रोमी 8:5-11
रोमी 8:5-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनभने पापमय स्वभावअनुसार चल्नेहरूले शरीरका कुरामा मन लगाउँछन्, तर आत्माअनुसार चल्नेहरूले आत्माका कुरामा मन लगाउँछन्। किनभने, पापमय स्वभावमा मन लगाउनुचाहिँ मृत्यु हो, तर पवित्र आत्मामा मन लगाउनु जीवन र शान्ति हो। किनभने पापमय शरीरतिर लागेको मनचाहिँ परमेश्वरप्रति शत्रुता हो। परमेश्वरका व्यवस्थाको अधीनमा त्यो हुँदैन, न त त्यो कहिल्यै हुन सक्छ। पापमय स्वभावको वशमा हुनेहरूले परमेश्वरलाई प्रसन्न पार्न सक्दैनन्। यदि साँच्चै परमेश्वरका आत्मा तिमीहरूमा वास गर्नुहुन्छ भने, तिमीहरू पापमय स्वभावमा होइन, तर पवित्र आत्मामा हुन्छौ। तर कुनै मानिसमा ख्रीष्टका आत्मा हुनुहुन्न भनेता त्यो उहाँको हुँदैहोइन। यदि ख्रीष्ट तिमीहरूमा हुनुहुन्छ भने, पापको कारणले तिमीहरूका शरीर मरेका भए तापनि तिमीहरूका आत्मा धार्मिकताको कारणले जिउँदा हुन्छन्। तर यदि येशूलाई मरेकाबाट जीवित पार्नुहुनेका आत्मा तिमीहरूमा वास गर्नुहुन्छ भने, ख्रीष्ट येशूलाई मरेकाबाट जीवित पार्नुहुनेले नै तिमीहरूमा वास गर्नुहुने उहाँका आत्माद्वारा तिमीहरूका मरणशील शरीरलाई पनि जीवन दिनुहुनेछ।
रोमी 8:5-11 नेपाली समकालीन संस्करण (NCV)
पापमय स्वभावअनुसार जिउनेहरूले उनीहरूका मन पापमय स्वभावले जे इच्छा गर्छ, त्यसैमा लगाउँछन्; तर पवित्र आत्माअनुसार जिउनेहरूले उनीहरूका मन परमेश्वरको आत्माले जे इच्छा गर्नुहुन्छ, त्यसैमा लगाउँछन्। किनकि पापमय स्वभावद्वारा शासन गरिएको मन मृत्यु हो, तर परमेश्वरको आत्माद्वारा शासन गरिएको मन जीवन र शान्ति हो। पापमय स्वभावद्वारा शासन गरिएको मन परमेश्वरको विरुद्धमा हुनु हो; त्यो परमेश्वरको व्यवस्थाको अधीनतामा हुँदैन, न ता हुन नै सक्छ। पापमय स्वभावद्वारा नियन्त्रित भएकाहरूले परमेश्वरलाई प्रसन्न पार्न सक्दैनन्। यदि वास्तवमा परमेश्वरका आत्मा तिमीहरूमा वास गर्नुहुन्छ भने तिमीहरू पापमय स्वभावद्वारा नियन्त्रित हुँदैनौ, तर आत्माद्वारा हुन्छौ। यदि कसैसँग ख्रीष्टको आत्मा छैन भने तिनीहरू ख्रीष्टका हुनै सक्दैनन्। तर यदि तिमीहरूसँग ख्रीष्ट हुनुहुन्छ भने तिमीहरूको शरीर पापले गर्दा मरेको हुन्छ, तर धार्मिकताले गर्दा तिमीहरूको आत्मा जीवित हुन्छ। अनि यदि येशूलाई मरेकाबाट पुनर्जीवित पार्नुहुने परमेश्वरका आत्मा तिमीहरूमा वास गर्नुहुन्छ भने ख्रीष्टलाई मरेकाबाट पुनर्जीवित पार्नुहुनेले नै तिमीहरूका नाशवान् शरीरलाई पनि उहाँकै आत्माद्वारा जीवन दिनुहुनेछ, जुन आत्मा तिमीहरूमा वास गर्नुहुन्छ।
रोमी 8:5-11 पवित्र बाइबल (NERV)
जो पापपूर्ण स्वभाव लिएर बाँचिरहेका छन् तिनले आफ्ना पापपूर्ण स्वभाव अनुसारै सोंच्दछन्। जो आत्मा अनुसार जिउँदछन् उनीहरू आत्माको इच्छा अनुसारै बाँच्दछन्। यदि कुनै मानिसको मन पापपूर्ण स्वभावले नियन्त्रित छ भने उसको आत्मिक मृत्यु हुँदछ। यदि कुनै मानिसको मन आत्माले नियंत्रित छ भने उसलाई जीवन र शान्ति मिल्नेछ। यो किन सत्य हो? किनभने, जब कुनै मानिसको विचार पापपूर्ण स्वभावको अधीनमा हुन्छ तब ऊ परमेश्वरको विरुद्धमा हुँदछ। त्यस मानिसले परमेश्वरको व्यवस्था मान्दैन अनि वास्तवमा त्यो मानिस परमेश्वरको व्यवस्था पालन गर्न असमर्थ हुन्छ। ती मानिसहरू जो पापपूर्ण स्वभावको अधीनमा छन् भने परमेश्वरलाई कहिल्यै खुशी पार्न सक्तैनन्। तिम्रो लागि, यदि परमेश्वरको आत्मा तिमीमा बस्छ। तिमी आफ्ना पापपूर्ण स्वभावबाट नियन्त्रित छैनौ, तर आत्माबाट छौ। तर यदि कसैमा ख्रीष्टको आत्मा छैन भने ऊ ख्रीष्टसित हुँदैन। किनभने तिमीहरूको शरीर पापले गर्दा मरेकोछ। तर यदि तिमीमा ख्रीष्ट हुनुहुन्छ भने, तब आत्माले जीवन दिंदछ जस्तो ख्रीष्टले तिमीहरूलाई परमेश्वरसित धर्मी तुल्याउनु भयो। परमेश्वरले येशूलाई मृत्युबाट बौराउनु भयो। अनि यदि तिमीहरूमा उहाँको आत्माले वास गर्छ भने, उहाँले तिमीहरूको शरीरलाई पनि जीवन-दान दिनुहुनेछ जुन मरणशील छ। उहाँले तिम्रो शरीरमा आत्माद्वारा जीवन-दान दिन हुन्छ जुन आत्मा तिमीहरूमा बस्छ।
रोमी 8:5-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
आफ्नो शारीरिक स्वभावको अधीनमा चल्नेहरूले शारीरिक स्वभावका इच्छामा मन लगाउँछन् तर पवित्र आत्माअनुसार चल्नेहरूले भने पवित्र आत्माकै इच्छामा मन लगाउँछन्। शारीरिक स्वभावको इच्छाले मानिसलाई मृत्युमा लैजान्छ। तर पवित्र आत्माको इच्छाले उसलाई नयाँ जीवन र शान्तिमा पुर्याउँछ। शारीरिक स्वभावको अधीनमा चल्ने मानिस परमेश्वरको विरोधी हुन्छ किनभने उसले व्यवस्था पालन गरेको हुँदैन र पालन गर्न पनि सक्दैन। शारीरिक स्वभावको अधीनमा रहनेले परमेश्वरलाई खुसी पार्न सक्दैन। परमेश्वरका आत्मा तिमीहरूसँगै बास गर्नुहुन्छ भने तिमीहरू आफ्नै शारीरिक स्वभावको अधीनमा रहँदैनौ तर पवित्र आत्माकै अधीनमा रहन्छौ। कसैसँग ख्रीष्टको आत्मा छैन भने ऊ ख्रीष्टको हुनै सक्दैन। ख्रीष्ट तिमीमा हुनुहुन्छ भने तिम्रो शरीर पापले गर्दा मर्छ तर परमेश्वरको सामु ठीक ठहरिएकोले तिम्रो आत्माचाहिँ जिउँछ। परमेश्वरले ख्रीष्टलाई मरेकोबाट पनि शरीरसँगै फेरि जिउँदो गराउनुभयो। परमेश्वरका आत्मा तिमीहरूभित्र रहनुहुन्छ भने त्यसै गरी तिमीहरूको मर्ने शरीरलाई पनि उहाँले जिउँदो गराउनुहुनेछ।