१ शमूएल 3:9-10

उनले शमूएललाई भने, “ढल्किबस्, र यदि उहाँले फेरि बोलाउनुभयो भने यसो भन्नू, ‘परमप्रभु, भन्नुहोस्, तपाईंको दास सुन्दैछ’।” तब शमूएल गएर आफ्नो ठाउँमा ढल्किए। तब परमप्रभु त्यहाँ आएर उभिनुभयो, र अघिजस्तै बोलाउनुभयो, “शमूएल, शमूएल।” शमूएलले जवाफ दिए, “भन्नुहोस्, तपाईंको दास सुन्दैछ।”
१ शमूएल 3:9-10