रोमी 14:19-20
रोमी 14:19-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसैले हामी ती कुराहरूको अनुसरण गरौं जसले शान्ति ल्याउँछ, अनि एउटाले अर्काको आत्मिक उन्नति गराउँछ। खानेकुराको खातिर परमेश्वरको कामलाई नष्ट नगर। वास्तवमा सबै कुरा शुद्ध छन्, तर आफूले खाएको कुराले अरूलाई बाधा पार्नु अनुचित हो।
रोमी 14:19-20 नेपाली समकालीन संस्करण (NCV)
हामी हर प्रयास ती कुराहरूमा लागौं, जसले शान्तिमा डोर्याउँछ र पारस्परिक उन्नति गराउँछ। परमेश्वरको कामलाई भोजनको कारणले नाश नगर। सबै भोजन शुद्ध छन्, तर अर्को व्यक्तिलाई ठक्करको कारण बन्छ भने, उसले यो खानु गलत हो।
रोमी 14:19-20 पवित्र बाइबल (NERV)
यसैले कठोर परिश्रमको साथ त्यस्तो काम गरौं जसबाट शान्ति छाउँछ। अनि त्यस्तो काम गरौं जसमा कि त्यो एका अर्कामा सहयोग बन्न सकोस्। भोजनले परमेश्वरको कार्य नष्ट गर्न नदेऊ। हरेक खाद्य खान लायकको हुन्छ। तर अर्कोलाई पापमा पार्ने खाना खानु अनुचित हो।
रोमी 14:19-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यसैकारण हामी शान्ति दिने र एक-अर्कालाई सहयोग पुर्याउने कुरामा मात्रै सधैँ ध्यान राखौं। खानेकुराको कारणले परमेश्वरले गर्नुभएको कामलाई नाश नगर। सबै खानेकुरा खानुहुन्छ तर कसैलाई पाप गर्न लगाउने गरी केही खानुचाहिँ खराब हो।