई म सधैँ सम्‍झाउनेछु, यद्यपि तिमीहरू यी सब जान्‍दछौ, र तिमीहरूमा भएको सत्‍यतामा तिमीहरू स्‍थिर छौ। जबसम्‍म म यस शरीरमा छु, तिमीहरूलाई सम्‍झना गराउँदै सचेत पार्नु म उचित ठान्‍छु। किनभने म जान्‍दछु, हाम्रा प्रभु येशू ख्रीष्‍टले मलाई देखाइदिनुभएको छ कि मेरो यो शरीर त्‍याग्‍ने बेला चाँड़ै नै आइरहेछ। मेरो मृत्‍युपछि पनि तिमीहरूले यी कुराहरू कुनै पनि समय सम्‍झन सक भनी म प्रयत्‍न गर्नेछु।

२ पत्रुस 1:3-15

२ पत्रुस 1:3-15