रूथ 2:2-5
रूथ 2:2-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मोआबी रूथले नाओमीलाई भनिन्, “के म खेतमा गएर जसले मप्रति निगाह गर्ला त्यसको पछि शिला-बाला खोज्नलाई जाऊँ?” नाओमीले भनिन्, “हुन्छ, मेरी छोरी, जाऊ।” यसैले कटनी गर्नेहरूका पछिपछि खेतमा शिला-बाला खोज्न रूथ गइन्। अनि तिनी खेतको त्यस भागमा पुगिन् जो एलीमेलेकका परिवारका बोअजकै खेत थियो। अनि त्यहाँ बोअज पनि बेथलेहेमबाट आइपुगेको थियो। तिनले कटनी गर्नेहरूलाई अभिवादन गरेर भने, “परमप्रभु तिमीहरूसँग होऊन्।” अनि तिनीहरूले जवाफ दिए, “परमप्रभुले तपाईंलाई आशिष् देऊन्।” तब तिनले कटनी गर्नेहरूमाथि खटाइएको नोकरलाई सोधे, “यो युवती कसकी हो?”
रूथ 2:2-5 पवित्र बाइबल (NERV)
एकदिन रूथले (मोआबी स्त्री) नाओमीलाई भनिन्, “म खेतहरूतिर जानलाई सोच्दैछु। हुन सक्छ म कसैलाई भेट्ने छु जो म प्रति दयालु हुने छन् अनि उनले आफ्नो खेतमा अन्न मलाई सिला गर्न दिनेछन्।” नाओमीले भनिन, “राम्रो छोरी, जान सक्छौ।” यसर्थ रूथ खेतमा गइन्। तिनी काम गर्नेहरूको पछि-पछि लागिन् अनि तिनले त्यहाँ छाडिएका अन्नहरू जम्मा गरिन्। यस्तो भयो कि तिनी खेतको त्यस भागमा पुगिन् जो एलीमेलेकका परिवारको बोअजको खेत थियो। पछि, बोअज बेतलेहेमबाट खेतमा आए। तिनले काम गर्नेहरूलाई अभिवादन गरे। तिनले भने, “परमप्रभु तिमीहरूका साथ रहून्।” अनि कामदारहरूले उत्तर दिए, “परमप्रभुले तपाईलाई आशिष दिऊन्।” तब बोअजले तिनका सेवक जो कामदारको नाईकेसँग कुरा गरे र सोधे, “त्यो कसकी छोरी हो?”
रूथ 2:2-5 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
एक दिन रूथले नाओमीलाई भनिन्, “के म खेतबारीमा गएर त्यहाँ काम गर्नेहरूले छोडिराखेका अन्न बटुली ल्याऊँ? कसैले त मलाई काम गर्न देला नि?” नाओमीले भनिन्, “हुन्छ, छोरी त्यसै गर।” र रूथ खेतबारीमा गई काम गर्नेहरूका पछिपछि तिनीहरूले छाडेका अन्नका बाला टिप्न थालिन्। त्यसरी उनी बोअजकै बारीमा काम गर्न पुगिन्। केही समयपछि, बोअज आफैं बेथलेहेमबाट आइपुगे र काम गर्नेहरूलाई भेटी “परमप्रभु तिमीहरूसँग होऊन्,” भने। तिनीहरूले भने, “परमप्रभुले तपाईंलाई आशिष् दिऊन्!” बोअजले काम गर्नेहरूका मुखियालाई सोधे, “त्यो युवती को हो?”