रोमी 11:33-36
रोमी 11:33-36 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आहा! परमेश्वरको वैभव र बुद्धि र ज्ञान कति गहिरो! उहाँका इन्साफहरू कति अगम र उहाँका मार्ग बुझ्न नसकिने! “किनभने प्रभुको मनलाई कसले जानेको छ? अथवा उहाँको सल्लाहकार को भएको छ?” “अथवा, कसले उहाँलाई कुनै उपहार दिएको छ र परमेश्वरले उसलाई फिर्ता दिनुपरोस्?” किनकि सबै थोक उहाँबाट, उहाँद्वारा र उहाँकै निम्ति हुन्। उहाँलाई नै सदासर्वदा महिमा होस्। आमेन।
रोमी 11:33-36 नेपाली समकालीन संस्करण (NCV)
ओहो! परमेश्वरको बुद्धि र ज्ञानको कति अपार धन! उहाँको न्यायहरू कति अथाह, र उहाँका पथहरू कति अगम छन्! “प्रभुको मनलाई कसले जानेको छ र? अथवा उहाँको सल्लाहकार को भएको छ र?” “परमेश्वरलाई कसले केही दिएको छ, कि परमेश्वरले तिनीहरूलाई फिर्ता गर्नुपरोस्?” किनकि उहाँमार्फत्, उहाँद्वारा र सबै कुरा उहाँकै निम्ति हुन्। उहाँलाई सदा-सर्वदा महिमा भइरहोस्! आमेन!
रोमी 11:33-36 पवित्र बाइबल (NERV)
हो, परमेश्वरको एश्वर्यको सीमा छैन! उहाँको ज्ञान र बुद्धिको कुनै अन्त छैन! कसैले पनि परमेश्वरले गर्नुभएको निर्णयको व्याख्या गर्न सक्तैन। कसैले पनि परमेश्वरको बाटोहरू बुझ्दैन। जस्तो धर्मशास्त्रमा लेखिएको छः “परमप्रभुको मन कसले जान्दछ? उहाँलाई सल्लाह कसले दिनसक्छ?” “कसैले कहिल्यै परमेश्वरलाई केही उपहार दिएको छ? ता कि बद्लिमा परमेश्वरले पनि उसलाई उपहार दिनु परोस्।” हो, परमेश्वरले सबै थोक सृजना गर्नुभयो। सबै कूरा उहाँकै कारणले र उनैका निम्ति चलिरहेछ। परमेश्वरको महीमा रहिरहोस्! आमिन।
रोमी 11:33-36 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अहो परमेश्वरको धन कति प्रशस्त! उहाँको ज्ञान, बुद्धि कति गहिरो छ! उहाँले निधो गरेका कुराको कसले बयान गर्न सक्छ? उहाँले हिंडेको बाटो कसले पत्ता लगाउन सक्छ? परमेश्वरको मन कसले बुझ्ने? अथवा उहाँलाई सल्लाह दिने को छ र? कसले परमेश्वरलाई केही चीज दिएको छ र उहाँले कसलाई के फर्काउनुपर्छ र? सबै उहाँकै सृष्टि हुन्। ती सबै थोक उहाँद्वारै उहाँकै निम्ति हुन्। उहाँको जय-जयकार सधैँभरि होइरहोस्! आमेन।