रोमी 11:29-32
रोमी 11:29-32 पवित्र बाइबल (NERV)
परमेश्वरले मानिसहरूलाई आफूले दिनुहुने उपहारको बारेमा अनि आफ्नो बोलावटको बारेमा आफ्नो मन परिवर्तन गर्नुहुने छैन। एक समयमा तिमीहरूले परमेश्वरलाई मान्न अस्वीकार गरेका थियौ। तर अहिले तिमीहरूले परमेश्वरको कृपा पायौ कारण तिनीहरूले आज्ञा पालन गर्न मानेनन्। अनि अहिले तिनीहरूले परमेश्वरको आज्ञा पालन गर्न अस्वीकार गर्छन् किनभने परमेश्वरले तिनीहरू प्रति कृपा दर्शाउनुभयो। तिनीहरूले पनि परमेश्वरबाट कृपा प्राप्त गरून् भनि त्यसो भएको थियो। सबै मानिसहरू अवज्ञाको कारागारमा यसकारण थुनिएका छन् कि परमेश्वरको कृपा सबैमा पुग्न सकोस्।
रोमी 11:29-32 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
किनभने परमेश्वरले आफूले दिनुभएका दानहरू फिर्ता लिनुहुन्न र बोलाइसकेकालाई कहिल्यै पनि त्याग्नुहुन्न। उहिले तिमी अन्यजातिका मानिसहरू परमेश्वरको आज्ञापालन गर्दैनथ्यौ तर अहिले इस्राएलीहरूले आज्ञापालन नगरेकोले मात्र परमेश्वरको दया तिमीहरूले पाएका हौ। आज अट्टेरी गरेर बस्नेहरूले पनि एक दिन दया पाऊन् भनी परमेश्वरले तिमीहरूलाई दया देखाउनुभयो। सबै मानिसहरूलाई दया देखाउन परमेश्वरले सबैलाई तिनीहरूकै अट्टेरीपनमा बन्द गरिदिनुभयो।
रोमी 11:29-32 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनभने परमेश्वरका वरदान र बोलावट अटल छन्। किनकि जसरी तिमीहरू पनि एक पल्ट परमेश्वरको आज्ञापालन नगर्नेहरू थियौ, तर अब तिनीहरूको अनाज्ञाकारिताले गर्दा तिमीहरूले कृपा पाएका छौ। तिमीहरूलाई कृपा देखाइएकोले गर्दा तिनीहरूले पनि कृपा प्राप्त गरून् भनी तिनीहरू अहिले अनाज्ञाकारी भएका छन्। किनभने परमेश्वरको कृपा सबै मानिसहरूमाथि होस् भनेर उहाँले सबैलाई अनाज्ञाकारितामा नै सुम्पनुभएको छ।
रोमी 11:29-32 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि परमेश्वरको वरदान र बोलावट अटल छ। जसरी तिमीहरू एक पल्ट परमेश्वरप्रति अनाज्ञाकारी थियौ, तर अब तिनीहरूको अनाज्ञाकारिताको कारणले गर्दा तिमीहरूले कृपा पाएका छौ, यसरी नै उनीहरू पनि अनाज्ञाकारी भएका छन्, ताकि तिमीहरूले पाएका परमेश्वरको कृपाको कारण उनीहरूले पनि कृपा पाउन सकून्। किनकि परमेश्वरले हरेकलाई अनाज्ञाकारितामा बन्दी बनाउनुभएको छ, ताकि उहाँद्वारा तिनीहरू सबैलाई कृपा मिलोस्।