तीतस 3:1-14
तीतस 3:1-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
शासकहरू र अधिकारीहरूका वशमा रहनू र उनीहरूका आज्ञाकारी हुनू, र कुनै पनि ईमानदार काममा तत्पर रहनू भनी तिनीहरूलाई याद दिलाइदेऊ। तिनीहरूले कसैको बदनामी नगरून्, झैँझगड़ाबाट अलग बसून्, नम्र होऊन् र सबै मानिससँग भद्रताको व्यवहार गरून्। किनभने हामी पनि एक पल्ट मूर्ख, अटेरी, बरालिएका, किसिम-किसिमका कामवासना र सुख-विलासमा फसेका, द्वेष र डाहमा दिन बिताउने, मानिसबाट घृणित भएका, एउटाले अर्कालाई घृणा गर्ने थियौं। तर जब परमेश्वर हाम्रा मुक्तिदाताको भलाइ र प्रेम प्रकट भयो, तब हामी आफैले धार्मिकतामा गरेका कामबाट होइन, तर उहाँको आफ्नै कृपाअनुसार पुनर्जीवनको स्नानद्वारा र पवित्र आत्माद्वारा भएको नवीकरणबाट उहाँले हामीलाई मुक्ति दिनुभयो, जो उहाँले हाम्रा मुक्तिदाता येशू ख्रीष्टद्वारा हामीमाथि प्रशस्त गरी खन्याउनुभयो, ताकि उहाँको अनुग्रहले धर्मी ठहरिएर हामी अनन्त जीवनको आशा राख्ने उत्तराधिकारी बन्न सकौं। यो भनाइ पक्का छ। म चाहन्छु कि तिमीले यी कुराहरूमा जोड देऊ, ताकि तिनीहरू जसले परमेश्वरमा विश्वास राखेका छन् आफूलाई असल काममा कायम राख्न होशियार रहून्, किनकि यी कुरा मानिसहरूका लागि उत्तम र लाभदायक छन्। तर मूर्ख वाद-विवाद, वंशावली, फूट र व्यवस्थासम्बन्धी झगड़ाहरूबाट अलग बस, किनकि ती बेफाइदा र व्यर्थका हुन्छन्। फूट ल्याउने मानिसलाई चाहिँ एक वा दुई पल्ट चेताउनी दिएपछि त्यससँग अरू कुनै सरोकार नराख, यो जानेर कि यस्तो मानिस भ्रष्ट र पापी हो। त्यो आफै दोषी ठहरिएको छ। जब अर्तिमास वा तुखिकसलाई तिमीकहाँ पठाउँछु, तब तिमी निकोपोलिसमा मकहाँ आउनलाई भरमग्दूर चेष्टा गर। किनकि त्यहीँ नै हिउँद कटाउने मैले निश्चय गरेको छु। वकील जेनास र अपोल्लोसलाई यात्रामा भरमग्दूर मदत गरिदेऊ, र तिनीहरूलाई केही कुराको खाँचो नपरोस्। हाम्रा मानिसहरू असल काममा कायम रहन सिकून्, ताकि जरूरी खाँचो परिआएको खण्डमा तिनीहरूले मदत दिन सकून्, र तिनीहरू निष्फल नहोऊन्।
तीतस 3:1-14 पवित्र बाइबल (NERV)
मानिसहरूलाई यी कुरा गर्न नभुल्नु, भनी भन, शासक र सरकारी अगुवाहरूको अधिकारमा रहनु, ती अधिकारीहरूको आज्ञा पालन गर्नु अनि सबै किसिमको राम्रो कामका निम्ति तयार बस्नु, कसैको विरूद्ध नराम्रो कुरा नगर्नु, अरूहरूसित शान्तिले बस्नु, अन्य मानिसहरू प्रति सहनशील अनि अति भद्र बन्नु। विश्वासीहरूलाई सबै मानिसहरूसित यसो गर्नु भनी भन। अघि-अघि हामी मूर्ख थियौं। हामीले आज्ञा पालन गरेनौं, हामी गलत थियौं अनि आफ्नो शरीरको वश थियौं, जसले नराम्रा कुरा गर्न चाहन्थे। हामीले दुष्टता अनि इर्ष्याको जीवन बाँच्यौं। मानिसहरूले घृणा गरेको जीवन बाँच्दै थियौं अनि हामीले तिनीहरूलाई घृणा गर्यौं। तर तब हाम्रा मुक्तिदाता परमेश्वले मानिसहरूको लागि उहाँको दया अनि प्रेम हामीलाई जनाउनु भयो। उहाँले हामीलाई आफ्नो दयाद्वारा नै बचाउनु भयो-परमेश्वर प्रति सही हुन्छौं भनी हामीले गरेका असल कामको कारणले होइन। उहाँले हामीलाई धोएर बचाँउनु भयो जसले हामीलाई नयाँ मानिस तुल्यायो। उहाँले हामीलाई पवित्र आत्माद्वारा नँया तुल्याएर हामीलाई बचाउनु भयो। परमेश्वरले त्यो पवित्र आत्मा हाम्रा मुक्तिदाता येशू ख्रीष्टद्वारा हामीमाथि पूर्णरूपले खन्याउनु भयो। उहाँको अनुग्रहले हामी धर्मी ठहरियौं। अनि परमेश्वरले हामीलाई अनन्त जीवन प्राप्त गर्न आत्मा दिनुभयो। हामी त्यसैको आशामा थियौं। त्यो शिक्षा साँच्चो हो। अनि म चाहन्छु कि मानिसहरूले यी कुराहरू बुझ्नु पर्छ भनी निश्चित गर। तब परमेश्वरका मानिसहरूले तिनीहरूको जीवनमा असल कार्य गर्न तिनीहरू स्वयंलाई अर्पण गर्नेछन् यी कुरा असल छन् अनि यी कुराहरूले मानिसहरूलाई असल बन्नुमा सहयोग दिनेछ। मूर्खतापूर्ण बहस गर्ने, वंशावली कथाहरू भन्ने, व्यवस्थाले सिकाउने कुराहरू बारे तर्क गर्नेहरूबाट अलग बस। यस्ता निरर्थक कुराहरूले कसैलाई लाभ गर्दैन। यदि कसैले तर्क गर्ने चाहे, उसलाई चेतावनी देऊ। यदि अझै पनि तर्क गरिरहे उसलाई फेरि छाडिदेऊ। यस श्रेणीको मानिस नराम्रो अनि पापी हुन् भनी तिमीले जान्नु पर्छ। उसको पापले ऊ गलत छ भन्ने प्रमाण दिन्छ। अर्त्तिमास र टाइकिकसलाई म तिमी भएकहाँ पठाउँदैछु। तिनीहरूलाई पठाए पछि निकोपोलिसमा मलाई भेट्ने तिमी सक्दो कोशिश गर। यो हिउँद मैले त्यहाँ बिताउने निश्चय गरेकोछु। वकील जीनस र अपोल्लसले आफ्ना यात्रा यहाँदेखि जारिराख्ने छन्। तिनीहरूको यात्राका निम्ति तिमीले जतिसक्छौ तिनीहरूलाई सघाऊ। तिनीहरूलाई चाहिने सबै थोकको व्यवस्था होस्। असल काम गरेर अनि आवश्यक परेकाहरूलाई सहायता गरेर आफ्नो जीवन जिउने तरिका हाम्रा मानिसहरूले सिक्नु पर्छ। जब तिनीहरू त्यसो गर्छन् तब तिनीहरूको जीवन फलहीन हुनेछैन।
तीतस 3:1-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
सरकार र सरकारी मानिसहरूका अधीनमा रहनुपर्छ भनी त्यहाँका मानिसहरूलाई सम्झाऊ। तिनीहरूले हरेक किसिमले भलो गर्न तयार रहून्। तिनीहरूले कसैको विरोध नगरून् अनि झगडा पनि नगरून् तर सबै मानिसहरूसँग सुधा र मिलनसार होऊन् किनभने हामीहरू आफैं पनि एक समय मूर्ख, अनाज्ञाकारी र भुलमा परेका थियौं। हामीहरू नराम्रा इच्छाहरू र सबै प्रकारका सुख-विलासका कमाराहरू थियौं। हामीहरू आफ्नो जीवन द्वेष र डाहमा बिताउँथ्यौं; हेलित थियौं र एक-अर्कालाई हेला गर्थ्यौं। तर जब हाम्रा मुक्तिदाता परमेश्वरको दया र मानिसप्रतिको प्रेम हामीले देख्यौं, उहाँले हामीलाई बचाउनुभयो। हामी आफैंले कुनै असल काम गरेको हुनाले त यसो भएको होइन। तर उहाँकै दयाअनुसार उहाँले नयाँजन्म दिने नुहाइ र पवित्र आत्माको जीवन बदलाउने शक्तिद्वारा हामीलाई बचाउनुभएको हो। मुक्ति दिनुहुने प्रभु येशू ख्रीष्टले गर्दा परमेश्वरले उही पवित्र आत्मा हामीमाथि प्रशस्त गरी खन्याउनुभयो। यसरी उहाँको अनुग्रहले हामी परमेश्वरका अघि ठीक ठहरिन सक्यौं अनि हामीले आशा राखेका अनन्त जीवनको पनि हकदार हुन सक्यौं। यो साँचो कुरो हो। परमेश्वरमा विश्वास गर्ने जतिले असल काम गर्न ध्यान देऊन् भनेर तिमीले जोड दिएको म चाहन्छु। यी असल काम गर्नु नै हाम्रा मानिसहरूलाई फाइदा दिने कुरो हो। तर बेमतलबका छलफल, लामालामा पुर्ख्यौली कथा र व्यवस्थासम्बन्धी झैझगडाहरूबाट भने तर्किएर बस। ती व्यर्थका काम नलाग्ने कुरा हुन्। फाटो ल्याउने मानिसलाई एक-दुई पल्ट सम्झाइदिनू र भएन भने कुनै सम्बन्धै नराख्नू। यो तिमीलाई थाहै छ, यस्ता मानिसको इज्जत नै बिग्रिएको हुन्छ र आफ्नो पापले आफैं दोषी ठहरिन्छ। अर्तिमास वा तुखिकसलाई मैले पठाउने बित्तिकै तिमीचाहिँ निकोपोलिसमा मलाई भेट्न जसरी भए पनि आऊ किनभने मैले त्यहीं नै हिउँदभरि बस्ने विचार गरेको छु। वकील जेनास र अपोल्लोसलाई बाटामा अलि परसम्म पुर्याइदिनू र तिनीहरूलाई चाहिने कुराहरूको पनि याद राख्नू। हाम्रा मानिसहरूले व्यर्थमा जीवन खेर नफालून्। असल काम गर्न आफ्ना समय बिताऊन्, जसबाट अति आवश्यक वस्तु जुटाउन सकिन्छ।
तीतस 3:1-14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
शासकहरू तथा अख्तियारवालाहरूको अधीनमा बस्नू; आज्ञाकारी हुनू, जे असल छ, सो गर्नू भनी तिनीहरूलाई सम्झना गराउनू। तिनीहरूले कसैको बदनामी नगरून्, मिलापमा रहून्, विचारशील होऊन् र सधैँ सबै मानिसहरूप्रति नम्रता देखाऊन्। कुनै समय हामी पनि मूर्ख, अनाज्ञाकारी, सबै किसिमका अभिलाषा र सुख-विलासद्वारा ठगिएका र सेवक बनाइएका थियौँ। हामी द्वेष र डाहमा जिउने, घृणा गरिएका र एक-अर्कालाई घृणा गर्नेहरू थियौँ। तर जब हाम्रा मुक्तिदाता परमेश्वरको दया र प्रेम देखा पर्यो, तब उहाँले आफ्ना कृपाको कारण हामीलाई बचाउनुभयो; हामीले गरेका असल कामहरूको कारणले होइन। उहाँले हामीलाई पुनरुत्थानको स्नान र पवित्र आत्माको नवीकरणद्वारा बचाउनुभयो, जुन आत्मालाई उहाँले हाम्रा मुक्तिदाता येशू ख्रीष्टद्वारा हामीमा प्रशस्त गरी खन्याउनुभयो। उहाँको अनुग्रहद्वारा हामीलाई धर्मी ठहराउनुभयो र अनन्त जीवनको उत्तराधिकारी हुनेछौँ भन्ने आशा दिनुभयो। यो भनाइ विश्वासयोग्य छ। तिमीले यी कुराहरूमा जोड दिएको म चाहन्छु, जसले परमेश्वरमा भरोसा राखेका छन्, तिनीहरूले जे असल छ, सो गर्नमा आफूलाई लगाऊन्। यी कुराहरू हरेकको लागि अति उत्तम र लाभदायक छन्। तर मूर्खतापूर्ण विवादहरू, वंशावलीहरूका महानताको बारेमा कुरा गर्न, व्यवस्थाबारे तर्कवितर्क गर्न र झगडाहरूबाट अलग बस; किनकि यी बेफाइदा र व्यर्थका हुन्। विभाजन ल्याउने व्यक्तिहरूलाई दुई पटकसम्म चेतावनी देऊ; त्यसपछि तिनीहरूसित तिमीहरूको कुनै सम्बन्ध नहोस्। तिमीलाई यो थाहै छ, यस्ता मानिसहरू पापमा लागेका हुन्छन्; अनि तिनीहरूका आफ्नै पापले तिनीहरूलाई दोषी ठहराउँछ। जब मैले अर्तिमास अथवा तुखिकसलाई तिमीकहाँ पठाउँछु, तब तिमी मकहाँ निकोपोलिसमा आउन सकभर प्रयास गर; किनकि मैले त्यहाँ हिउँद कटाउने निश्चय गरेको छु। कानुनविद् जेनास र अपोल्लोसलाई यात्रामा सहायता दिनलाई भरमग्दूर प्रयत्न गर; ताकि तिनीहरूलाई आवश्यक पर्ने हरेक थोक प्राप्त होस्। जे असल छ, हाम्रा मानिसहरूले त्यो गर्न सिकून्, ताकि नभई नहुने खाँचोहरूका लागि तिनीहरूले मदत दिन सकून्; अनि तिनीहरूका जीवन निष्फल नहोस्।