रोमी 15:14-33
रोमी 15:14-33 पवित्र बाइबल (NERV)
मेरा दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, म निश्चित छु कि तिमीहरू भलाईले भरिएका छौ। म जान्दछु तिमीहरूसँग चाहे जति सम्पूर्ण ज्ञान छ अनि तिमीहरूले एक अर्कालाई उपदेश दिनसक्छौ। मैले तिमीहरूलाई सम्झाउनलाई केही कुराहरू खुलस्त गरी लेखेको छु। मैले यसो गरेको कारण परमेश्वरले मलाई यो विशेष उपहार दिनु भएको छ। गैर-यहूदीहरूलाई सहयोग गर्नु भनेर परमेश्वरले मलाई ख्रीष्ट येशूका सेवक बनाउनु भएकोछ। उहाँको सुसमाचारहरू प्रचार गरेर मैले परमेश्वरको सेवा गरें। मैले यसो गर्नुको उद्देश्य गैर-यहूदीहरू परमेश्वरका ग्रहण योग्य बलिहरू बन्नि सकून् भन्ने हो। पवित्र-आत्माद्वारा तिनीहरू पवित्र पारिए। यसैले म ती कुराहरूमा घमण्ड गर्दछु जुन मैले परमेश्वरका निम्ति ख्रीष्ट येशूमा गरें। गैर-यहूदीहरूलाई परमेश्वरको आज्ञाकारी बनाउनमा वचन र कर्मद्वारा ख्रीष्टले मेरो मार्फत जे गर्नु भएको छ त्यसबारे मात्र बोल्ने आँट म गर्नेछु। अनि तिनीहरूले परमेश्वरको आत्माको शक्तिद्वारा गरिएका चमत्कारहरू र आश्चर्यलाई देखेर आज्ञा पालन गरे। पूरै यरूशलेमदेखि इल्लिरिकमसम्म ख्रीष्टको सुसमाचार प्रचार गर्ने काम मैले सिद्धयाएँ। जहाँ-जहाँ ख्रीष्टलाई चिनिंदैन ती ठाउँहरूमा मात्र सुसमाचार प्रचार गर्ने इच्छा सदा मेरो रहेको छ। मैले यसो गरे कारण कसैले पहिल्यैबाट थालिसकेको काममाथि निर्माण गर्ने मैले चाहिनँ। तर धर्मशास्त्रमा लेखिएको छः “मानिसहरू जसलाई उहाँको विषयमा भनिएको छैन, तिनीहरूले देख्नेछन्, मानिसहरू जसले उहाँको विषयमा सुनेका छैनन्, तिनीहरूले बुझ्नेछन्।” यही कारणले गर्दा म तिमीहरूकहाँ आउन धेरै पल्ट रोकिएकोछु। अब यस भेकमा मैले आफ्ना कामहरू शेष पारें अनि धेरै वर्षदेखि म तिमीहरू कहाँ आउन चिन्तित थिएँ। यसैले स्पेन जाँदा म तिमीहरूलाई भेट्ने आशा गर्छु। निश्चय, म स्पेन भएर जाँदाखेरि तिमीहरूलाई भेट्ने आशा गर्छु। केही बेर तिमीहरूका साथमा आनन्द मनाउने आशा गर्छु अनि त्यसपछि तिमीहरूले मेरो यात्रामा साथ दिन सक्छौ। अहिले म परमेश्वरका मानिसहरूलाई मद्दत गर्न यरूशलेम गइरहेछु। यरूशलेममा परमेश्वरका कतिपय मानिसहरू गरीब छन्। म्यासिडोनिया र अखैयाका विश्वासीहरू यरूशलेमका ती मानिसहरूलाई चन्दा दिएर सघाउन खुशी थिए। तिनीहरू सहयोग दिन खुशी थिए। वास्तवमा, यरूशलेमका गरीबहरूलाई मद्दत गर्न ती वाध्य छन्। यहूदीहरूको आत्मिक आशीर्वादमा सहभागी भएकाले ती गैर-यहूदीहरूले सघाउनु पर्छ। त्यसैले तिनीहरूले आफ्ना भौतिक वस्तुहरू तिनीहरूलाई सघाउन प्रयोग गर्नुपर्छ। यसको लागि तिनीहरू यहूदीहरूका ऋणी छन्। मैले निश्चित गर्नु छ कि यरूशलेमका गरीबहरूले ती सबै पैसा पाऊन् जुन तिनीहरूलाई दिइएकोछ। यो काम सकेर म स्पेन जान्छु। स्पेन जाँदा, म तिमीहरूकहाँ आउँछु। जब म तिमीहरूलाई भेट्न आउँछु म ख्रीष्टको सम्पूर्ण आशिषसितै आउँछु। दाज्यू-भाइ र दिदी-बहिनीहरू, म तिमीहरूलाई बिन्ती गर्दछु, मेरो निम्ति परमेश्वरलाई प्रार्थना गरेर मलाई मेरो काममा सहयोग गर। हाम्रा प्रभु येशू ख्रीष्टको नाममा र पवित्र आत्माले दिने प्रेमद्वारा म यो विन्ती गर्दछु। प्रार्थना गर कि म यहूदियाका अविश्वासीहरूबाट जोगिन सकुँ। मैले उनीहरूका निम्ति लगेको सहयोगलाई यरूशलेममा परमेश्वरका मानिसहरूले सहर्ष स्वीकार गरून् भनेर पनि प्रार्थना गरिदेऊ। त्यसपछि परमेश्वरले चाहनु भयो भने म तिमीहरूकहाँ आउनेछु। म खुशीले आउनेछु तिमीहरूसँगै विश्राम लिनेछु। परमेश्वर जो शान्तिका स्रोत हुनुहुन्छ, तिमीहरू सबैसित रहुन्। आमिन।
रोमी 15:14-33 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
भाइ हो, मलाई निश्चय छ, कि तिमीहरू आफै पनि भलाइले भरिएका छौ, र सारा ज्ञानमा पूर्ण भई एक-अर्कालाई शिक्षा दिन समर्थ छौ। तर परमेश्वरले मलाई दिनुभएको अनुग्रहको कारणले तिमीहरूलाई फेरि सम्झना गराउन मैले बड़ो साहस गरी कतिपय विषयमा लेखेको छु, यो अनुग्रह अन्यजातिहरूका निम्ति परमेश्वरका सुसमाचारको पूजाहारीले गर्नुपर्ने कर्तव्य पालन गर्नलाई मलाई दिइएको हो, ताकि अन्यजातिहरू पवित्र आत्माद्वारा शुद्ध भएर ग्रहणयोग्य बलि बन्न सकून्। यसकारण परमेश्वरको निम्ति मेरो सेवामा मलाई ख्रीष्ट येशूमा गर्व गर्ने कारण छ। किनभने, वचन र कामले अन्यजातिहरूलाई आज्ञाकारी बनाउनलाई ख्रीष्टले मद्वारा जे गर्नुभएको छ, तीबाहेक कुनै विषयमा बोल्ने आँट म गर्दिनँ। यो काम चिन्हहरू र आश्चर्यकर्महरूको शक्तिले र पवित्र आत्माको शक्तिद्वारा मैले गरेको छु। यसरी मैले यरूशलेमदेखि लिएर इल्लुरिकनसम्मै चारैतिर ख्रीष्टको सुसमाचार सम्पूर्ण रूपले प्रचार गरेको छु। अरू मानिसले बसालेको जगमाथि घर नबनाऊँ भनेर ख्रीष्टको नाउँ नलिएको ठाउँमा सुसमाचार प्रचार गर्ने उत्कट इच्छा मैले राखेको छु, जस्तै यसो लेखिएको छ, “उहाँको विषयमा जसलाई कहिल्यै भनिएको छैन, तिनीहरूले उहाँलाई देख्नेछन्, र उहाँको विषयमा जसले कहिल्यै सुनेका छैनन् तिनीहरूले बुझ्नेछन्।” यसैकारण नै हो, म तिमीहरूकहाँ आउनलाई धेरै पल्ट रोकिएको छु। तर अब यी क्षेत्रहरूमा मेरो निम्ति काम गर्ने अरू ठाउँ नभएका हुनाले, र धेरै वर्षदेखि तिमीहरूकहाँ आउने तृष्णा रहेकोले, म स्पेन जाँदा तिमीहरूलाई भेट्ने आशा राख्दछु, र तिमीहरूसँग केही समयसम्म सङ्गतिको आनन्द लिएपछि तिमीहरूले मलाई मेरो बाँकी यात्रामा मदत दिनेछौ भन्ने आशा राख्तछु। तर अब सन्तहरूलाई सहायता पुर्याउन म यरूशलेमतिर जाँदैछु। किनकि यरूशलेममा हुने सन्तहरूमा जो गरीब छन्, तिनीहरूका निम्ति माकेडोनिया र अखैयाका मण्डलीहरूले केही भेटी दिएका छन्। यो भेटी यिनीहरूले खुशीसाथ जम्मा गरेका थिए, र साँच्चै नै यिनीहरू तिनीहरूका ऋणी पनि छन्। किनकि यदि अन्यजातिहरू तिनीहरूका आत्मिक आशिष्हरूमा सहभागी भएका छन् भने, यिनीहरूले पनि सांसारिक आशिष्हरूद्वारा तिनीहरूको सेवा गर्नुपर्छ। यसकारण यो काम सिद्धयाएर तिनीहरूका निम्ति उठेको यो चन्दा सुम्पिसकेपछि म तिमीहरूकहाँ भएर स्पेन जानेछु। र म जान्दछु, म तिमीहरूकहाँ आउँदा ख्रीष्टका आशिष्को परिपूर्णतामा आउनेछु। भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्ट र पवित्र आत्माको प्रेमद्वारा मेरो निम्ति परमेश्वरसँग प्रार्थना गर्न मसँग घोर प्रयत्न गर भनी म तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्दछु, कि म यहूदियाका अविश्वासीहरूबाट मुक्त हुन सकूँ, र यरूशलेमको निम्ति मेरो सेवा सन्तहरूलाई ग्रहणयोग्य होस्, र परमेश्वरको इच्छाद्वारा आनन्दसँग तिमीहरूकहाँ आएर तिमीहरूसँगको सङ्गतिद्वारा म फेरि ताजा हुन सकूँ। शान्तिका परमेश्वर तिमीहरू सबैसँग रहून्। आमेन।

रोमी 15:14-33 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, म स्वयम् विश्वस्त छु, कि तिमीहरू भलाइमा पूर्ण, सबै ज्ञानले भरिएका र एक-अर्कालाई शिक्षा दिन निपूर्ण छौ। तरै पनि मैले तिमीहरूलाई केही विषयमा साहसपूर्वक फेरि स्मरण गराउन लेखेको छु। किनभने प्रभुले मलाई अनुग्रह दिनुभएको छ कि म गैरयहूदीहरूका लागि ख्रीष्ट येशूको सेवक हुन सकूँ। उहाँले मलाई परमेश्वरको सुसमाचार घोषणा गर्ने पुजारीको काम दिनुभएको छ, ताकि गैरयहूदीहरू पवित्र आत्माद्वारा शुद्ध पारिएका ग्रहणयोग्य भेटी हुन सकून्। यसकारण मेरा परमेश्वरप्रतिको सेवामा म ख्रीष्ट येशूमा गर्व गर्छु। मैले भनेका वचन र गरेका कामद्वारा गैरयहूदीहरूलाई परमेश्वरतर्फ आज्ञाकारी बनाउनका निम्ति ख्रीष्टले मद्वारा जे गर्नुभएको छ, त्योभन्दा बढी म अरू केही कुरा भन्ने आँट गर्दिनँ। अलौकिक चिन्हहरू र अद्भुत कार्यहरूद्वारा परमेश्वरका आत्माको शक्तिद्वारा यी काम भए। यसकारण यरूशलेमदेखि इल्लिरिकमसम्म मैले ख्रीष्टको सुसमाचार पूर्ण रूपमा प्रचार गरेको छु। मेरो सधैँ उत्कट इच्छा यही रहेको छ, कि ख्रीष्ट नचिनिएको ठाउँमा म सुसमाचार प्रचार गर्न सकूँ, ताकि कसैले बसालेको जगमा मैले काम गर्नु नपरोस्। बरु यस्तो लेखिएको छ: “जसलाई उहाँको बारेमा बताइएन, उनीहरूले नै उहाँलाई देख्नेछन्; अनि जसले सुनेका छैनन्, तिनीहरूले नै बुझ्नेछन्।” यही सेवकाइको कारण तिमीहरूकहाँ आउनलाई म प्रायः रोकिएको छु। तर अहिले मेरो लागि यी क्षेत्रहरूमा काम गर्ने अरू ठाउँ नरहेको हुनाले र धेरै वर्षदेखि तिमीहरूकहाँ आउने उत्कट इच्छा भएको कारण, म स्पेन जाँदा तिमीहरूकहाँ आउने योजना गर्दैछु। तिमीहरूलाई भेट्ने आशा राखेको छु, र तिमीहरूसँग केही समय सङ्गतिको आनन्द लिएपछि मेरो यात्रामा तिमीहरूको सहयोगको चाहना गर्दछु। तर अहिले म यरूशलेममा प्रभुका जनहरूका सेवा गर्नलाई जाँदैछु। किनकि म्यासिडोनिया र अखैयाका विश्वासीहरूले यरूशलेममा भएका प्रभुका जनहरूमध्ये आर्थिक रूपमा कमजोरहरूका निम्ति भेटी दिएका छन्। तिनीहरूलाई यसो गर्न खुशी लाग्यो र तिनीहरू यो भेटीका निम्ति उनीहरूका ऋणी छन्; किनकि यदि यहूदीहरूका आत्मिक आशिष्मा गैरयहूदीहरू पनि सहभागी भएका छन् भने गैरयहूदीहरूका भौतिक आशिष्मा यहूदीहरूलाई पनि सहभागी गराउनुपर्छ। यो काम गरिसकेपछि र यो भेटी उनीहरूलाई सुम्पिसकेपछि म स्पेन जानेछु र त्यही बेला म तिमीहरूकहाँ आउनेछु। म जान्दछु, जब म त्यहाँ आउँछु, तब ख्रीष्टका आशिष्को भरपूरीमा आउनेछु। मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, हाम्रा प्रभु येशू ख्रीष्टद्वारा र पवित्र आत्माको प्रेमद्वारा म तिमीहरूलाई बिन्ती गर्दछु, मेरा लागि परमेश्वरसँग प्रार्थनाद्वारा मेरा सङ्घर्षमा सहभागी बन। यहूदियाका अविश्वासीहरूका बीचमा म सुरक्षित रहन सकूँ भनेर प्रार्थना गरिदेओ, र यरूशलेमको लागि मैले बोकेका भेटी त्यहाँका प्रभुका जनहरूका निम्ति स्वीकार्य होस्, ताकि म परमेश्वरको इच्छा भएमा तिमीहरूकहाँ आनन्दसाथ आउन सकूँ र तिमीहरूको उपस्थितिद्वारा ताजा हुन सकूँ। शान्तिका परमेश्वर तिमीहरू सबैसँग रहिरहून्! आमेन।
रोमी 15:14-33 पवित्र बाइबल (NERV)
मेरा दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, म निश्चित छु कि तिमीहरू भलाईले भरिएका छौ। म जान्दछु तिमीहरूसँग चाहे जति सम्पूर्ण ज्ञान छ अनि तिमीहरूले एक अर्कालाई उपदेश दिनसक्छौ। मैले तिमीहरूलाई सम्झाउनलाई केही कुराहरू खुलस्त गरी लेखेको छु। मैले यसो गरेको कारण परमेश्वरले मलाई यो विशेष उपहार दिनु भएको छ। गैर-यहूदीहरूलाई सहयोग गर्नु भनेर परमेश्वरले मलाई ख्रीष्ट येशूका सेवक बनाउनु भएकोछ। उहाँको सुसमाचारहरू प्रचार गरेर मैले परमेश्वरको सेवा गरें। मैले यसो गर्नुको उद्देश्य गैर-यहूदीहरू परमेश्वरका ग्रहण योग्य बलिहरू बन्नि सकून् भन्ने हो। पवित्र-आत्माद्वारा तिनीहरू पवित्र पारिए। यसैले म ती कुराहरूमा घमण्ड गर्दछु जुन मैले परमेश्वरका निम्ति ख्रीष्ट येशूमा गरें। गैर-यहूदीहरूलाई परमेश्वरको आज्ञाकारी बनाउनमा वचन र कर्मद्वारा ख्रीष्टले मेरो मार्फत जे गर्नु भएको छ त्यसबारे मात्र बोल्ने आँट म गर्नेछु। अनि तिनीहरूले परमेश्वरको आत्माको शक्तिद्वारा गरिएका चमत्कारहरू र आश्चर्यलाई देखेर आज्ञा पालन गरे। पूरै यरूशलेमदेखि इल्लिरिकमसम्म ख्रीष्टको सुसमाचार प्रचार गर्ने काम मैले सिद्धयाएँ। जहाँ-जहाँ ख्रीष्टलाई चिनिंदैन ती ठाउँहरूमा मात्र सुसमाचार प्रचार गर्ने इच्छा सदा मेरो रहेको छ। मैले यसो गरे कारण कसैले पहिल्यैबाट थालिसकेको काममाथि निर्माण गर्ने मैले चाहिनँ। तर धर्मशास्त्रमा लेखिएको छः “मानिसहरू जसलाई उहाँको विषयमा भनिएको छैन, तिनीहरूले देख्नेछन्, मानिसहरू जसले उहाँको विषयमा सुनेका छैनन्, तिनीहरूले बुझ्नेछन्।” यही कारणले गर्दा म तिमीहरूकहाँ आउन धेरै पल्ट रोकिएकोछु। अब यस भेकमा मैले आफ्ना कामहरू शेष पारें अनि धेरै वर्षदेखि म तिमीहरू कहाँ आउन चिन्तित थिएँ। यसैले स्पेन जाँदा म तिमीहरूलाई भेट्ने आशा गर्छु। निश्चय, म स्पेन भएर जाँदाखेरि तिमीहरूलाई भेट्ने आशा गर्छु। केही बेर तिमीहरूका साथमा आनन्द मनाउने आशा गर्छु अनि त्यसपछि तिमीहरूले मेरो यात्रामा साथ दिन सक्छौ। अहिले म परमेश्वरका मानिसहरूलाई मद्दत गर्न यरूशलेम गइरहेछु। यरूशलेममा परमेश्वरका कतिपय मानिसहरू गरीब छन्। म्यासिडोनिया र अखैयाका विश्वासीहरू यरूशलेमका ती मानिसहरूलाई चन्दा दिएर सघाउन खुशी थिए। तिनीहरू सहयोग दिन खुशी थिए। वास्तवमा, यरूशलेमका गरीबहरूलाई मद्दत गर्न ती वाध्य छन्। यहूदीहरूको आत्मिक आशीर्वादमा सहभागी भएकाले ती गैर-यहूदीहरूले सघाउनु पर्छ। त्यसैले तिनीहरूले आफ्ना भौतिक वस्तुहरू तिनीहरूलाई सघाउन प्रयोग गर्नुपर्छ। यसको लागि तिनीहरू यहूदीहरूका ऋणी छन्। मैले निश्चित गर्नु छ कि यरूशलेमका गरीबहरूले ती सबै पैसा पाऊन् जुन तिनीहरूलाई दिइएकोछ। यो काम सकेर म स्पेन जान्छु। स्पेन जाँदा, म तिमीहरूकहाँ आउँछु। जब म तिमीहरूलाई भेट्न आउँछु म ख्रीष्टको सम्पूर्ण आशिषसितै आउँछु। दाज्यू-भाइ र दिदी-बहिनीहरू, म तिमीहरूलाई बिन्ती गर्दछु, मेरो निम्ति परमेश्वरलाई प्रार्थना गरेर मलाई मेरो काममा सहयोग गर। हाम्रा प्रभु येशू ख्रीष्टको नाममा र पवित्र आत्माले दिने प्रेमद्वारा म यो विन्ती गर्दछु। प्रार्थना गर कि म यहूदियाका अविश्वासीहरूबाट जोगिन सकुँ। मैले उनीहरूका निम्ति लगेको सहयोगलाई यरूशलेममा परमेश्वरका मानिसहरूले सहर्ष स्वीकार गरून् भनेर पनि प्रार्थना गरिदेऊ। त्यसपछि परमेश्वरले चाहनु भयो भने म तिमीहरूकहाँ आउनेछु। म खुशीले आउनेछु तिमीहरूसँगै विश्राम लिनेछु। परमेश्वर जो शान्तिका स्रोत हुनुहुन्छ, तिमीहरू सबैसित रहुन्। आमिन।
रोमी 15:14-33 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मेरा दाजुभाइहरू, मलाई थाहा छ तिमीहरू सज्जन छौ। सबै प्रकारले ज्ञानी छौ र एक-अर्कालाई सिकाउने शक्ति पनि तिमीहरूमा छ। तैपनि यस पत्रमा तिमीहरूलाई कति कुराहरूको सम्झना गराउने साहस लिएर लेख्दै छु। कारण परमेश्वरले मलाई अनुग्रह दिनुभयो र मलाई ख्रीष्टको सेवक बनाउनुभएको छ। पुजाहारीले परमेश्वरको अघि मनपर्दो भेटी ल्याएजस्तै म पनि पुजाहारीको सेवा पूरा गर्दछु। अरूअरू जातिका मानिसहरूलाई परमेश्वरकहाँ ल्याउन र तिनीहरू पवित्र आत्माले चोखिएर परमेश्वरलाई मनपर्ने भेटी होस् भनी म परमेश्वरको सुसमाचार सुनाउँछु। त्यसो हुनाले येशू ख्रीष्टको साथमा भएर परमेश्वरको लागि गर्नुपर्ने मेरा काममा म घमण्ड गर्छु। ख्रीष्टले मेरो जीवनद्वारा गर्नुभएको कामको बारेमा मात्र बोल्ने आँट गर्छु। परमेश्वरलाई मान्न मैले अन्यजातिका मानिसहरूलाई मेरा काम र प्रचारबाट सिकाएको छु। आश्चर्यकर्म, शक्तिशाली चिन्ह र पवित्र आत्माको शक्तिले यरूशलेमदेखि इल्लुरिकन भन्ने देशसम्मको यात्रा गरेर मैले ख्रीष्टको बारेमा सम्पूर्णरूपले प्रचार गरेको छु। अरूले सुरु गरेको जगमा घर बनाएझैँ अरूले प्रचार गर्न थालेको ठाउँमा म प्रचार गर्न चाहन्नँ। ख्रीष्टलाई सुन्दै नसुनेको र अरूले प्रचारै नगरेको ठाउँमा मात्र सुसमाचार प्रचार गर्न मलाई मन लाग्छ। यसै गरी धर्मशास्त्रले पनि भन्छ, “उहाँका बारेमा नभनिएकाहरूले उहाँलाई देख्नेछन् अनि उहाँका बारेमा नसुनेकाहरूले उहाँलाई बुझ्नेछन्।” यसरी नयाँ-नयाँ ठाउँमा प्रचार गर्नुपरेकोले मलाई तिमीहरूकहाँ आउने फुर्सदै भएन। तर यी ठाउँहरूमा मैले प्रचारको काम सिध्याइसकेको छु। धेरै वर्षदेखि तिमीहरूलाई भेट्ने साह्रै इच्छा गरिरहेको थिएँ। म त्यही बाटो भएर स्पेन जाँदा तिमीहरूलाई भेट्ने आशा छ। केही समय तिमीहरूसँग बिताउने इच्छा पनि छ। त्यस बेला तिमीहरूबाट स्पेन देशसम्म जाने मद्दत पनि पाउँछु होला। तर यस पल्टचाहिँ यरूशलेममा ख्रीष्टका पवित्र जनहरूलाई सहायता पुर्याउन जाँदै छु किनभने अखैया र माकेडोनियामा भएका मण्डलीहरूले यरूशलेमका गरीब पवित्र जनहरूलाई पैसा पठाउन चाहेका छन्। तिनीहरू आफैँले सहायता दिने इच्छा गरेका हुन्। वास्तवमा ती गरीबहरूलाई सहायता गर्नुपर्ने पनि हो किनभने उनीहरूबाट नै अरू मानिसहरूले आत्माले दिनुभएको आशिष् पाए। त्यसै गरी अरूहरूले पनि उनीहरूको खाँचोमा उनीहरूलाई सहायता दिनुपर्ने हो। यसकारण तिनीहरूलाई पठाएको दान बुझाइदिएर स्पेन जानेछु अनि त्यतिखेरै तिमीहरूकहाँ पनि आउनेछु। जब म तिमीहरूकहाँ आउँछु, येशू ख्रीष्टले दिनुहुने आशिष्ले भरिपूर्ण भएर आउनेछु। दाजुभाइहरू हो, हाम्रा प्रभु येशू ख्रीष्ट र उहाँको आत्माले दिनुभएको प्रेमको कारणले मेरो कष्टमा सहायता गरून् भनी मेरो निम्ति परमेश्वरसँग जोड-तोडले प्रार्थना गरिदिनुहोला भनी म बिन्ती गर्दछु। यहूदामा भएका अविश्वासीहरूबाट मलाई जोगाउन अनि यरूशलेममा हुने मेरा काम ख्रीष्टका पवित्र जनहरूलाई मन पर्दो होस् भनेर पनि प्रार्थना गरिदेओ। परमेश्वरको इच्छा भए म खुसीसाथ तिमीहरूकहाँ आउनेछु र सँगै बसेर आनन्द मनाउँला। शान्ति दिनुहुने परमेश्वर तिमीहरू सबैसँग रहून्। आमेन।