YouVersion लोगो
खोज आइकन

रोमी 3:19-26

रोमी 3:19-26 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

व्यवस्थाको कुरा व्यवस्थाका अधीनमा हुने मानिसलाई भनिएको हो भनी हामीलाई थाहा छ। यसकारण सबै मानिसको मुखमा बुजो लाग्‍नेछ र सारा संसार दोषी ठहराइन परमेश्‍वरको अगाडि उभ्‍याइनेछ। व्यवस्था पालनले कोही पनि परमेश्‍वरको अगाडि ठीक ठहरिनेछैन किनभने व्यवस्थाले त मानिसले गरेको पाप चिनाइदिन्‍छ। तर अहिले व्यवस्थाबिना परमेश्‍वरले मानिसलाई ठीक ठहराउनुहुन्‍छ भनी उहाँले देखाउनुभएको छ। यही कुरा व्यवस्था र अगमवक्ताहरूले बताएका छन्। यसरी परमेश्‍वरले येशू ख्रीष्‍टमा विश्‍वास गर्ने सबैलाई ठीक ठहराउनुहुन्‍छ किनभने उहाँले कसैलाई पनि छुट्याउनुहुन्‍न किनभने सबैले पाप गरेका छन् र परमेश्‍वरको महिमाबाट टाढिएका छन्। तर परमेश्‍वर दयालु हुनुहुन्‍छ र उहाँले अनुग्रह गरेर ख्रीष्‍टद्वारा मानिसलाई सित्तैंमा निर्दोष र ठीक ठहराउनुहुन्‍छ किनभने ख्रीष्‍ट येशूले सबैको साटो आफैंले सजाय भोगेर पापको कैदबाट मानिसलाई छुटाउनुभएको छ। परमेश्‍वरले ख्रीष्‍ट येशूलाई हाम्रो लागि प्रायश्‍चितको बलिदान स्वरूप दिनुभएर उहाँको रगत हाम्रो लागि बगाइएको हो भनी विश्‍वास गर्ने मानिसको पाप मेटिदिनुभएको छ। परमेश्‍वरले पापको सजाय ख्रीष्‍टमा दिएर आफैंलाई न्‍यायी देखाउनुभयो। परमेश्‍वरले ख्रीष्‍ट आउनुभन्दा पहिले आफ्‍नो रिस थामेर मानिसलाई पापको सजाय दिनुभएन। परमेश्‍वरले अब यो युगमा आफ्‍नो न्‍याय देखाउन मानिसहरूका पाप हटाएर तिनीहरूलाई निर्दोष ठहराउनुहुन्‍छ। यसरी येशूमा विश्‍वास गर्ने हरेकलाई उहाँले ठीक ठहराउनुहुन्‍छ र आफैं धर्मी हुनुहुन्‍छ।

शेयर गर्नुहोस्
रोमी 3 पढ्नुहोस्

रोमी 3:19-26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

अब हामी जान्‍दछौं, जे-जति व्‍यवस्‍थाले भन्‍छ, व्‍यवस्‍थामुनि हुनेहरूलाई नै भन्‍छ, कि हरेक मुख चूप रहोस्, र सारा संसार परमेश्‍वरको अगि जवाफदेही होस्‌। यसैकारण व्‍यवस्‍थाको कर्मले कोही प्राणी उहाँको दृष्‍टिमा धर्मी ठहरिनेछैन, किनकि व्‍यवस्‍थाद्वारा नै पापको चेतना हुन्‍छ। तर अब त व्‍यवस्‍थाविनै परमेश्‍वरबाट आउने धार्मिकता प्रकट भएको छ। त्‍यसैको गवाही व्‍यवस्‍था र अगमवक्ताहरूले दिएका छन्‌। येशू ख्रीष्‍टमा विश्‍वास गर्ने सबैमाथि परमेश्‍वरको धार्मिकता विश्‍वासद्वारा प्रकट भएको छ। किनभने केही भेद छैन, किनकि सबैले पाप गरेका छन्, र परमेश्‍वरको महिमासम्‍म पुग्‍नबाट चुकेका छन्‌। परमेश्‍वरका अनुग्रहको वरदानले ख्रीष्‍ट येशूमा भएको उद्धारबाट तिनीहरू सित्तैँमा धर्मी ठहरिएका छन्‌। परमेश्‍वरले ख्रीष्‍टलाई उहाँको रगतद्वारा प्रायश्‍चितको बलिदान स्‍वरूप प्रस्‍तुत गर्नुभयो, जुन प्रायश्‍चित विश्‍वासद्वारा ग्रहण गर्नुपर्दछ। यो काम परमेश्‍वरले आफ्‍नो धार्मिकता देखाउनलाई गर्नुभयो, किनभने उहाँको ईश्‍वरीय धैर्यमा अगाडिका पापहरूलाई उहाँले वास्‍ता गर्नुभएको थिएन। परमेश्‍वर आफै धर्मी हुनुहुन्‍छ र येशूमा विश्‍वास राख्‍नेहरूलाई उहाँले धर्मी ठहराउनुहुन्‍छ भन्‍ने कुरा प्रमाण गर्नलाई उहाँले वर्तमान समयमा यो गर्नुभयो।

शेयर गर्नुहोस्
रोमी 3 पढ्नुहोस्

रोमी 3:19-26 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

अब हामी जान्दछौ, व्यवस्थाले जे भन्दछ, व्यवस्थाका अधीनमा हुनेहरूलाई नै भन्दछ, ताकि सबैको मुख बन्द रहोस् र सारा संसारलाई परमेश्‍वरको अगि जवाफदेही बनाइयोस्। यसैकारण व्यवस्था पालन गरेर कोही पनि परमेश्‍वरको दृष्‍टिमा धर्मी ठहरिँदैन। व्यवस्थाले हामीलाई हाम्रा पापको बारेमा सचेतचाहिँ गराउँदछ। तर अब व्यवस्थाविना नै परमेश्‍वरबाट धार्मिकता प्रकट भएको छ, जसको गवाही व्यवस्था र अगमवक्ताहरूले दिन्छन्। यो धार्मिकताचाहिँ येशू ख्रीष्‍टमा विश्‍वास गर्ने सबैले विश्‍वासद्वारा प्राप्‍त गर्दछन्। यसमा यहूदी र गैरयहूदी बीचमा कुनै भिन्‍नता छैन। किनकि सबैले पाप गरेका छन्, र परमेश्‍वरको महिमाबाट टाढा भएका छन्; र परमेश्‍वरको अनुग्रहले ख्रीष्‍ट येशूबाट आउने उद्धारद्वारा सबै जना सित्तैँमा धर्मी ठहराइएका छन्। परमेश्‍वरले ख्रीष्‍टलाई उहाँको रगत बगाइद्वारा पाप क्षमाको बलिदानको रूपमा प्रस्तुत गर्नुभयो; जुन विश्‍वासद्वारा ग्रहण गर्नुपर्दछ। यो उहाँले आफ्नो धार्मिकता प्रकट गर्नलाई यसो गर्नुभएको थियो; किनकि उहाँको सहनशीलतामा पहिले गरिएका पापहरू उहाँले दण्ड दिनुभएन। परमेश्‍वरले वर्तमान समयमा आफ्नो धार्मिकता प्रकट गर्नलाई यसो गर्नुभयो, ताकि उहाँले आफैँलाई र येशूमा विश्‍वास गर्नेहरूलाई धर्मी ठहराउन सक्नुभएको होस्।

शेयर गर्नुहोस्
रोमी 3 पढ्नुहोस्

रोमी 3:19-26 पवित्र बाइबल (NERV)

हामी जान्दछौं कि व्यवस्थाले भने झैं, त्यो व्यवस्थाकै अधीनमा हुनेहरूलाई हो। यसले सारा मानवीय बहानाहरूको अन्त गर्नेछ सम्पूर्ण संसारलाई परमेश्वरको न्यायको अधीनमा ल्याउने छ। किनभने व्यवस्थालाई पछ्याएर कोही पनी परमेश्वरको अघि धर्मी हुन सक्तैन। व्यवस्थाले हाम्रो पापलाई मात्र औंल्याउँछ। तर अब व्यवस्था बिना नै मानिसहरूलाई धार्मिक बनाउने परमेश्वरको नयाँ बाटो देखा परेको छ। व्यवस्था र अगमवक्ताहरूले हामीलाई त्यस नयाँ बाटोको विषयमा भनेका छन्। परमेश्वरले हामीलाई येशू ख्रीष्टमा विश्वासको माध्यमद्वारा धर्मी बनाउनु हुन्छ। परमेश्वरले कुनै पक्षपात बिना नै सबैलाई धर्मी बनाउनु हुन्छ जसले ख्रीष्टमा विश्वास गर्छ। सबै मानिसहरूले पाप गरेका छन् अनि परमेश्वरको महिमासम्म पुग्न चुकेका छन्। मानिसहरू परमेश्वरको अनुग्रहद्वारा धर्मी बनाइए। यो सित्तैको उपहार हो। येशू ख्रीष्टको माध्यमद्वारा परमेश्वरले मानिसहरूलाई पापबाट मुक्त गराउँदै धर्मी बनाउनु हुन्छ। परमेश्वरले हामीहरूका पापहरूको छुटकाराको निम्ति येशूलाई पठाउनु भयो। तिनीहरूका विश्वासको कारणले परमेश्वरले येशूका रगतद्वारा मानिसहरूलाई पापको क्षमा दिनुहुन्छ। उहाँ धार्मिक हुनुहुन्छ भन्ने देखाउनलाई परमेश्वरले यसो गर्नु भयो। आफ्नो धैर्यको कारणले परमेश्वरले मानिसहरूलाई तिनीहरूले गरेका पापहरूको निम्ति सजाय दिनु भएन। अहिले पनि उहाँ धार्मिक नै हुनुहुन्छ भन्ने देखाउन परमेश्वरले यसो गर्नु भयो। परमेश्वरले यस्तो देखाउन गर्नुभयो कि उहाँ न्यायी हुनुहुन्छ र येशूमा उनीहरूको विश्वासद्वारा मानिसहरूलाई धार्मिक पनि बनाउन सक्नु हुन्छ।