YouVersion लोगो
खोज आइकन

रोमी 8:15-18

रोमी 8:15-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

किनभने फेरि डरमा पर्नलाई दासत्‍वको आत्‍मा तिमीहरूले पाएका छैनौ, तर तिमीहरूले धर्मपुत्र हुने आत्‍मा पाएका छौ। यसैले जब हामी परमेश्‍वरलाई “अब्‍बा, पिता” भनी पुकार्छौं, त्‍योचाहिँ हामी परमेश्‍वरका सन्‍तान हौं भनी पवित्र आत्‍माले हाम्रो आत्‍मासँग गवाही दिनुभएको हो। र सन्‍तान हौं भनेता उत्तराधिकारी पनि हौं, परमेश्‍वरका उत्तराधिकारी र ख्रीष्‍टसँग साझे-उत्तराधिकारी। उहाँसँग दुःख भोग्‍छौं भनेता हामी उहाँसँगै महिमित पनि हुनेछौं। म विचार गर्दछु, कि हामीमा जुन महिमा प्रकट गरिनेछ, त्‍यससँग वर्तमान समयका कष्‍टहरू तुलना गर्न योग्‍य छैनन्‌।

शेयर गर्नुहोस्
रोमी 8 पढ्नुहोस्

रोमी 8:15-18 नेपाली समकालीन संस्करण (NCV)

किनभने तिमीहरूलाई फेरि डरमा डोर्‍याउने दासत्वको आत्मा तिमीहरूले पाएका छैनौ, तर तिमीहरूले धर्मपुत्र हुने आत्मा पाएका छौ, जसद्वारा हामी परमेश्‍वरलाई “ अब्बा, पिता” भनी पुकार्दछौं। परमेश्‍वरका आत्मा आफैले हाम्रो आत्मासँग हामी परमेश्‍वरका सन्तान हौं भनी गवाही दिनुहुन्छ। यदि हामी उहाँका सन्तान हौं भने उत्तराधिकारी पनि हौं, परमेश्‍वरका उत्तराधिकारी र ख्रीष्‍टसँग सह उत्तराधिकारी पनि हौं। यदि वास्तवमा हामी उहाँका दुःखमा सहभागी भयौं भने उहाँको महिमामा पनि सहभागी हुनेछौं। म विचार गर्दछु, कि हाम्रा वर्तमान कष्‍टहरू हामीमा पछि प्रकट हुने महिमाको तुलनामा केही पनि होइन।

शेयर गर्नुहोस्
रोमी 8 पढ्नुहोस्

रोमी 8:15-18 पवित्र बाइबल (NERV)

जुन आत्मा तिमीले पाएकाछौ त्यो तिमीलाई फेरि दास बनाउने र डर देखाउने आत्मा होइन। हामीले पाएको आत्माले हामीलाई परमेश्वरका छोरा-छोरी बनाउँछ अनि त्यही आत्मासँगै हामी भन्छौ, “ हे अब्बा हे पिता।” अनि त्यो आत्मा आफैंले हाम्रो आत्मालाई साक्षी दिन्छ कि हामी परमेश्वरका सन्तानहरू हौं। यदी हामी परमेश्वरका सन्ताहरू हौं भने हामीले आशीर्वाद पाउनेछौं जुन परमेश्वरसित आफ्ना मानिहरूका लागि छ। हामीले ती आशीर्वाद परमेश्वरबाट ख्रीष्टसितै पाउनेछौं। तर हामीले ख्रीष्टले जस्तै दुःख-पीडा सहनु पर्छ त्यसपछि मात्र हामीले पनि ख्रीष्टले जस्तै गौरव प्राप्त गर्नेछौ। अहिले हामी कष्टमा छौं। तर जुन कष्ट अहिले हामीमा छ त्यो भविष्यमा हामीलाई दिइने महिमासँग तुलना गर्दा त्यो केही होइन।

शेयर गर्नुहोस्
रोमी 8 पढ्नुहोस्

रोमी 8:15-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

किनभने हामीलाई कमारो बनाएर फेरि डरमा राख्‍ने आत्‍मा होइन तर हामीलाई परमेश्‍वरका धर्मपुत्र बनाउने पवित्र आत्‍मा पाएर हामी परमेश्‍वरलाई बुबा भनेर बोलाउँछौं। पवित्र आत्‍माले हामीहरू परमेश्‍वरका छोरा-छोरी हौं भनी हाम्रो आत्‍मालाई गवाही दिनुहुन्‍छ। हामी उहाँका छोरा-छोरी हौं भने हकवाला पनि हौं, परमेश्‍वरको हकवाला अनि ख्रीष्‍टसँग साझे हकवाला। हामी ख्रीष्‍टसँग दु:खकष्‍टमा साझे भयौं भने उहाँसँगै उहाँकै सुख-सम्‍मान्‌मा पनि साझेदार हुनेछौं। यस जीवनमा हामीले भोगेका दु:खहरूलाई हामीमा पछि देखा पर्ने सुख सम्‍मान्‌सँग तुलना गर्न सकिन्‍न।

शेयर गर्नुहोस्
रोमी 8 पढ्नुहोस्