YouVersion लोगो
खोज आइकन

तीतस 1:6-9

तीतस 1:6-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

एल्‍डर एउटै स्‍त्रीको पति र दोषरहित र यस्‍तो व्‍यक्ति होस्, जसका छोरा-छोरीहरू विश्‍वासी होऊन्, र चरित्रहीन र अनाज्ञाकारी नहोऊन्‌। किनभने परमेश्‍वरको कारिन्‍दा हुनुपर्ने हुनाले बिशपचाहिँ दोषरहित हुनुपर्छ। तिनी हठी वा झट्टै रीस गर्ने, वा मतवाला, वा झगड़ालु वा धनको लोभी हुनुहुँदैन, तर अतिथिसत्‍कार गर्ने, भलाइ प्रेमी, आफूलाई वशमा राख्‍ने, ईमानदार, पवित्र र संयमी हुनुपर्दछ। तिनलाई सिकाइएको विश्‍वासयोग्‍य वचनमा तिनी दह्रिलो बस्‍नुपर्छ, ताकि तिनले पक्‍का सिद्धान्‍तअनुसार शिक्षा दिन सकून्, र ती कुराहरूको खण्‍डन गर्नेहरूलाई झूटा साबित गर्न सकून्‌।

शेयर गर्नुहोस्
तीतस 1 पढ्नुहोस्

तीतस 1:6-9 नेपाली समकालीन संस्करण (NCV)

मण्डलीका प्रधान निर्दोष, एउटै पत्नीका पति, जसका छोराछोरीहरू विश्‍वासयोग्य होऊन्, अनि कामुकता र अनाज्ञाकारीताको दोष नलागेका होऊन्। मण्डली अध्यक्षमाथि परमेश्‍वरको कामको अभिभारा सुम्पिएको हुनाले तिनी निर्दोष, अहङ्कार नगर्ने, चाँडै नरिसाउने, मद्यपान नगर्ने, झगडा नगर्ने, नीच कमाइको लोभ नगर्ने हुनुपर्छ। बरु तिनी पाहुनासत्कार गर्ने, असल मन पराउने, आत्मसंयमी, सोझो, भक्‍तिमा लागेको र अनुशासित हुनुपर्छ। तिनलाई सिकाइएका विश्‍वासयोग्य शिक्षामा तिनी दृढ रहून्; ताकि अरूलाई यस शिक्षाले उत्साहित पार्न सकून् र यसको विरोध गर्नेहरूलाई खण्डन गर्न सकून्।

शेयर गर्नुहोस्
तीतस 1 पढ्नुहोस्

तीतस 1:6-9 पवित्र बाइबल (NERV)

धर्म-गुरू यस्तो मानिस हुनुपर्छ जो गलत जीवन बिताइरहेको अभियुक्त नहोस्। उसको एउटै मात्र पत्नी हुनु पर्छ। उसका केटा-केटीहरू विश्वासी हुनु पर्छ, असभ्य जीवन बाँचेको वा आज्ञाकारी नभएको अभियुक्त हुनु हुँदैन। धर्मगुरूको कार्य परमेश्वर प्रति कामको ख्याल राख्नु हो। यसर्थ कुनै गलत कर्मको निम्ति उनी अभियुक्त हुनु हुँदैन। उनी घमण्डी अनि स्वार्थी हुनु हुँदैन वा झट्ट रिसाउने हुनु हुँदैन। ऊ पियक्कड हुनु हुँदैन। ऊ झगड़ालु अनि ठगेर धनी हुने आकांक्ष भएको हुनु हुँदैन। धर्म-गुरूले मानसिहरूलाई आफ्नो घरमा लगेर सहायता गर्नु पर्छ। उसले जे असल छ त्यसलाई प्रेम गर्नु पर्छ, ज्ञानी हुनु पर्छ, सही अनि पवित्र जीवन जिउनु पर्छ। उसित आत्मा संयम हुनु पर्छ। धर्म-गुरूले हामीले सिकाएको सत्य विश्वासपूर्वक मान्नु पर्छ। ऊ, सही अनि सत्य शिक्षाको उपयोगद्वारा मानिसहरूलाई सहायता गर्न समर्थ हुनुपर्छ अनि मानिसहरू जो सत्य शिक्षाको विरूद्ध छन् तिनीहरू गलत छन् भनी प्रमाणित गर्न समर्थ हुनु पर्छ।

शेयर गर्नुहोस्
तीतस 1 पढ्नुहोस्

तीतस 1:6-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

मण्‍डलीका धर्म-गुरुहरूलाई कसैले पनि दोष लाउन नसकोस्‌, एउटै मात्र पत्‍नी भएका, नराम्रा चालचलन नभएका र तिनका छोरा-छोरीहरू पनि भनेको मान्‍ने र विश्‍वासी हुनुपर्छ। मण्डलीको अगुवाले परमेश्‍वरको कामको जिम्मा लिएका हुन्छन्। यसकारण तिनी कुनै दोष नभएका मानिस हुनुपर्दछ। तिनी आफूखुसी गर्ने, छिट्टै रिसाउने, मात्तिने, मारपिट गर्ने र माग्‍ने लोभी हुनुहुँदैन। तिनी पाहुनाहरूको सत्‍कार गर्ने र असल काम, राम्रा कुरा मन पराउने अनि होश राखेर काम गर्ने, न्‍यायी, पवित्र र आफैंलाई वशमा राख्‍ने हुनुपर्दछ। आफूले पाएको साँचो शिक्षामा लागिरहने र अरूलाई पनि यो शिक्षा दिएर साहस दिन सक्‍ने हुनुपर्दछ। यो शिक्षा हामीले सिकाएबमोजिम हुनुपर्छ अनि यसको विरोध गर्नेहरूको गल्‍तीलाई पनि देखाइदिन सक्‍नेछौ।

शेयर गर्नुहोस्
तीतस 1 पढ्नुहोस्