रोमी 8:35-36
रोमी 8:35-36 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
कसले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्ने? के सङ्कष्टले, अथवा दुःखले, वा खेदोले, वा अनिकालले, वा नग्नताले, अथवा खतराले वा तरवारले? यस्तो लेखिएको छ, “तपाईंको खातिर हामी दिनभरि मारिन्छौं, काटिने भेड़ाहरूजस्तै हामीहरू गनिएका छौं।”
रोमी 8:35-36 नेपाली समकालीन संस्करण (NCV)
हामीलाई ख्रीष्टको प्रेमबाट कसले अलग गर्न सक्छ? के दुःखकष्टले वा कठिनाइले वा सतावटले वा अनिकालले वा नग्नताले वा जोखिमले कि तरवारले? यस्तो लेखिएको छ: “तपाईंको निम्ति हामीले दिनभरि मृत्युको सामना गर्दछौं; हामी मारिनलाई लागिएका भेडाझैं तुल्याइएका छौं।”
रोमी 8:35-36 पवित्र बाइबल (NERV)
ख्रीष्टको प्रेमबाट हामीलाई अलग गर्न सक्ने कुनै थोक छ? छैन। के दुःखले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्नसक्छ? सक्दैन! के कठिनाई वा खेदाइले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्नसक्छ? सक्दैन। के अनिकाल वा नाङ्गोपनाले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्नसक्छ? अँहँ। के कुनै आपद वा मृत्युले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्न सक्छ? अँहँ सक्दैन। धर्मशास्त्रले भन्छ, “तिमीहरूका निमित्त हामीहरू दिनभरि नै मृत्युको मुखमा छौं। मानिसहरू सोंच्दछन् हामी बेकारहौं, मारिने भेंडा़ जस्ता छौं।”
रोमी 8:35-36 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अब के कुनै कुरोले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्न सक्छ? अहँ, कुनै पनि कुरोले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्न सक्दैन। हामीलाई दु:ख हुन सक्छ, कठिनाइ र खेदो आउन सक्छ, हामी नाङ्गो र भोकभोकै पनि हुनुपर्ला। हुन सक्छ, हामी त्यस्तै कुनै ठूलो आपत्मा परौंला वा मारियौंला पनि; तर के यी कुनै पनि कुराले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्न सक्छ? अहँ, कहिल्यै पनि सक्दैन। हामीलाई दु:ख हुन्छ भनेर त धर्मशास्त्रमा पनि बताइएको छ, “तपाईंको लागि त हामी दिनदिनै मारिन्छौं। हामी काट्न तयार पारिएका भेडाझैँ छौं,।”