रूथ 2:15-16
रूथ 2:15-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि जब तिनी शिला-बाला बटुल्नलाई उठिन् तब बोअजले आफ्ना मानिसहरूलाई यसो भनेर आज्ञा दिए, “त्यसलाई बिटाहरूका बीच-बीचमा पनि शिला-बाला बटुल्न देओ। त्यसलाई नहप्काओ, बरु अन्न बाँधेका बिटाहरूबाट तिमीहरूले केही निकालेर छोड़िदेओ, र त्यसलाई नहप्काईकन टिप्न देओ।”
रूथ 2:15-16 पवित्र बाइबल (NERV)
तब रूथ उठिन् अनि काममा फर्कि गइन्। तब बोअजले आफ्ना सेवकहरूलाई भने, “रूथलाई अन्नका बिटा वरिपरि पनि अन्न सँग्रह गर्न देऊ। उसलाई नरोक्नु। अनि उसलाई केही दानाले भरिएका बाली काटेर उसको काम हलुका गरिदेऊ। उसलाई त्यो अन्न जम्मा गर्न देऊ। उसलाई नरोक।”
रूथ 2:15-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसपछि उनी उठेर अन्न बटुल्न गइन्। तब बोअजले आफ्ना काम गर्नेहरूलाई यस्तो आज्ञा दिए, “बाली काटेर राखेका बिटाहरूका बीचमा पनि उसलाई शिला-बाला बटुल्न देओ, उसलाई रोक-टोक नगर, त्यसबाहेक बाँधेका बिटाहरूबाट पनि केही बाली उसलाई छोडिदेओ र ती उसलाई बटुल्न देओ।”