रोमी 11:33-34
रोमी 11:33-34 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आहा! परमेश्वरको वैभव र बुद्धि र ज्ञान कति गहिरो! उहाँका इन्साफहरू कति अगम र उहाँका मार्ग बुझ्न नसकिने! “किनभने प्रभुको मनलाई कसले जानेको छ? अथवा उहाँको सल्लाहकार को भएको छ?”
रोमी 11:33-34 नेपाली समकालीन संस्करण (NCV)
ओहो! परमेश्वरको बुद्धि र ज्ञानको कति अपार धन! उहाँको न्यायहरू कति अथाह, र उहाँका पथहरू कति अगम छन्! “प्रभुको मनलाई कसले जानेको छ र? अथवा उहाँको सल्लाहकार को भएको छ र?”
रोमी 11:33-34 पवित्र बाइबल (NERV)
हो, परमेश्वरको एश्वर्यको सीमा छैन! उहाँको ज्ञान र बुद्धिको कुनै अन्त छैन! कसैले पनि परमेश्वरले गर्नुभएको निर्णयको व्याख्या गर्न सक्तैन। कसैले पनि परमेश्वरको बाटोहरू बुझ्दैन। जस्तो धर्मशास्त्रमा लेखिएको छः “परमप्रभुको मन कसले जान्दछ? उहाँलाई सल्लाह कसले दिनसक्छ?”
रोमी 11:33-34 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अहो परमेश्वरको धन कति प्रशस्त! उहाँको ज्ञान, बुद्धि कति गहिरो छ! उहाँले निधो गरेका कुराको कसले बयान गर्न सक्छ? उहाँले हिंडेको बाटो कसले पत्ता लगाउन सक्छ? परमेश्वरको मन कसले बुझ्ने? अथवा उहाँलाई सल्लाह दिने को छ र?