रोमी 13:13-14
रोमी 13:13-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
दिउँसोजस्तै गरी हामी ठीकसँग चलौं। मोजमज्जामा, पियक्कडपनमा, व्यभिचारमा, भ्रष्टाचारमा, झगड़ामा र डाहमा होइन। तर प्रभु येशू ख्रीष्टलाई धारण गर, र पापमय स्वभावको अभिलाषा पूरा गर्ने कुरामा ध्यान नदेओ।
रोमी 13:13-14 नेपाली समकालीन संस्करण (NCV)
दिनको उज्यालोमा झैं, हामी असल चालचलनमा जिऔं, मोजमस्तीमा र मतवालापनमा होइन, यौन अनैतिकतामा र भ्रष्ट आचरणमा होइन, झगडामा र डाहमा होइन। बरु प्रभु येशू ख्रीष्टलाई धारण गरेर जिऔं, र आफ्ना पापमय स्वभावका अभिलाषा पूरा गर्न मन नलगाओ।
रोमी 13:13-14 पवित्र बाइबल (NERV)
दिनको मानिसहरू जस्तो हामीले स्वच्छातापूर्वक काम गर्नुपर्छ। हामी जङ्गली र खर्चिलो भोजमा भुलिनु हुँदैन। हामी दाखरसले मात्तिनु हुँदैन। हामीले व्यभिचारका पापहरू गर्नु हुँदैन र हामीले आफ्ना शरीरले कुनै पाप गर्नु हुँदैन। हामीले झगड़ा गर्नु हुँदैन र ईर्ष्या गर्नु हुँदैन। त्यसको सट्टामा आफूले प्रभु येशू ख्रीष्ट झैं होऊ। आफ्नो पापमय स्वभाव र पापमय इच्छाहरूलाई सन्तुष्टी नदेऊ।
रोमी 13:13-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
दिनको उज्यालोमा सुहाउने गरी इमानदार भएर काम गरौं। रातको झैँ मोज-मज्जा गर्ने, मात्तिने, व्यविचारी गर्ने, जथाभाबी गर्ने, झगडा वा डाहा गर्ने कामहरू छोडिदिऊँ। तर येशू ख्रीष्टलाई नै धारण गरौं, अनि शारीरिक स्वभावको इच्छा पूरा गर्नतिर नलागौं।