YouVersion लोगो
खोज आइकन

२ कोरिन्थी 12:9-11

२ कोरिन्थी 12:9-11 - तर मलाई उहाँले भन्‍नुभयो, “मेरो अनुग्रह तेरो निम्‍ति पर्याप्‍त छ, किनभने मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्‍छ।” यसकारण ख्रीष्‍टको शक्ति ममा वास गरोस्‌ भनेर म बरु मेरो दुर्बलतामा बढ़ी खुशीसाथ गर्व गर्नेछु। यसकारण ख्रीष्‍टको खातिर दुर्बलताहरूमा, बदनामीहरूमा, कठिनाइहरूमा, सतावटहरूमा, आपद्‌हरूमा म सन्‍तुष्‍ट रहन्‍छु। किनकि जब म दुर्बल छु, तब म शक्तिशाली छु।

म मूर्ख भएको छु। तिमीहरूले मलाई यसो गर्नु कर लगायौ, किनकि तिमीहरूबाट त मेरो प्रशंसा हुनुपर्नेथियो। किनभने म केही नभए तापनि सर्वोच्‍च प्रेरितहरूभन्‍दा म तुच्‍छ छैनँ।
२ कोरिन्थी 12:9-11