YouVersion लोगो
खोज आइकन

१ तिमोथी 4:7-16

१ तिमोथी 4:7-16 - भक्तिहीन र अर्थहीन कथाहरूदेखि एकदमै अलग बस। बरु आफैलाई भक्तिमा तालीम देऊ। किनभने शारीरिक तालीम केहीसम्‍म लाभको हुन्‍छ, तर ईश्‍वरभक्तिचाहिँ हरप्रकारले लाभदायक हुन्‍छ, किनकि यसमा वर्तमान र भविष्‍यत्‌ जीवन दुवैको निम्‍ति प्रतिज्ञा रहेको हुन्‍छ।
यो भनाइ निश्‍चित र सम्‍पूर्ण रूपले ग्रहणयोग्‍य छ, किनकि यस उद्देश्‍यले हामी परिश्रम र प्रयत्‍न गर्दछौं, किनकि हाम्रो आशा जीवित परमेश्‍वरमा राखिएको छ, जो सबै मानिसका, विशेष गरी उहाँमाथि विश्‍वास गर्नेहरूका मुक्तिदाता हुनुहुन्‍छ।
यी नै कुराको आज्ञा देऊ र सिकाऊ। जवान छौ भन्‍दैमा कसैले तिमीलाई तुच्‍छ नठानोस्, तर विश्‍वासीहरूका अगि बोलीवचन, आचरण र प्रेममा, विश्‍वासमा र शुद्धतामा तिमी एक उदाहरण बन। म नआउञ्‍जेलसम्‍म धर्मशास्‍त्र पाठ गरी सुनाउनमा, प्रचार गर्नमा र शिक्षा दिनमा ध्‍यान देऊ। तिमीसँग भएका वरदानको अवहेलना नगर, जुन वरदान एल्‍डरहरूले तिनीहरूका हात तिमीमाथि राख्‍दा अगमवाणीद्वारा तिमीलाई मिलेको थियो।
यी कर्तव्‍यहरू पालन गर। तिनीहरूमा नै लागिबस, ताकि तिम्रो प्रगति सबैले देखून्‌। आफ्‍नो विषयमा र आफ्‍नो शिक्षाको विषयमा होशियार बस। यी कुरामा लागिरह। यसो गर्नाले तिमीले आफैलाई र सुन्‍नेहरूलाई समेत बचाउनेछौ।

भक्तिहीन र अर्थहीन कथाहरूदेखि एकदमै अलग बस। बरु आफैलाई भक्तिमा तालीम देऊ। किनभने शारीरिक तालीम केहीसम्‍म लाभको हुन्‍छ, तर ईश्‍वरभक्तिचाहिँ हरप्रकारले लाभदायक हुन्‍छ, किनकि यसमा वर्तमान र भविष्‍यत्‌ जीवन दुवैको निम्‍ति प्रतिज्ञा रहेको हुन्‍छ। यो भनाइ निश्‍चित र सम्‍पूर्ण रूपले ग्रहणयोग्‍य छ, किनकि यस उद्देश्‍यले हामी परिश्रम र प्रयत्‍न गर्दछौं, किनकि हाम्रो आशा जीवित परमेश्‍वरमा राखिएको छ, जो सबै मानिसका, विशेष गरी उहाँमाथि विश्‍वास गर्नेहरूका मुक्तिदाता हुनुहुन्‍छ। यी नै कुराको आज्ञा देऊ र सिकाऊ। जवान छौ भन्‍दैमा कसैले तिमीलाई तुच्‍छ नठानोस्, तर विश्‍वासीहरूका अगि बोलीवचन, आचरण र प्रेममा, विश्‍वासमा र शुद्धतामा तिमी एक उदाहरण बन। म नआउञ्‍जेलसम्‍म धर्मशास्‍त्र पाठ गरी सुनाउनमा, प्रचार गर्नमा र शिक्षा दिनमा ध्‍यान देऊ। तिमीसँग भएका वरदानको अवहेलना नगर, जुन वरदान एल्‍डरहरूले तिनीहरूका हात तिमीमाथि राख्‍दा अगमवाणीद्वारा तिमीलाई मिलेको थियो। यी कर्तव्‍यहरू पालन गर। तिनीहरूमा नै लागिबस, ताकि तिम्रो प्रगति सबैले देखून्‌। आफ्‍नो विषयमा र आफ्‍नो शिक्षाको विषयमा होशियार बस। यी कुरामा लागिरह। यसो गर्नाले तिमीले आफैलाई र सुन्‍नेहरूलाई समेत बचाउनेछौ।

१ तिमोथी 4:7-16

१ तिमोथी 4:7-16