रोमी 3:27-28
रोमी 3:27-28 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब हाम्रो घमण्ड कहाँ गयो? त्यसको त ठाउँ नै छैन। कुन सिद्धान्तमा यसो गर्ने त? यो कर्मको सिद्धान्तद्वारा हुने? कदाचित् होइन! यो त विश्वासको सिद्धान्तबाट मात्र हुन सक्छ। यसकारण व्यवस्थाका कर्महरूको पालनविना विश्वासद्वारा नै मानिस धर्मी ठहरिन्छ भनी हामी ठान्छौं।
रोमी 3:27-28 नेपाली समकालीन संस्करण (NCV)
अब के कुरामा घमण्ड गर्ने त? किनकि घमण्ड गर्ने ठाउँ नै छैन, कुन नियमको आधारमा घमण्ड गर्ने? कामको व्यवस्थाद्वारा हो? होइन, तर विश्वासको सिद्धान्तद्वारा हो। यसकारण हामी यो मान्छौ कि, मानिस व्यवस्थाविना नै विश्वासद्वारा धर्मी ठहरिन्छ।
रोमी 3:27-28 पवित्र बाइबल (NERV)
यसकारण हामीले आफैंले त्यस्तो घमण्ड गर्ने कुनै ठाउँ छ? अँहँ, कुनै ठाउँ छैन। किन ठाउँ छैन? किनभने यो विश्वासको मार्ग हो अथवा व्यवस्थाको मार्ग हो। किनभने हामी विश्वास गर्दछौं कि एउटा मानिसलाई व्यवस्था विनै विश्वासद्वारा धार्मिक बनाइन्छ। अनि हामी यही विश्वास गर्छौ।
रोमी 3:27-28 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसो भए केको बारेमा घमण्ड गर्ने? घमण्ड गर्ने त कुरै छैन। धर्म-कर्मले मानिसलाई घमण्डी तुल्याउँछ। तर ख्रीष्टमा विश्वास गर्दा आफ्नो धर्म-कर्ममा घमण्ड गर्ने कुरै आउँदैन। यसरी हामीलाई थाहा हुन्छ, धर्म-कर्म गरेर होइन तर ख्रीष्टमा विश्वास गरेर मात्रै परमेश्वरको सामु ठीक ठहरिन सकिन्छ।