रोमी 8:24-26
रोमी 8:24-26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि यही आशामा हामीले मुक्ति पाएका थियौं। अब देखिनेचाहिँ आशा त आशा नै होइन। किनकि देखेका कुराको आशा कसले गर्छ र? तर यदि हामी आफूले नदेखेका कुराको आशा गर्छौं भने, धैर्यसाथ हामी त्यसको प्रतीक्षा गर्छौं। त्यसै गरी पवित्र आत्माले पनि हाम्रो दुर्बलतामा सहायता गर्नुहुन्छ। कसरी प्रार्थना गर्नुपर्ने हो हामी जान्दैनौं, तर शब्दहरूमा व्यक्त गर्न नसकिने सुस्केरामा पवित्र आत्माले हाम्रा निम्ति मध्यस्थता गर्नुहुन्छ।
रोमी 8:24-26 नेपाली समकालीन संस्करण (NCV)
यही आशामा हामीले मुक्ति पाएका छौं। तर देखिने आशा, आशा नै होइन। जुन कुरा आफूसँग अगाडि नै छ, त्यही कुराको आशा कसले गर्दछ र? तर यदि हामीले जे प्राप्त गरेका छैनौं, त्यस कुराको हामी आशा गर्छौं भने ता, हामी धैर्यतासाथ त्यसको प्रतीक्षा गर्छौं। यसरी नै पवित्र आत्माले हामीलाई हाम्रो दुर्बलतामा सहायता गर्नुहुन्छ। हामीले कसरी प्रार्थना गर्नुपर्ने हो, सो हामी जान्दैनौं, तर पवित्र आत्मा आफैले हाम्रा निम्ति शब्दले व्यक्त गर्न नसकिने सुस्केरामा अन्तर्विन्ती गरिदिनुहुन्छ।
रोमी 8:24-26 पवित्र बाइबल (NERV)
हामीहरू बचाईँयौं र हामीमा यो आशा छ। यदि हामीले पर्खिरहेका कुरा देख्न सके त्यो साँचिकै आशा हुने छैन। मानिसहरूले त्यस कुराको आशा गर्दैनन् जुन तिनीहरूले पहिल्यै पाइसकेका हुँन्छन्। तर हामी केही चीजको आशा गरिरहेछौं जुन हामीले अहिले सम्म पाएका छैनौं। हामीले ठूलो धैर्यसित त्यो पर्खिरहेका छौं। आत्माले नै हामीलाई हाम्रो कमजोरीमा सहायता गर्नुहुन्छ। हामीले कसरी प्रार्थना गर्नु पर्ने हो! जान्दैनौ। तर आत्माले गंभीर भावले परमेश्वरसँग हाम्रो पक्षमा प्रार्थना गरिदिनुहुनेछ जुन शब्दहरूमा वर्णन गर्न सकिँदैन।
रोमी 8:24-26 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
किनभने ठूलो आशाको लागि परमेश्वरले हामीलाई बचाउनुभयो अनि हामी त्यही आशामा बाँचिरहेका छौं। आशा भनेको हामीले कुनै चीजको लागि पर्खिरहनु हो। मानिसले पहिले नै पाइसकेको कुराको आशा राख्तैन। तर यदि हामीले नदेखेको कुराको आशा राख्छौं भने हामीले यसको लागि पर्खन्छौं। पवित्र आत्माले हामीलाई कमजोरी अवस्थामा सहायता गर्नुहुन्छ। कसरी प्रार्थना गर्नुपर्ने हो, हामीलाई थाहा नहुँदा पवित्र आत्मा आफैंले शब्दले भ्याउनै नसक्ने गहिरो सुस्केरामा हाम्रो लागि प्रार्थना गरिदिनुहुन्छ।