रोमी 3:9-10
रोमी 3:9-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उसो भए के हामी यहूदीहरू अझ असल छौं त? अवश्य छैनौं, किनकि सबै मानिस, यहूदी र अन्यजातिहरू दुवै पापको वशमा छन् भनी मैले दोष लगाइसकेको छु। जसो लेखिएको छ, “धर्मी कोही छैन, एक जना पनि छैन

रोमी 3:9-10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसो हो भने के हामी यहूदीहरू उनीहरूभन्दा असल छौँ त? कदापि छैनौँ! हामीले अगि नै यहूदी र गैरयहूदीहरू दुवै पापको शक्तिको अधीनमा भएको प्रमाणित गरिसकेका छौँ। यसरी लेखिएको छ: “धर्मी कोही छैन, एक जना पनि छैन
रोमी 3:9-10 पवित्र बाइबल (NERV)
यसकारण हामी यहूदीहरू के अन्य मानिसहरू भन्दा श्रेष्ट छौं? होइन, कदापि छैनौं। हामीले पहिल्यै भनिसकेका छौं कि यहूदीहरू र गै-यहूदीहरू सबै समानरूपले पापको शक्ति मुनि छौं। धर्मशास्त्रले भन्दछ, “त्यहाँ पापरहित मानिस कोही छैनन्। एउटै पनि छैनन्!
रोमी 3:9-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसो भए के अरूहरूभन्दा हामी यहूदीहरू बेस छौं त? एकदमै होइन। मैले अघि नै देखाइसकेको छु: यहूदी र अरूहरू पनि सबै समान रूपले पापका पन्जामा छन्। यस्तै कुरा धर्मशास्त्रमा पनि लेखिएको छ, “परमेश्वरको अगाडि कुनै मानिस पनि ठीक छैन, अहँ एउटै पनि।