रोमी 8:20-21
रोमी 8:20-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
सृष्टि व्यर्थताको वशमा पारियो, त्यसको आफ्नै इच्छाले होइन, तर उहाँको इच्छाले, जसले त्यसलाई वशमा पार्नुभयो, यसै आशामा, कि सृष्टि त्यसको आफ्नै विनाशको बन्धनबाट मुक्त गराइनेछ, र त्यसले पनि परमेश्वरका सन्तानको महिमित स्वतन्त्रता प्राप्त गर्नेछ।
रोमी 8:20-21 नेपाली समकालीन संस्करण (NCV)
किनकि सृष्टिलाई श्राप पर्यो, यसको आफ्नै इच्छाले होइन, तर उहाँको इच्छाले, जसले यसलाई अधीनतामा राख्नुभयो, यस आशामा कि, सृष्टि स्वयम् पनि विनाशको दासत्वबाट मुक्त भएर परमेश्वरका सन्तानका महिमित स्वतन्त्रता प्राप्त गर्न सकोस्।
रोमी 8:20-21 पवित्र बाइबल (NERV)
प्रत्येक वस्तु जुन परमेश्वरले बनाउनु भयो त्यो मूल्यहीन भएर गयो। त्यसले परिवर्तन गर्न चाहेन, तर परमेश्वरकै इच्छा अनुसार यस्तो भयो। तथापि त्यहाँ यस्तो आशा थियोः परमेश्वरले बनाउन भएको हरेक कुरा नाश हुनबाट मुक्त बनाइने छ र परमेश्वरका छोरा-छोरीहरूले महिमा र स्वतन्त्रता प्राप्त गर्नेछन्।
रोमी 8:20-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
किनभने सृष्टि नै काम नलाग्ने भएको थियो तर यसो भएको सृष्टिको आफ्नै इच्छाले थिएन। सृष्टिले आशा गरिरहोस् भनी परमेश्वरले नै यसो गर्नुभएको थियो। सृष्टि आफैंले पनि नाशको कैदबाट एक दिन छुटकारा पाएर परमेश्वरका छोरा-छोरीको महान् छुटकारामा सहभागी हुनेछ।