YouVersion लोगो
खोज आइकन

रोमी 14:10-13

रोमी 14:10-13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तब तिमी किन आफ्नो दाजुभाइ वा दिदीबहिनीको न्याय गर्दछौ? अथवा तिनीहरूलाई किन तुच्छ ठान्दछौ? किनकि हामी सबै परमेश्‍वरको न्याय आसनको अगि उभिनेछौँ। धर्मशास्त्रमा यसरी लेखिएको छ: “ ‘म जीवित भएझैँ,’ प्रभु भन्‍नुहुन्छ, ‘मेरो सामु हरेक घुँडा टेकिनेछ; हरेक जिब्रोले परमेश्‍वरलाई स्वीकार गर्नेछ।’ ” यसकारण हामी प्रत्येकले आफ्नो हिसाब परमेश्‍वरलाई दिनुपर्नेछ। यसकारण हामी एक-अर्काको न्याय गर्न छोडौँ। बरु आफ्नो मनमा दाजुभाइ वा दिदीबहिनीको बाटोमा बाधा हुने वा ठेस लाग्ने कुनै चीज नराख्ने सोच गरौँ।

शेयर गर्नुहोस्
रोमी 14 पढ्नुहोस्

रोमी 14:10-13 पवित्र बाइबल (NERV)

तब तिमी ख्रीष्टमा भाइ भनेर किन जाँच्छौ? अथवा तिमीले आफूलाई आफ्ना दाज्यू-भाइ भन्दा ठूला किन ठान्छौं? हामी सबैजना परमेश्वरका सम्मुख उभिनु पर्छ। अनि उहाँले हामी सबैलाई जाँच्नु हुन्छ। हो, धर्मशास्त्रमा लेखिएको छः “‘जसरी म जिबित छु,’ परमप्रभु भन्नु हुन्छ, ‘प्रत्येक मानिस मेरो सामु झुक्नेछ; अनि प्रत्तेकले मलाईनै परमप्रभु हुन् भन्नेछन्।’” यसकारण हामी प्रत्येकले परमेश्वरको अघाडी आफ्नो हिसाब दिनु पर्नेछ। यसैले एक अर्कालाई जाँच्ने काम बन्द गरौं। त्यसको सट्टामा तिमीले दाज्यू-भाइका वा दिदी-बहिनीका बाटोमा वाधा नहाल्ने वा केही त्यस्तो नगर्ने निश्चय गर जसले गर्दा ती पाप गर्न तिर लाग्लान्।

शेयर गर्नुहोस्
रोमी 14 पढ्नुहोस्

रोमी 14:10-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

त्‍यसो भए तिमीहरू आफ्‍नो ख्रीष्‍टियान भाइलाई किन दोष लगाउँछौ त? अनि किन आफ्‍नो भाइलाई होच्‍याउँछौ? हामी सबै परमेश्‍वरको न्‍यायालयमा खडा हुनेछौं। धर्मशास्‍त्रमा लेखिएको छ, “प्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ, ‘म जीवित भएझैँ साँच्‍चै भन्‍दछु, सबै मानिसहरू मेरो अघि झुक्‍नेछन्, सबैले मलाई परमेश्‍वर भनी मान्‍नेछन्’। त्‍यसो हुँदा हामीहरू सबैले आ-आफ्‍नो हिसाब परमेश्‍वरलाई बुझाउनुपर्छ। यसकारण हामी एक-अर्कालाई दोष नलगाऔं। हामी भाइहरूलाई कुनै ठेस लाग्‍ने वा पापमा पार्ने कुरा गर्नेछैनौं भनी अठोट गरौं।

शेयर गर्नुहोस्
रोमी 14 पढ्नुहोस्