YouVersion लोगो
खोज आइकन

१ थेसलोनिकी 5:12-28

१ थेसलोनिकी 5:12-28 - तर भाइ हो, हामी तिमीहरूलाई आग्रहपूर्वक बिन्‍ती गर्दछौं, कि तिमीहरूका माझमा परिश्रम गर्नेहरू, जो प्रभुमा अगुवाहरू हुन्‌ र तिमीहरूलाई चेताउनी दिन्‍छन्, तिनको आदर गर, र तिनीहरूका कामको खातिर तिनीहरूलाई प्रेमसाथ अति उच्‍च आदर गर। तिमीहरू आपसमा मेलमिलापमा बस।
भाइ हो, हामी तिमीहरूलाई अर्ती दिन्‍छौं कि अल्‍छेहरूलाई चेताउनी देओ। हरेस खानेहरूलाई दिलासा देओ। कमजोरीहरूलाई मदत गर। ती सबैसँग सहनशीलता देखाओ। याद राख, कसैले खराबीको बदलामा खराबी नगरोस्, तर एउटाले अर्को र सबैसँग सधैँ भलाइ गर्ने चेष्‍टा गर।
सधैँ आनन्‍दित रहो। निरन्‍तर प्रार्थना गरिरहो। सबै परिस्‍थितिमा धन्‍यवाद देओ, किनकि ख्रीष्‍ट येशूमा तिमीहरूका लागि परमेश्‍वरको इच्‍छा यही हो।
पवित्र आत्‍मालाई ननिभाओ। अगमवाणीलाई तुच्‍छ नठान। सबै कुराको जाँच गर। जुन कुरा असल छ त्‍यसैमा दृढ़ रहो। सबै किसिमका खराबीबाट अलग बस।
शान्‍तिका परमेश्‍वर आफैले सम्‍पूर्ण रूपले तिमीहरूलाई चोखा तुल्‍याऊन्, र तिमीहरूका समस्‍त आत्‍मा, प्राण र शरीर हाम्रा प्रभु येशू ख्रीष्‍टको आगमनमा निष्‍कलङ्क रहून्‌। तिमीहरूलाई बोलाउनुहुने विश्‍वासयोग्‍य हुनुहुन्‍छ, उहाँले यो गर्नु नै हुनेछ।
भाइ हो, हाम्रा निम्‍ति प्रार्थना गर। सबै भाइहरूलाई पवित्र चुम्‍बनले अभिवादन गर।
म तिमीहरूलाई प्रभुमा अनुरोध गर्दछु कि यो पत्र पढ़ेर सबै भाइहरूलाई सुनाइदेओ।
हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूमा रहोस्‌।

तर भाइ हो, हामी तिमीहरूलाई आग्रहपूर्वक बिन्‍ती गर्दछौं, कि तिमीहरूका माझमा परिश्रम गर्नेहरू, जो प्रभुमा अगुवाहरू हुन्‌ र तिमीहरूलाई चेताउनी दिन्‍छन्, तिनको आदर गर, र तिनीहरूका कामको खातिर तिनीहरूलाई प्रेमसाथ अति उच्‍च आदर गर। तिमीहरू आपसमा मेलमिलापमा बस। भाइ हो, हामी तिमीहरूलाई अर्ती दिन्‍छौं कि अल्‍छेहरूलाई चेताउनी देओ। हरेस खानेहरूलाई दिलासा देओ। कमजोरीहरूलाई मदत गर। ती सबैसँग सहनशीलता देखाओ। याद राख, कसैले खराबीको बदलामा खराबी नगरोस्, तर एउटाले अर्को र सबैसँग सधैँ भलाइ गर्ने चेष्‍टा गर। सधैँ आनन्‍दित रहो। निरन्‍तर प्रार्थना गरिरहो। सबै परिस्‍थितिमा धन्‍यवाद देओ, किनकि ख्रीष्‍ट येशूमा तिमीहरूका लागि परमेश्‍वरको इच्‍छा यही हो। पवित्र आत्‍मालाई ननिभाओ। अगमवाणीलाई तुच्‍छ नठान। सबै कुराको जाँच गर। जुन कुरा असल छ त्‍यसैमा दृढ़ रहो। सबै किसिमका खराबीबाट अलग बस। शान्‍तिका परमेश्‍वर आफैले सम्‍पूर्ण रूपले तिमीहरूलाई चोखा तुल्‍याऊन्, र तिमीहरूका समस्‍त आत्‍मा, प्राण र शरीर हाम्रा प्रभु येशू ख्रीष्‍टको आगमनमा निष्‍कलङ्क रहून्‌। तिमीहरूलाई बोलाउनुहुने विश्‍वासयोग्‍य हुनुहुन्‍छ, उहाँले यो गर्नु नै हुनेछ। भाइ हो, हाम्रा निम्‍ति प्रार्थना गर। सबै भाइहरूलाई पवित्र चुम्‍बनले अभिवादन गर। म तिमीहरूलाई प्रभुमा अनुरोध गर्दछु कि यो पत्र पढ़ेर सबै भाइहरूलाई सुनाइदेओ। हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूमा रहोस्‌।

१ थेसलोनिकी 5:12-28

१ थेसलोनिकी 5:12-28