रोमी 15:18-19
रोमी 15:18-19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनभने, वचन र कामले अन्यजातिहरूलाई आज्ञाकारी बनाउनलाई ख्रीष्टले मद्वारा जे गर्नुभएको छ, तीबाहेक कुनै विषयमा बोल्ने आँट म गर्दिनँ। यो काम चिन्हहरू र आश्चर्यकर्महरूको शक्तिले र पवित्र आत्माको शक्तिद्वारा मैले गरेको छु। यसरी मैले यरूशलेमदेखि लिएर इल्लुरिकनसम्मै चारैतिर ख्रीष्टको सुसमाचार सम्पूर्ण रूपले प्रचार गरेको छु।
रोमी 15:18-19 नेपाली समकालीन संस्करण (NCV)
मैले भनेका वचन र गरेका कामद्वारा गैरयहूदीहरूलाई परमेश्वरतर्फ आज्ञाकारी बनाउनलाई ख्रीष्टले मद्वारा जे गर्नुभएको छ, सोभन्दा बढी म अरू केही कुरा भन्ने आँट गर्दिनँ। चिन्हहरू र आश्चर्यपूर्ण कामहरूद्वारा, परमेश्वरका आत्माको शक्तिद्वारा यी काम भए। यसकारण यरूशलेमदेखि इल्लिरिकमसम्म मैले ख्रीष्टको सुसमाचार पूरा रूपमा प्रचार गरेको छु।
रोमी 15:18-19 पवित्र बाइबल (NERV)
गैर-यहूदीहरूलाई परमेश्वरको आज्ञाकारी बनाउनमा वचन र कर्मद्वारा ख्रीष्टले मेरो मार्फत जे गर्नु भएको छ त्यसबारे मात्र बोल्ने आँट म गर्नेछु। अनि तिनीहरूले परमेश्वरको आत्माको शक्तिद्वारा गरिएका चमत्कारहरू र आश्चर्यलाई देखेर आज्ञा पालन गरे। पूरै यरूशलेमदेखि इल्लिरिकमसम्म ख्रीष्टको सुसमाचार प्रचार गर्ने काम मैले सिद्धयाएँ।
रोमी 15:18-19 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
ख्रीष्टले मेरो जीवनद्वारा गर्नुभएको कामको बारेमा मात्र बोल्ने आँट गर्छु। परमेश्वरलाई मान्न मैले अन्यजातिका मानिसहरूलाई मेरा काम र प्रचारबाट सिकाएको छु। आश्चर्यकर्म, शक्तिशाली चिन्ह र पवित्र आत्माको शक्तिले यरूशलेमदेखि इल्लुरिकन भन्ने देशसम्मको यात्रा गरेर मैले ख्रीष्टको बारेमा सम्पूर्णरूपले प्रचार गरेको छु।