रोमी 8:31-32
रोमी 8:31-32 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हामीले यसमा के भन्ने त? यदि परमेश्वर हामीतर्फ हुनुहुन्छ भने, हाम्रो विरुद्ध को हुन्छ? जसले आफ्नै निज पुत्रलाई बाँकी राख्नुभएन, तर हामी सबैका निम्ति उहाँलाई दिनुभयो, के उहाँले हामीलाई सबै थोक पनि उहाँकै साथमा दिनुहुनेछैन र?
रोमी 8:31-32 नेपाली समकालीन संस्करण (NCV)
अब हामी यी कुराहरूको बारेमा के भन्ने त? यदि परमेश्वर हाम्रोतर्फ हुनुहुन्छ भने हाम्रो विरुद्ध को हुन सक्छ र? जसले आफ्ना निज पुत्रलाई त बाँकी राख्नुभएन, तर हामी सबैका निम्ति मर्नका लागि दिइहाल्नुभयो, के उहाँले आफ्नो पुत्रसहित उदारतासाथ हामीलाई सबै थोकहरू दिनुहुन्न र?
रोमी 8:31-32 पवित्र बाइबल (NERV)
यसकारण यस विषयमा हामीले के भन्ने? यदि परमेश्वर हाम्रो निम्ति हुनुहुन्छ भने, हामीलाई कसले पराजय गर्न सक्छ? परमेश्वरले हाम्रो निम्ति जे पनि गर्नुहुनेछ। परमेश्वरले उहाँको आफ्नै पुत्रलाई कष्ट मात्र भोगाउनु भएन तर हाम्रा निम्ति बलि दिनुभयो। तब के परमेश्वरले हामीलाई येशूका साथै हरेक उपहार दिनुहुन्न र?
रोमी 8:31-32 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यी कुरा विचार गर्दा हामी के भन्न सक्छौं? परमेश्वर हाम्रो पक्षमा हुनुहुन्छ भने हाम्रो विरोधमा को टिक्ने? उहाँले आफ्नो पुत्रसम्मलाई पनि जोगाइराख्नुभएन तर हाम्रा लागि दिनुभयो। हाम्रा लागि आफ्ना पुत्रसम्म दिनुहुनेले झन् उहाँसँगै अरू सबै कुरा हामीलाई दिनुहुन्न र?