YouVersion लोगो
खोज आइकन

रोमी 10:8-11

रोमी 10:8-11 नेपाली समकालीन संस्करण (NCV)

तर धर्मशास्त्रले के भन्छ? “वचन तिम्रो नजिक छ, तिम्रो मुखैमा छ र तिम्रो हृदयमा छ,” अर्थात् त्यही विश्‍वासको वचन जसलाई हामी घोषणा गर्दैछौं। यदि तिमीले, “येशू नै प्रभु हुनुहुन्छ,” भनी मुखले स्वीकार गर्छौ भने, र परमेश्‍वरले उहाँलाई मरेकाबाट पुनर्जीवित पार्नुभयो भनी हृदयमा विश्‍वास गर्छौ भने तिम्रो मुक्‍ति हुनेछ। किनकि तिम्रो हृदयबाट तिमीले विश्‍वास गर्छौ, र धर्मी ठहरिन्छौ, अनि तिम्रो मुखले विश्‍वास स्वीकार गर्छौ, र उद्धार पाउँछौ। धर्मशास्त्रले यसरी भन्दछ, “प्रभु येशूमा विश्‍वास गर्ने कहिल्यै शर्ममा पर्नेछैन।”

शेयर गर्नुहोस्
रोमी 10 पढ्नुहोस्

रोमी 10:8-11 पवित्र बाइबल (NERV)

धर्मशास्त्रले यसरी भन्छः “परमेश्वरको शिक्षा तिमीहरूको नजिक छ, त्यो तिम्रो मुखमा र तिम्रो हृदयमा छ।” यो शिक्षा विश्वासको शिक्षा हो जुन हामी प्रचार गर्छौं। यदि तिमीहरूले “येशू नै प्रभु हुनुहुन्छ,” भन्न मुख खोल्यौ भने अनि यदि परमेश्वरले येशूलाई मृत्युबाट बौराउनु भयो भन्ने कुरामा तिमीहरू विश्वास गर्छौ भने, तिमीहरूको उद्धार हुनेछ। हो, हामी हृदयले विश्वास गर्छौं त्यसैले हामी धर्मी बनाइका छौं। अनि हामी विश्वास गर्छौं भन्ने स्वीकार गर्न हामी आफ्ना मुख खोल्दछौं त्यसैले हामी बचाईएका छौं। हामीले मुख खोल्यौं र विश्वास गर्यौ अनि हाम्रो उद्धार भयो। हो, धर्मशास्त्रले भन्छ, “जसले पनि उहाँमा विश्वास गर्छ भने, ऊ लज्जित हुने छैन।”

शेयर गर्नुहोस्
रोमी 10 पढ्नुहोस्

रोमी 10:8-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तर यसले के भन्‍छ? “मुक्तिको वचन तिमीहरूको नजिकै छ। यो तिमीहरूकै मुख र हृदयमा छ,।” हामीले विश्‍वासको बारेमा प्रचार गरेको सुसमाचार यही कुरा नै हो। तिमीहरू आफ्‍नो मुखले येशू नै प्रभु हुनुहुन्‍छ भनेर अरूलाई भन्‍छौ भने अनि परमेश्‍वरले उहाँलाई मरेकोबाट बिउँताउनुभयो भनी हृदयमा विश्‍वास गर्छौ भने तिमीहरू बाँच्‍नेछौ किनभने हामी हृदयले विश्‍वास गरेर नै परमेश्‍वरको सामु ठीक ठहरिन्‍छौं अनि विश्‍वास गरेका कुरा आफ्‍नै मुखले अरूलाई सुनाएर बचाइन्‍छौं किनभने धर्मशास्‍त्रले भन्‍छ, “उहाँमा विश्‍वास गर्नेले कहिल्‍यै पनि निराश हुनुपर्नेछैन,।”

शेयर गर्नुहोस्
रोमी 10 पढ्नुहोस्

रोमी 10:8-11

रोमी 10:8-11 NNRVरोमी 10:8-11 NNRV
शेयर गर्नुहोस्
पुरै अध्याय पढ्नुहोस्