YouVersion लोगो
खोज आइकन

रोमी 10:14-17

रोमी 10:14-17 नेपाली समकालीन संस्करण (NCV)

तिनीहरूले विश्‍वास नै नगरेकोलाई कसरी पुकारा गर्ने त? जसको बारेमा तिनीहरूले सुनेकै छैनन्, उहाँमाथि कसरी विश्‍वास गर्ने त? अनि कसैले तिनीहरूलाई प्रचार नै नगरी तिनीहरूले कसरी सुन्‍ने त? र प्रचारकहरूलाई कसैले नपठाएसम्म कसरी प्रचार गर्छन् त? यस्तो लेखिएको छः “सुसमाचार ल्याउनेहरूका पाउ कति सुन्दर छन्!” तर सबै इस्राएलीहरूले सुसमाचारलाई स्वीकार गरेनन्; किनकि यशैयाले यसरी भन्दछन्, “हे प्रभु, हाम्रो वचनलाई कसले विश्‍वास गरेको छ र?” यसैले विश्‍वास वचनको सुनुवाइबाट आउँछ तथा सुनुवाइ ख्रीष्‍टको वचन प्रचारद्वारा आउँछ।

शेयर गर्नुहोस्
रोमी 10 पढ्नुहोस्

रोमी 10:14-17 पवित्र बाइबल (NERV)

तर मानिसहरूले प्रभुलाई पत्याउन भन्दा पहिले उहाँमा विश्वास गर्नुपर्छ? अनि विश्वास गर्न अघि, तिनीहरूले उहाँको बारेमा सुनन्नुपर्छ। तर उहाँको बारेमा सुन्नलाई कसैले उहाँको बारे तिनीहरूलाई प्रचार गर्नुपर्छ। तर कसैले प्रचार गर्नु भन्दा अघि, उसलाई पठाइनु पर्छ। धर्मशास्त्रले भन्छः “सुसमाचार ल्याउनेहरूको खुट्टा सुन्दर हुन्छन्।” तर सबै यहूदीहरूले त्यो सुसमाचार स्वीकार गरेनन्। यशैयाले भने, “परमप्रभु हाम्रो सन्देशलाई कसले विश्वास गरे?” यसैले सुसमाचार सुनेपछि विश्वास आउँदछ। अनि यदि कसैले मानिसलाई ख्रीष्टको बिषयमा बताए तिनीहरूले सुसमाचार सुन्नेछन्।

शेयर गर्नुहोस्
रोमी 10 पढ्नुहोस्