YouVersion लोगो
खोज आइकन

रोमी 8:26-28

रोमी 8:26-28 नेपाली समकालीन संस्करण (NCV)

यसरी नै पवित्र आत्माले हामीलाई हाम्रो दुर्बलतामा सहायता गर्नुहुन्छ। हामीले कसरी प्रार्थना गर्नुपर्ने हो, सो हामी जान्दैनौं, तर पवित्र आत्मा आफैले हाम्रा निम्ति शब्दले व्यक्‍त गर्न नसकिने सुस्केरामा अन्तर्विन्ती गरिदिनुहुन्छ। परमेश्‍वर, जसले हाम्रो हृदयको खोजी गर्नुहुन्छ, उहाँले आत्माका विचार जान्‍नुहुन्छ, किनभने पवित्र आत्माले परमेश्‍वरका सन्तहरूका निम्ति परमेश्‍वरको इच्छाअनुसार विन्ती गरिदिनुहुन्छ। हामी जान्दछौं कि, परमेश्‍वरलाई प्रेम गर्नेहरू र उहाँका उद्देश्यअनुसार बोलाइएकाहरूका निम्ति, उहाँले हरेक कुरामा भलाइ नै गर्नुहुन्छ।

शेयर गर्नुहोस्
रोमी 8 पढ्नुहोस्

रोमी 8:26-28 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

त्‍यसै गरी पवित्र आत्‍माले पनि हाम्रो दुर्बलतामा सहायता गर्नुहुन्‍छ। कसरी प्रार्थना गर्नुपर्ने हो हामी जान्‍दैनौं, तर शब्‍दहरूमा व्‍यक्‍त गर्न नसकिने सुस्‍केरामा पवित्र आत्‍माले हाम्रा निम्‍ति मध्‍यस्‍थता गर्नुहुन्‍छ। र मानिसहरूका हृदयको खोजी गर्नुहुनेले पवित्र आत्‍माको विचार के हो सो जान्‍नुहुन्‍छ, किनकि परमेश्‍वरको इच्‍छाअनुसार पवित्र आत्‍माले सन्‍तहरूका निम्‍ति मध्‍यस्‍थता गर्नुहुन्‍छ। हामी जान्‍दछौं, उहाँलाई प्रेम गर्नेहरू र उहाँका अभिप्रायअनुसार बोलाइएकाहरूका निम्‍ति हरेक कुरामा परमेश्‍वरले भलाइ नै गर्नुहुन्‍छ।

शेयर गर्नुहोस्
रोमी 8 पढ्नुहोस्

रोमी 8:26-28 पवित्र बाइबल (NERV)

आत्माले नै हामीलाई हाम्रो कमजोरीमा सहायता गर्नुहुन्छ। हामीले कसरी प्रार्थना गर्नु पर्ने हो! जान्दैनौ। तर आत्माले गंभीर भावले परमेश्वरसँग हाम्रो पक्षमा प्रार्थना गरिदिनुहुनेछ जुन शब्दहरूमा वर्णन गर्न सकिँदैन। परमेश्वरले हाम्रो हृदयमा के छ बुझ्न सक्नु हुन्छ किनभने आत्मा मानिसहरूका लागि परमेश्वरसँग उहाँकै इच्छाले बोल्नु हुन्छ। हामी जान्दछौं कि परमेश्वरले प्रत्येक कुरामा तिनीहरूको भलाईको लागि गर्नुहुन्छ जसले उहाँलाई प्रेम गर्दछ। ती मानिसहरू हुन् जसलाई परमेश्वरले बोलाउनु भयो किनभने त्यो उहाँकै योजना थियो।

शेयर गर्नुहोस्
रोमी 8 पढ्नुहोस्

रोमी 8:26-28 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

पवित्र आत्‍माले हामीलाई कमजोरी अवस्‍थामा सहायता गर्नुहुन्‍छ। कसरी प्रार्थना गर्नुपर्ने हो, हामीलाई थाहा नहुँदा पवित्र आत्‍मा आफैंले शब्‍दले भ्याउनै नसक्‍ने गहिरो सुस्केरामा हाम्रो लागि प्रार्थना गरिदिनुहुन्‍छ। मानिसको हृदय देख्‍नुहुने परमेश्‍वरले पवित्र आत्‍माको विचार के छ, जान्‍नुहुन्‍छ किनभने पवित्र आत्‍माले विश्‍वासीहरूको लागि परमेश्‍वरको इच्‍छाअनुसार उहाँसँग बिन्‍ती गरिदिनुहुन्‍छ। परमेश्‍वरलाई प्रेम गर्ने अनि उहाँले आफ्‍नो इच्‍छा पूरा गर्न छान्‍नुभएका प्रत्‍येक मानिसको निम्‍ति हरेक घटनाले उसको भलाइ नै गर्छ।

शेयर गर्नुहोस्
रोमी 8 पढ्नुहोस्

रोमी 8:26-28

रोमी 8:26-28 NNRV
शेयर गर्नुहोस्
पुरै अध्याय पढ्नुहोस्