YouVersion लोगो
खोज आइकन

रोमी 10:8-13

रोमी 10:8-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तर यसले के भन्‍छ? “मुक्तिको वचन तिमीहरूको नजिकै छ। यो तिमीहरूकै मुख र हृदयमा छ,।” हामीले विश्‍वासको बारेमा प्रचार गरेको सुसमाचार यही कुरा नै हो। तिमीहरू आफ्‍नो मुखले येशू नै प्रभु हुनुहुन्‍छ भनेर अरूलाई भन्‍छौ भने अनि परमेश्‍वरले उहाँलाई मरेकोबाट बिउँताउनुभयो भनी हृदयमा विश्‍वास गर्छौ भने तिमीहरू बाँच्‍नेछौ किनभने हामी हृदयले विश्‍वास गरेर नै परमेश्‍वरको सामु ठीक ठहरिन्‍छौं अनि विश्‍वास गरेका कुरा आफ्‍नै मुखले अरूलाई सुनाएर बचाइन्‍छौं किनभने धर्मशास्‍त्रले भन्‍छ, “उहाँमा विश्‍वास गर्नेले कहिल्‍यै पनि निराश हुनुपर्नेछैन,।” यहूदी र अरू मानिसमा केही फरक छैन। उही एउटै परमेश्‍वर सबैका परमेश्‍वर हुनुहुन्‍छ। उहाँलाई पुकार्नेलाई उहाँले आशिष्‌ले धनी तुल्‍याउनुहुन्‍छ। धर्मशास्‍त्रले भन्‍छ, “प्रभुको नामलाई पुकार्ने सबै बचाइनेछन्,।”

शेयर गर्नुहोस्
रोमी 10 पढ्नुहोस्

रोमी 10:8-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तर यसले के भन्‍छ? “वचन तिम्रो नजिकै छ, तिम्रो मुखैमा र तिम्रो हृदयमा,” अर्थात्‌ विश्‍वासको वचन, जो हामी प्रचार गर्दछौं। किनकि यदि तिमीले येशूलाई प्रभु हो भनी आफ्‍नो मुखले स्‍वीकार गर्‍यौ, र परमेश्‍वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भनी आफ्‍नो हृदयमा विश्‍वास गर्‍यौ भने तिम्रो उद्धार हुनेछ। किनकि मानिसले आफ्‍नो हृदयले विश्‍वास गर्छ र ऊ निर्दोष ठहरिन्‍छ, अनि उसले आफ्‍नो मुखले स्‍वीकार गर्छ र उद्धार पाउँछ। धर्मशास्‍त्र भन्‍छ, “उहाँमाथि भरोसा राख्‍ने कोही लाजमा पर्नेछैन।” किनकि यहूदी र अन्‍यजातिमा केही भेद छैन। उहाँ एउटै प्रभु सबैका प्रभु हुनुहुन्‍छ, र उहाँलाई पुकार्नेहरू सबैलाई आफ्‍नो प्रशस्‍त आशिष्‌ दिनुहुन्‍छ। किनकि “प्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ।”

शेयर गर्नुहोस्
रोमी 10 पढ्नुहोस्

रोमी 10:8-13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तर धर्मशास्त्रले के भन्छ? “वचन तिम्रो नजिक छ; तिम्रो मुखैमा छ, र तिम्रो हृदयमा छ,” अर्थात् त्यही विश्‍वासको वचन, जसलाई हामी घोषणा गर्दैछौँ। यदि तिमीले, “येशू नै प्रभु हुनुहुन्छ,” भनी मुखले स्वीकार गर्छौ भने, र परमेश्‍वरले उहाँलाई मरेकाबाट पुनर्जीवित पार्नुभयो भनी हृदयमा विश्‍वास गर्छौ भने तिम्रो उद्धार हुनेछ। किनकि तिम्रो हृदयबाट तिमीले विश्‍वास गर्छौ, र धर्मी ठहरिन्छौ। अनि तिम्रो मुखले विश्‍वास स्वीकार गर्छौ र उद्धार पाउँछौ। धर्मशास्त्रले यसरी भन्दछ, “प्रभु येशूमा विश्‍वास गर्ने कहिल्यै शर्ममा पर्नेछैन।” किनकि यहूदी र गैरयहूदीमा केही भिन्‍नता छैन। उहाँ नै एउटै प्रभु, सबैका प्रभु हुनुहुन्छ, र उहाँलाई पुकार्ने सबैलाई प्रशस्तसँग आशिष् दिनुहुन्छ। किनकि “प्रभुको नाम पुकार्ने हरेक मानिसले उद्धार पाउनेछ।”

शेयर गर्नुहोस्
रोमी 10 पढ्नुहोस्

रोमी 10:8-13 पवित्र बाइबल (NERV)

धर्मशास्त्रले यसरी भन्छः “परमेश्वरको शिक्षा तिमीहरूको नजिक छ, त्यो तिम्रो मुखमा र तिम्रो हृदयमा छ।” यो शिक्षा विश्वासको शिक्षा हो जुन हामी प्रचार गर्छौं। यदि तिमीहरूले “येशू नै प्रभु हुनुहुन्छ,” भन्न मुख खोल्यौ भने अनि यदि परमेश्वरले येशूलाई मृत्युबाट बौराउनु भयो भन्ने कुरामा तिमीहरू विश्वास गर्छौ भने, तिमीहरूको उद्धार हुनेछ। हो, हामी हृदयले विश्वास गर्छौं त्यसैले हामी धर्मी बनाइका छौं। अनि हामी विश्वास गर्छौं भन्ने स्वीकार गर्न हामी आफ्ना मुख खोल्दछौं त्यसैले हामी बचाईएका छौं। हामीले मुख खोल्यौं र विश्वास गर्यौ अनि हाम्रो उद्धार भयो। हो, धर्मशास्त्रले भन्छ, “जसले पनि उहाँमा विश्वास गर्छ भने, ऊ लज्जित हुने छैन।” किनभने यहूदी र गैर-यहूदीहरूमा भिन्नता छैन। उहाँनै परमप्रभु सबैका लागि प्रभु हुनुहुन्छ। ज-जसले उहाँमा विश्वास राख्दछ ती सबैलाई उहाँ पूर्ण आशिष दिनुहुन्छ। हो, धर्माशास्त्रले भन्छ, “जसले परमप्रभुमा भरोसा राख्छ उसको उद्धार हुँदछ।”

शेयर गर्नुहोस्
रोमी 10 पढ्नुहोस्

रोमी 10:8-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तर यसले के भन्‍छ? “मुक्तिको वचन तिमीहरूको नजिकै छ। यो तिमीहरूकै मुख र हृदयमा छ,।” हामीले विश्‍वासको बारेमा प्रचार गरेको सुसमाचार यही कुरा नै हो। तिमीहरू आफ्‍नो मुखले येशू नै प्रभु हुनुहुन्‍छ भनेर अरूलाई भन्‍छौ भने अनि परमेश्‍वरले उहाँलाई मरेकोबाट बिउँताउनुभयो भनी हृदयमा विश्‍वास गर्छौ भने तिमीहरू बाँच्‍नेछौ किनभने हामी हृदयले विश्‍वास गरेर नै परमेश्‍वरको सामु ठीक ठहरिन्‍छौं अनि विश्‍वास गरेका कुरा आफ्‍नै मुखले अरूलाई सुनाएर बचाइन्‍छौं किनभने धर्मशास्‍त्रले भन्‍छ, “उहाँमा विश्‍वास गर्नेले कहिल्‍यै पनि निराश हुनुपर्नेछैन,।” यहूदी र अरू मानिसमा केही फरक छैन। उही एउटै परमेश्‍वर सबैका परमेश्‍वर हुनुहुन्‍छ। उहाँलाई पुकार्नेलाई उहाँले आशिष्‌ले धनी तुल्‍याउनुहुन्‍छ। धर्मशास्‍त्रले भन्‍छ, “प्रभुको नामलाई पुकार्ने सबै बचाइनेछन्,।”

शेयर गर्नुहोस्
रोमी 10 पढ्नुहोस्

रोमी 10:8-13

रोमी 10:8-13 NNRVरोमी 10:8-13 NNRV
शेयर गर्नुहोस्
Read Full Chapter