रोमी 14:17-19
रोमी 14:17-19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनभने परमेश्वरको राज्य भनेको खानु र पिउनु होइन, तर पवित्र आत्मामा धार्मिकता, शान्ति र आनन्द हो। जसले यस किसिमले ख्रीष्टको सेवा गर्दछ, त्यो परमेश्वरलाई मन पर्ने र मानिसहरूबाट असल ठहरिएको हुन्छ। यसैले हामी ती कुराहरूको अनुसरण गरौं जसले शान्ति ल्याउँछ, अनि एउटाले अर्काको आत्मिक उन्नति गराउँछ।
रोमी 14:17-19 नेपाली समकालीन संस्करण (NCV)
किनकि परमेश्वरको राज्य खाने र पिउने कुराको बारेमा होइन, तर पवित्र आत्मामा धार्मिकता, शान्ति र आनन्द हो। किनभने जसले ख्रीष्टलाई यस प्रकारले सेवा गर्दछ, त्यसले परमेश्वरलाई प्रसन्न तुल्याउँछ र मानिसहरूबाट स्वीकृत हुन्छ। हामी हर प्रयास ती कुराहरूमा लागौं, जसले शान्तिमा डोर्याउँछ र पारस्परिक उन्नति गराउँछ।
रोमी 14:17-19 पवित्र बाइबल (NERV)
परमेश्वरको राज्यमा खानु र पिउनुको कुनै महत्व छैन। परमेश्वरको राज्यमा महत्वपूर्ण कूरा त यी हुन धार्मिकता, शान्ति र पवित्र आत्मामा आनन्द। कसैले यस प्रकारले ख्रीष्टको सेवा गरे उसले परमेश्वरलाई खुशी पार्दछ। अनि त्यो मानिस अरूहरूद्वारा स्वीकृत हुनेछ। यसैले कठोर परिश्रमको साथ त्यस्तो काम गरौं जसबाट शान्ति छाउँछ। अनि त्यस्तो काम गरौं जसमा कि त्यो एका अर्कामा सहयोग बन्न सकोस्।
रोमी 14:17-19 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
किनभने परमेश्वरको राज्य भनेको खाने र पिउने कुरा होइन, तर यो पवित्र आत्मामा धार्मिकता, शान्ति र आनन्दको कुरो हो, जुन पवित्र आत्माले दिनुहुन्छ। यस किसिमले ख्रीष्टको सेवा गर्नेले परमेश्वरलाई खुसी तुल्याउँछ साथै मानिसबाट स्याबासी पनि पाउँछ। यसैकारण हामी शान्ति दिने र एक-अर्कालाई सहयोग पुर्याउने कुरामा मात्रै सधैँ ध्यान राखौं।