रोमी 8:31-34
रोमी 8:31-34 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हामीले यसमा के भन्ने त? यदि परमेश्वर हामीतर्फ हुनुहुन्छ भने, हाम्रो विरुद्ध को हुन्छ? जसले आफ्नै निज पुत्रलाई बाँकी राख्नुभएन, तर हामी सबैका निम्ति उहाँलाई दिनुभयो, के उहाँले हामीलाई सबै थोक पनि उहाँकै साथमा दिनुहुनेछैन र? परमेश्वरका चुनिएकाहरूका विरुद्धमा कसले अभियोग लाउनेछ? धर्मी ठहराउने परमेश्वर नै हुनुहुन्छ भने, दण्डको आज्ञा दिने को हो? मर्ने त ख्रीष्ट येशू, हुनुहुन्छ, जो मरेकाहरूबाट जीवित पारिनुभयो, र परमेश्वरको दाहिने बाहुलीतर्फ हुनुहुन्छ, र हाम्रा निम्ति मध्यस्थ पनि गर्नुहुन्छ।
रोमी 8:31-34 नेपाली समकालीन संस्करण (NCV)
अब हामी यी कुराहरूको बारेमा के भन्ने त? यदि परमेश्वर हाम्रोतर्फ हुनुहुन्छ भने हाम्रो विरुद्ध को हुन सक्छ र? जसले आफ्ना निज पुत्रलाई त बाँकी राख्नुभएन, तर हामी सबैका निम्ति मर्नका लागि दिइहाल्नुभयो, के उहाँले आफ्नो पुत्रसहित उदारतासाथ हामीलाई सबै थोकहरू दिनुहुन्न र? परमेश्वरले जसलाई चुन्नुभएको छ, उनीहरूलाई कसले दोष लगाउन सक्छ र? परमेश्वरले नै उनीहरूलाई धर्मी ठहराउनुहुन्छ। त्यसो हो भने दोष लाउने को हो त? कोही छैन, ख्रीष्ट येशू जो मर्नुभयो; त्यसभन्दा बढी, उहाँ मरेकाबाट पुनर्जीवित हुनुभयो। उहाँ जो परमेश्वरको दाहिने हातपट्टि विराजमान हुनुभएको छ, र हाम्रो निम्ति अन्तर्विन्ती गरिरहनुभएको छ।
रोमी 8:31-34 पवित्र बाइबल (NERV)
यसकारण यस विषयमा हामीले के भन्ने? यदि परमेश्वर हाम्रो निम्ति हुनुहुन्छ भने, हामीलाई कसले पराजय गर्न सक्छ? परमेश्वरले हाम्रो निम्ति जे पनि गर्नुहुनेछ। परमेश्वरले उहाँको आफ्नै पुत्रलाई कष्ट मात्र भोगाउनु भएन तर हाम्रा निम्ति बलि दिनुभयो। तब के परमेश्वरले हामीलाई येशूका साथै हरेक उपहार दिनुहुन्न र? परमेश्वरले चुन्नु भएका मानिसहरूलाई कसले दोष लगाउन सक्छ? कसैले सक्तैन! परमेश्वर मात्र एक हुनुहुन्छ जसले आफ्ना मानिसहरूलाई धर्मी बनाउनुहुन्छ। परमेश्वरका मानिसहरूलाई कसले दोषी हो भनी भन्न सक्छ? कसैले सक्तैन! ख्रीष्ट येशू हाम्रा निम्ति मर्नुभयो, तर त्यति मात्र होइन, उहाँ मृत्युबाट जीवित पनि हुनुभयो। अनि उहाँ परमेश्वरको दाहिनेपट्टि हुनुहुन्छ र हाम्रा निम्ति परमेश्वरलाई बिन्ति गरिरहनु भएको छ।
रोमी 8:31-34 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यी कुरा विचार गर्दा हामी के भन्न सक्छौं? परमेश्वर हाम्रो पक्षमा हुनुहुन्छ भने हाम्रो विरोधमा को टिक्ने? उहाँले आफ्नो पुत्रसम्मलाई पनि जोगाइराख्नुभएन तर हाम्रा लागि दिनुभयो। हाम्रा लागि आफ्ना पुत्रसम्म दिनुहुनेले झन् उहाँसँगै अरू सबै कुरा हामीलाई दिनुहुन्न र? परमेश्वरले छान्नुभएका मानिसलाई कसले दोष लगाउन सक्छ? परमेश्वर आफैंले तिनीहरूलाई निर्दोष ठहराउनुभएको छ। त्यसो हुँदा तिनीहरूलाई दण्डको भागी बनाउने कोही पनि हुनेछैन किनभने ख्रीष्ट नै तिनीहरूको साटोमा दण्ड भोगेर मर्नुभएको छ। उहाँ मर्नु मात्रै भएन, योभन्दा ठूलो कुरा मरेर फेरि जिवित परिनुभयो। अहिले उहाँले परमेश्वरको साथमा रहेर राज्य गरिरहनुभएको छ। अनि उहाँले हाम्रो लागि परमेश्वरसित बिन्ती पनि गर्नुहुन्छ।