YouVersion लोगो
खोज आइकन

१ पत्रुस 1:9-16

१ पत्रुस 1:9-16 - तिमीहरूका विश्‍वासको प्रतिफलस्‍वरूप तिमीहरूले आफ्‍ना आत्‍माको मुक्ति पाउँछौ।
तिमीहरूका निम्‍ति हुन आउने अनुग्रहको विषयमा अगमवाणी बोल्‍ने अगमवक्ताहरूले यही मुक्तिको खोजी र तलाश गरेका थिए। तिनीहरूभित्र हुनुभएका ख्रीष्‍टको आत्‍माले ख्रीष्‍टका कष्‍टहरू र त्‍यसपछि आउने महिमाको भविष्‍यवाणी गर्नुहुँदा देखाउनुभएको समय र परिस्‍थितिको बारेमा तिनीहरूले खोजी गरेका थिए। तिनीहरूलाई यो प्रकट गरिएको थियो, कि तिनीहरूले आफ्‍ना होइन, तर तिमीहरूका सेवा गरिरहेका थिए। यी कुरा स्‍वर्गबाट पठाइनुभएका पवित्र आत्‍माबाट तिमीहरूलाई प्रचार भएको सुसमाचार सुनाउनेहरूद्वारा अहिले तिमीहरूलाई घोषणा भएको छ। स्‍वर्गदूतहरू पनि यी कुरा हेर्न अति उत्‍सुक छन्‌।

यसकारण आफ्‍नो मन बाँध, संयमी होओ र येशू ख्रीष्‍ट प्रकट हुनुहुँदा तिमीहरूकहाँ आउन लागेको अनुग्रहमा तिमीहरूको आशा पूर्ण रूपले राख। आज्ञाकारी बालकहरू भएका हुनाले अगाडिको अजान अवस्‍थाका कुइच्‍छाहरूमा तिमीहरू अब नलाग। तर तिमीहरूलाई बोलाउनुहुने जस्‍तो पवित्र हुनुहुन्‍छ, तिमीहरू आफै पनि जीवनका सबै रहनसहनमा पवित्र होओ, किनभने यो लेखिएको छ, “तिमीहरू पवित्र होओ, किनभने म पवित्र छु।”

तिमीहरूका विश्‍वासको प्रतिफलस्‍वरूप तिमीहरूले आफ्‍ना आत्‍माको मुक्ति पाउँछौ। तिमीहरूका निम्‍ति हुन आउने अनुग्रहको विषयमा अगमवाणी बोल्‍ने अगमवक्ताहरूले यही मुक्तिको खोजी र तलाश गरेका थिए। तिनीहरूभित्र हुनुभएका ख्रीष्‍टको आत्‍माले ख्रीष्‍टका कष्‍टहरू र त्‍यसपछि आउने महिमाको भविष्‍यवाणी गर्नुहुँदा देखाउनुभएको समय र परिस्‍थितिको बारेमा तिनीहरूले खोजी गरेका थिए। तिनीहरूलाई यो प्रकट गरिएको थियो, कि तिनीहरूले आफ्‍ना होइन, तर तिमीहरूका सेवा गरिरहेका थिए। यी कुरा स्‍वर्गबाट पठाइनुभएका पवित्र आत्‍माबाट तिमीहरूलाई प्रचार भएको सुसमाचार सुनाउनेहरूद्वारा अहिले तिमीहरूलाई घोषणा भएको छ। स्‍वर्गदूतहरू पनि यी कुरा हेर्न अति उत्‍सुक छन्‌। यसकारण आफ्‍नो मन बाँध, संयमी होओ र येशू ख्रीष्‍ट प्रकट हुनुहुँदा तिमीहरूकहाँ आउन लागेको अनुग्रहमा तिमीहरूको आशा पूर्ण रूपले राख। आज्ञाकारी बालकहरू भएका हुनाले अगाडिको अजान अवस्‍थाका कुइच्‍छाहरूमा तिमीहरू अब नलाग। तर तिमीहरूलाई बोलाउनुहुने जस्‍तो पवित्र हुनुहुन्‍छ, तिमीहरू आफै पनि जीवनका सबै रहनसहनमा पवित्र होओ, किनभने यो लेखिएको छ, “तिमीहरू पवित्र होओ, किनभने म पवित्र छु।”

१ पत्रुस 1:9-16

१ पत्रुस 1:9-16