जकरिया 2:4-5
जकरिया 2:4-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
र तिनलाई भने, “दगुरिगएर त्यस जवान मानिसलाई भन, ‘मानिसहरू र पशुहरू संख्यामा ज्यादै भएका हुनाले यरूशलेम विनापर्खालको सहर हुनेछ। अनि म स्वयम् त्यसको चारैतिर आगोको पर्खाल हुनेछु’ परमप्रभु भन्नुहुन्छ, ‘र त्यसभित्रको महिमा म नै हुनेछु’।

जकरिया 2:4-5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अनि तिनलाई भने: “कुदेर जा, र त्यस जवान मानिसलाई भन्, ‘धेरैको संख्यामा मानिसहरू र गाईबस्तुहरू भएको कारण यरूशलेम पर्खाल नभएको सहर हुनेछ। अनि म आफैँ नै त्यस सहरको चारैतिर आगोको पर्खाल हुनेछु,’ याहवेह घोषणा गर्नुहुन्छ, ‘अनि म त्यस भित्रको महिमा हुनेछु।’
जकरिया 2:4-5 पवित्र बाइबल (NERV)
उनले तिनलाई भनें, “कुदेर जाऊ अनि त्यो जवान मानिसलाई भन्: “‘यरूशलेम पर्खाल बिनाको शहर हुनेछ। किनभने त्यहाँ असंख्य मानिसहरू र पशुहरू बस्छन्।’ परमप्रभु भन्नुहुन्छ, ‘म रक्षाको लागि यसको वरिपरि आगोको पर्खाल हुनेछु, म तिमीहरूको महिमा हुनेछु।’”
जकरिया 2:4-5 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अघिल्ला स्वर्गदूतले पछि आउने स्वर्गदूतलाई भने, “दगुरेर गई त्यस हातमा नाप्ने डोरी लिई जाने ठिटालाई भन कि यरूशलेममा यति धेरै मानिसहरू र जीव-जन्तुहरू हुनेछन् कि सहरलाई पर्खाल लाउन सकिन्न। परमप्रभुले म आफैं सहरका चारैपट्टि आगोको पर्खाल भई त्यसको रक्षा गर्नेछु र आफ्नो महिमामा त्यहाँ बास गर्नेछु भनी प्रतिज्ञा गर्नुभएको छ।”