YouVersion लोगो
खोज आइकन

रोमी 8:1-8

रोमी 8:1-8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमेश्‍वरले ख्रीष्‍टमा भरोसा राख्‍नेहरूलाई दोषी ठहराउनुहुन्‍न। व्यवस्थाले मेरो पाप चिनाएर मलाई मृत्‍युदण्‍डको दोषी ठहराए तापनि ख्रीष्‍ट येशूमा भएको नयाँ जीवन दिने आत्‍माको शक्तिले यसबाट मलाई छुटकारा दिएको छ। मानिसको कमजोर शारीरिक स्‍वभावले गर्दा व्यवस्था पालन गरेर हुन नसक्‍ने कुरा परमेश्‍वर आफैंले गर्नुभयो। परमेश्‍वरले आफ्‍नै पुत्रलाई पठाउनुभयो। पुत्रचाहिँ पापी मानिसको जस्‍तै शारीरिक स्‍वभाव लिएर जन्‍म लिनुभयो अनि मानिसको पापको निम्‍ति उहाँलाई दण्‍ड दिइयो र उहाँको शरीरद्वारा पापको शक्ति नष्‍ट गर्नुभयो। यसरी शारीरिक स्‍वभावअनुसार होइन तर पवित्र आत्‍माअनुसार चल्‍नेहरूका लागि व्यवस्थाले चाहेको कुरा पूरा भएको छ। आफ्‍नो शारीरिक स्‍वभावको अधीनमा चल्‍नेहरूले शारीरिक स्‍वभावका इच्‍छामा मन लगाउँछन् तर पवित्र आत्‍माअनुसार चल्‍नेहरूले भने पवित्र आत्‍माकै इच्‍छामा मन लगाउँछन्। शारीरिक स्‍वभावको इच्‍छाले मानिसलाई मृत्‍युमा लैजान्‍छ। तर पवित्र आत्‍माको इच्‍छाले उसलाई नयाँ जीवन र शान्‍तिमा पुर्‍याउँछ। शारीरिक स्‍वभावको अधीनमा चल्‍ने मानिस परमेश्‍वरको विरोधी हुन्‍छ किनभने उसले व्यवस्था पालन गरेको हुँदैन र पालन गर्न पनि सक्‍दैन। शारीरिक स्‍वभावको अधीनमा रहनेले परमेश्‍वरलाई खुसी पार्न सक्‍दैन।

शेयर गर्नुहोस्
रोमी 8 पढ्नुहोस्

रोमी 8:1-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

यसकारण अब ख्रीष्‍ट येशूमा भएकाहरूलाई दण्‍डको आज्ञा छैन। पाप र मृत्‍युको व्‍यवस्‍थाबाट मलाई जीवनका आत्‍माको व्‍यवस्‍थाले ख्रीष्‍ट येशूमा मुक्त पारेको छ। पापमय स्‍वभावले दुर्बल पारिएको हुनाले व्‍यवस्‍थाले जे गर्न सकेन परमेश्‍वरले गर्नुभयो, अर्थात्‌ उहाँले आफ्‍ना पुत्रलाई पापमय शरीरको स्‍वरूपमा पापबलिझैँ पठाउनुभयो। यसरी उहाँले पापलाई शरीरमा नै दण्‍ड दिनुभयो, यस हेतुले कि व्‍यवस्‍थाको उचित आवश्‍यकता हामीमा पूर्ण होस्, हामी जो पापमय स्‍वभावअनुसार होइन, तर पवित्र आत्‍माअनुसार चल्‍दछौं। किनभने पापमय स्‍वभावअनुसार चल्‍नेहरूले शरीरका कुरामा मन लगाउँछन्, तर आत्‍माअनुसार चल्‍नेहरूले आत्‍माका कुरामा मन लगाउँछन्‌। किनभने, पापमय स्‍वभावमा मन लगाउनुचाहिँ मृत्‍यु हो, तर पवित्र आत्‍मामा मन लगाउनु जीवन र शान्‍ति हो। किनभने पापमय शरीरतिर लागेको मनचाहिँ परमेश्‍वरप्रति शत्रुता हो। परमेश्‍वरका व्‍यवस्‍थाको अधीनमा त्‍यो हुँदैन, न त त्‍यो कहिल्‍यै हुन सक्‍छ। पापमय स्‍वभावको वशमा हुनेहरूले परमेश्‍वरलाई प्रसन्‍न पार्न सक्‍दैनन्‌।

शेयर गर्नुहोस्
रोमी 8 पढ्नुहोस्

रोमी 8:1-8 नेपाली समकालीन संस्करण (NCV)

यसकारण अब ख्रीष्‍ट येशूमा हुनेहरूका लागि दण्डको कुनै आज्ञा छैन, किनकि जीवन दिनुहुने परमेश्‍वरको आत्माको व्यवस्थाले ख्रीष्‍ट येशूद्वारा तिमीलाई पाप र मृत्युको व्यवस्थाबाट स्वतन्त्र गरिदिएको छ। किनकि पापमय स्वभावद्वारा कमजोर बनाइएको व्यवस्थाले जे गर्न सकेको थिएन, परमेश्‍वरले पापको क्षमादान ल्याउनुभयो; उहाँले आफ्नै पुत्रलाई पापमय शरीरको समानतामा हुन पठाउनुभयो। यसरी उहाँले आफ्नै पुत्रको शरीरमा पापलाई दोषी ठहराउनुभयो कि, हामीमा जो पापमय स्वभावअनुसार होइन, तर परमेश्‍वरको आत्माअनुसार जिउने गर्दछौं। व्यवस्थाले मागेको धार्मिक आवश्यकता पूर्ण रूपमा पूरा होस्। पापमय स्वभावअनुसार जिउनेहरूले उनीहरूका मन पापमय स्वभावले जे इच्छा गर्छ, त्यसैमा लगाउँछन्; तर पवित्र आत्माअनुसार जिउनेहरूले उनीहरूका मन परमेश्‍वरको आत्माले जे इच्छा गर्नुहुन्छ, त्यसैमा लगाउँछन्। किनकि पापमय स्वभावद्वारा शासन गरिएको मन मृत्यु हो, तर परमेश्‍वरको आत्माद्वारा शासन गरिएको मन जीवन र शान्ति हो। पापमय स्वभावद्वारा शासन गरिएको मन परमेश्‍वरको विरुद्धमा हुनु हो; त्यो परमेश्‍वरको व्यवस्थाको अधीनतामा हुँदैन, न ता हुन नै सक्छ। पापमय स्वभावद्वारा नियन्त्रित भएकाहरूले परमेश्‍वरलाई प्रसन्‍न पार्न सक्दैनन्।

शेयर गर्नुहोस्
रोमी 8 पढ्नुहोस्

रोमी 8:1-8 पवित्र बाइबल (NERV)

यसैले, अब जो-जो ख्रीष्ट येशूका साथ छन् उनीहरूलाई दोषी ठहरइने छैन। किन म दोषी भनेर मानिन्नँ? किनभने ख्रीष्ट येशूमा, जीवनदाता आत्माको विधान जसले जीवन ल्याँउछ त्यसले मलाई मुक्ती दियो। त्यो विधान जसबाट पाप र मृत्यु आउँछ त्यसबाट पनि मलाई मुक्ति दियो। व्यवस्था शक्तिहीन थियो किनभने त्यो व्यवस्था हाम्रा पापपूर्ण स्वभावहरूले कमजोर बनायो। तर व्यवस्थाले गर्न नसकेको काम परमेश्वरले गर्नु भयो। परमेश्वरले आफ्नो पुत्रलाई मनुष्य चोला दिएर यस पृथ्वीमा पठाउनु भयो जुन चोला पाएर मानिसहरूले पापपूर्ण कामहरू गर्छन्। परमेश्वरले आफ्ना पुत्रलाई पापको निम्ति बलिको रूपमा पठाउनु भयो अनि उहाँले पापको र्भत्सना गर्न मनुष्य चोला प्रयोग गर्नु भयो। परमेश्वरले त्यसो गर्नुभयो ताकि तोकिएको व्यवस्था हामीमा परिपूर्ण होस्, जो आफ्नो पापपूर्ण प्रकृति अनुसार बाँच्दैनौं तर आत्मा अनुसार बाँच्छौं। जो पापपूर्ण स्वभाव लिएर बाँचिरहेका छन् तिनले आफ्ना पापपूर्ण स्वभाव अनुसारै सोंच्दछन्। जो आत्मा अनुसार जिउँदछन् उनीहरू आत्माको इच्छा अनुसारै बाँच्दछन्। यदि कुनै मानिसको मन पापपूर्ण स्वभावले नियन्त्रित छ भने उसको आत्मिक मृत्यु हुँदछ। यदि कुनै मानिसको मन आत्माले नियंत्रित छ भने उसलाई जीवन र शान्ति मिल्नेछ। यो किन सत्य हो? किनभने, जब कुनै मानिसको विचार पापपूर्ण स्वभावको अधीनमा हुन्छ तब ऊ परमेश्वरको विरुद्धमा हुँदछ। त्यस मानिसले परमेश्वरको व्यवस्था मान्दैन अनि वास्तवमा त्यो मानिस परमेश्वरको व्यवस्था पालन गर्न असमर्थ हुन्छ। ती मानिसहरू जो पापपूर्ण स्वभावको अधीनमा छन् भने परमेश्वरलाई कहिल्यै खुशी पार्न सक्तैनन्।

शेयर गर्नुहोस्
रोमी 8 पढ्नुहोस्

रोमी 8:1-8

रोमी 8:1-8 NNRV
शेयर गर्नुहोस्
पुरै अध्याय पढ्नुहोस्