अब हे महिला, मैले तिमीलाई एउटा नयाँ आज्ञा लेखेको होइनँ, तर त्यही लेखिरहेछु, जो सुरुदेखि नै हामीसँग छ— हामीले एक-अर्कासँग प्रेम गरौं भनी म तिमीलाई बिन्ती गर्दछु। उहाँका आज्ञाबमोजिम हिंड्नु नै प्रेम हो। तिमीले सुरुदेखि नै सुनेको आज्ञा यही हो, कि तिमीहरूले प्रेमको अनुसरण गर्नुपर्छ।