YouVersion लोगो
खोज आइकन

रोमी 10:1-21

रोमी 10:1-21 पवित्र बाइबल (NERV)

दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, यहूदीहरूको उद्धार हुनसकोस् भनेर म हृदयबाटै चाहन्छु। यो मेरो परमेश्वरप्रति प्रार्थना छ। यति मात्र म यहूदीहरूको विषयमा भन्न सक्छुः तिनीहरू साँचि नै परमेश्वलाई पछ्याउन चाहन्छन्। तर तिनीहरू ठीक बाटो जान्दैनन्। तिनीहरूले धर्मी बनाउने परमेश्वरको बाटो चिनेनन्। तिनीहरूले आफ्नै तरिकाबाट धार्मिक बन्न खोजे अनि त्यसैले मानिसहरूलाई धर्मी बनाउने परमेश्वरको बाटो तिनीहरूले स्वीकार गरेनन्। ख्रीष्टले व्यवस्था समाप्त गरिदिनुभयो ताकि प्रत्येक मानिस जसले विश्वास गर्छ ऊ धर्मी हुन सक्छ। व्यवस्थाले दिएको धार्मिकताको बारे मोशा भन्दछन्, “व्यवस्था अनुसार हिँड्ने मानिस त्यसबाटै बाँच्नेछ।” तर विश्वासले दिएको धार्मिकताको विषयमा धर्मशास्त्रले भन्छ, “तिमीहरू स्वयंले नसोध, ‘स्वर्गमा को जानेछ?’” (जसको अर्थ हुँदछ “ख्रीष्टलाई पृथ्वीमा उतार्न को स्वर्ग जानेछ?”) “र नभन, ‘पातालमा को जानेछ?’” (जसको अर्थ हुँदछ, “ख्रीष्टलाई मृत्युबाट फर्काउन पातालमा को जानेछ?”) धर्मशास्त्रले यसरी भन्छः “परमेश्वरको शिक्षा तिमीहरूको नजिक छ, त्यो तिम्रो मुखमा र तिम्रो हृदयमा छ।” यो शिक्षा विश्वासको शिक्षा हो जुन हामी प्रचार गर्छौं। यदि तिमीहरूले “येशू नै प्रभु हुनुहुन्छ,” भन्न मुख खोल्यौ भने अनि यदि परमेश्वरले येशूलाई मृत्युबाट बौराउनु भयो भन्ने कुरामा तिमीहरू विश्वास गर्छौ भने, तिमीहरूको उद्धार हुनेछ। हो, हामी हृदयले विश्वास गर्छौं त्यसैले हामी धर्मी बनाइका छौं। अनि हामी विश्वास गर्छौं भन्ने स्वीकार गर्न हामी आफ्ना मुख खोल्दछौं त्यसैले हामी बचाईएका छौं। हामीले मुख खोल्यौं र विश्वास गर्यौ अनि हाम्रो उद्धार भयो। हो, धर्मशास्त्रले भन्छ, “जसले पनि उहाँमा विश्वास गर्छ भने, ऊ लज्जित हुने छैन।” किनभने यहूदी र गैर-यहूदीहरूमा भिन्नता छैन। उहाँनै परमप्रभु सबैका लागि प्रभु हुनुहुन्छ। ज-जसले उहाँमा विश्वास राख्दछ ती सबैलाई उहाँ पूर्ण आशिष दिनुहुन्छ। हो, धर्माशास्त्रले भन्छ, “जसले परमप्रभुमा भरोसा राख्छ उसको उद्धार हुँदछ।” तर मानिसहरूले प्रभुलाई पत्याउन भन्दा पहिले उहाँमा विश्वास गर्नुपर्छ? अनि विश्वास गर्न अघि, तिनीहरूले उहाँको बारेमा सुनन्नुपर्छ। तर उहाँको बारेमा सुन्नलाई कसैले उहाँको बारे तिनीहरूलाई प्रचार गर्नुपर्छ। तर कसैले प्रचार गर्नु भन्दा अघि, उसलाई पठाइनु पर्छ। धर्मशास्त्रले भन्छः “सुसमाचार ल्याउनेहरूको खुट्टा सुन्दर हुन्छन्।” तर सबै यहूदीहरूले त्यो सुसमाचार स्वीकार गरेनन्। यशैयाले भने, “परमप्रभु हाम्रो सन्देशलाई कसले विश्वास गरे?” यसैले सुसमाचार सुनेपछि विश्वास आउँदछ। अनि यदि कसैले मानिसलाई ख्रीष्टको बिषयमा बताए तिनीहरूले सुसमाचार सुन्नेछन्। तर म सोध्छु, “के तिनीहरूले सुसमाचार सुने?” हो, तिनीहरूले सुने। धर्मशास्त्रले भन्छ, “तिनीहरूका आवाज सारा-संसारमा फैलिउन्। तिनहरूका शब्द संसारका चारै दिशा पुगुन्” फेरि म सोध्छु, “के इस्राएलका मानिसहरूले बुझेनन्?” हो तिनीहरूले बुझे। मोशा पहिले परमेश्वरका कुरा भन्छन्, “म ती मानिसहरूलाई प्रयोग गरेर तिनीहरूमा इर्ष्या उत्पन्न गराउँछु, जो एक जाति होइन। एउटा मूर्ख जातिलाई प्रयोग गरेर म तिमीहरूलाई क्रुद्ध बनाउँछु।” त्यसपछि यशैया अझ निर्भयताका साथ परमेश्वरलाई भन्छन्: “जुन मानिसहरूले मलाई खोज्दै खोजेका थिएनन्, तिनीहरूले नै मलाई पाए। जसले मलाई सोध्दै सोधेका थिएनन्, म तिनीहरूकहाँ प्रकट भएँ।” परमेश्वरले यी कुराहरू यशैयाद्वारा गैर-यहूदीहरूलाई भन्नुभयो। तर यहूदीहरूका बारेमा परमेश्वर भन्नुहुन्छ

शेयर गर्नुहोस्
रोमी 10 पढ्नुहोस्

रोमी 10:1-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

भाइ हो, मेरो आफ्‍नो हृदयको इच्‍छा र तिनीहरूका निम्‍ति परमेश्‍वरमा मेरो प्रार्थना यही छ, कि तिनीहरूले उद्धार पाऊन्‌। म यो गवाही दिन्‍छु कि परमेश्‍वरप्रति तिनीहरूको जोश त छ, तर यो जोश ज्ञानअनुसार छैन। किनभने परमेश्‍वरबाट आउने धार्मिकताको विषयमा नजानेर तिनीहरूको आफ्‍नै धार्मिकता स्‍थापित गर्न खोज्‍दा तिनीहरू परमेश्‍वरका धार्मिकताको अधीनमा रहेनन्‌। किनभने विश्‍वास गर्ने धर्मी ठहरिओस्‌ भनेर ख्रीष्‍ट नै व्‍यवस्‍थाको अन्‍त्‍य हुनुहुन्‍छ। मोशा लेख्‍छन्, “व्‍यवस्‍थामा आधारित भएको धार्मिकता पालन गर्ने मानिस त्‍यसैबाट जिउनेछ।” तर विश्‍वासमाथि आधारित भएको धार्मिकताले यसो भन्‍छ, “मन-मनमा यसो नभन, ‘स्‍वर्गमा को उक्‍लने’?” (अर्थात्‌ ख्रीष्‍टलाई तल ल्‍याउनलाई), वा आफ्‍नो मनमा यसो पनि नभन, “पातालमा को ओर्लने?” (अर्थात्‌ मरेकाहरूबाट ख्रीष्‍टलाई माथि ल्‍याउनलाई)। तर यसले के भन्‍छ? “वचन तिम्रो नजिकै छ, तिम्रो मुखैमा र तिम्रो हृदयमा,” अर्थात्‌ विश्‍वासको वचन, जो हामी प्रचार गर्दछौं। किनकि यदि तिमीले येशूलाई प्रभु हो भनी आफ्‍नो मुखले स्‍वीकार गर्‍यौ, र परमेश्‍वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भनी आफ्‍नो हृदयमा विश्‍वास गर्‍यौ भने तिम्रो उद्धार हुनेछ। किनकि मानिसले आफ्‍नो हृदयले विश्‍वास गर्छ र ऊ निर्दोष ठहरिन्‍छ, अनि उसले आफ्‍नो मुखले स्‍वीकार गर्छ र उद्धार पाउँछ। धर्मशास्‍त्र भन्‍छ, “उहाँमाथि भरोसा राख्‍ने कोही लाजमा पर्नेछैन।” किनकि यहूदी र अन्‍यजातिमा केही भेद छैन। उहाँ एउटै प्रभु सबैका प्रभु हुनुहुन्‍छ, र उहाँलाई पुकार्नेहरू सबैलाई आफ्‍नो प्रशस्‍त आशिष्‌ दिनुहुन्‍छ। किनकि “प्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ।” तर जसलाई विश्‍वास गरेकै छैनन्‌ उहाँलाई मानिसहरूले कसरी पुकार्ने? जसको विषयमा सुनेकै छैनन्‌ उहाँमाथि तिनीहरूले कसरी विश्‍वास गर्ने? र प्रचारकविना तिनीहरूले कसरी सुन्‍ने? र कसैले नपठाईकन मानिसहरूले कसरी प्रचार गर्ने? जस्‍तो लेखिएको छ, “सुसमाचार प्रचार गर्नेहरूका पाउ कति सुन्‍दर!” तर तिनीहरू सबैले सुसमाचार पालन गरेका छैनन्, किनकि यशैया भन्‍छन्, “हे प्रभु, हामीबाट सुनेको कुरा कसले विश्‍वास गरेको छ?” जे सुनिएको छ, त्‍यसैबाट विश्‍वास आउँछ र जे सुनिन्‍छ त्‍यो ख्रीष्‍टको प्रचारबाट आउँछ। तर म सोध्‍दछु, “के तिनीहरूले सुनेका छैनन्‌?” निश्‍चय नै तिनीहरूले सुनेका छन्, किनकि “तिनीहरूको आवाज सारा पृथ्‍वीभरि पुगेको छ, र तिनीहरूका वचन संसारको पल्‍लो छेउसम्‍म पुगेका छन्‌।” म फेरि सोध्‍छु, “के इस्राएलले बुझेन?” सर्वप्रथम मोशाले भन्‍छन्, “जो एक जाति नै होइन, म तिमीहरूलाई तिनीहरूप्रति डाही तुल्‍याउनेछु, एउटा मूर्ख जातिद्वारा म तिमीहरूलाई क्रुद्ध तुल्‍याउनेछु।” तब यशैयाले साहसपूर्वक भन्‍दछन्, “मलाई नखोज्‍नेहरूले मलाई भेट्टाएका छन्, जसले मेरो खोजी गरेनन्‌ तिनीहरूका माझमा मैले आफैलाई प्रकट गरेकोछु।” तर इस्राएलको विषयमा तिनी भन्‍छन्, “दिनभरि नै अटेरी र विरोधी मानिसहरूप्रति मैले मेरो हात पसारेको छु।”

शेयर गर्नुहोस्
रोमी 10 पढ्नुहोस्

रोमी 10:1-21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

दाजुभाइ-दिदीबहिनीहरू हो, इस्राएलीहरूका लागि मेरो मनको इच्छा र परमेश्‍वरसँग यही प्रार्थना छ, कि उनीहरूले मुक्ति पाऊन्। किनकि म तिनीहरूका बारेमा गवाही दिन सक्छु। तिनीहरू परमेश्‍वरप्रति जोशिला छन्, तर तिनीहरूको जोश सत्यताको ज्ञानमा आधारित छैन। किनकि परमेश्‍वरको धार्मिकतालाई नजानेर तिनीहरूले आफ्नै धार्मिकता स्थापना गर्न खोजे। तिनीहरूले आफैँलाई परमेश्‍वरको धार्मिकताको अधीनमा समर्पित गरेनन्। विश्‍वास गर्ने हरेक व्यक्ति धर्मी ठहरियोस् भनेर ख्रीष्‍ट नै व्यवस्थाको अन्त्य हुनुहुन्छ। मोशाले व्यवस्थाद्वारा प्राप्‍त हुने धार्मिकताको बारेमा यसरी लेख्छन्: “जुन व्यक्तिले यी कामहरू गर्छ, ऊ यी कामहरूद्वारा जिउनेछ।” तर विश्‍वासद्वारा प्राप्‍त हुने धार्मिकताले भन्छ: “तिमीले आफ्नो मनमा नभन, ‘स्वर्गमा उक्लिएर को जाला?’ ” (अर्थात् ख्रीष्‍टलाई ओराल्ने) “अथवा ‘पातालमा को ओर्लने?’ ” (अर्थात् ख्रीष्‍टलाई मरेकाबाट जीवित पार्ने)। तर धर्मशास्त्रले के भन्छ? “वचन तिम्रो नजिक छ; तिम्रो मुखैमा छ, र तिम्रो हृदयमा छ,” अर्थात् त्यही विश्‍वासको वचन, जसलाई हामी घोषणा गर्दैछौँ। यदि तिमीले, “येशू नै प्रभु हुनुहुन्छ,” भनी मुखले स्वीकार गर्छौ भने, र परमेश्‍वरले उहाँलाई मरेकाबाट पुनर्जीवित पार्नुभयो भनी हृदयमा विश्‍वास गर्छौ भने तिम्रो उद्धार हुनेछ। किनकि तिम्रो हृदयबाट तिमीले विश्‍वास गर्छौ, र धर्मी ठहरिन्छौ। अनि तिम्रो मुखले विश्‍वास स्वीकार गर्छौ र उद्धार पाउँछौ। धर्मशास्त्रले यसरी भन्दछ, “प्रभु येशूमा विश्‍वास गर्ने कहिल्यै शर्ममा पर्नेछैन।” किनकि यहूदी र गैरयहूदीमा केही भिन्‍नता छैन। उहाँ नै एउटै प्रभु, सबैका प्रभु हुनुहुन्छ, र उहाँलाई पुकार्ने सबैलाई प्रशस्तसँग आशिष् दिनुहुन्छ। किनकि “प्रभुको नाम पुकार्ने हरेक मानिसले उद्धार पाउनेछ।” तिनीहरूले विश्‍वास नै नगरेकोलाई कसरी पुकार्ने त? जसको बारेमा तिनीहरूले सुनेकै छैनन्, उहाँमाथि कसरी विश्‍वास गर्ने त? अनि कसैले तिनीहरूलाई प्रचार नै नगरी तिनीहरूले कसरी सुन्‍ने त? अनि कसैले प्रचारकहरूलाई नपठाएसम्म कसरी प्रचार गर्लान् त? यस्तो लेखिएको छः “सुसमाचार ल्याउनेहरूका पाउ कति सुन्दर!” तर सबै इस्राएलीहरूले सुसमाचारलाई स्वीकार गरेनन्; किनकि यशैयाले यसरी भन्दछन्, “हे प्रभु, कसले हाम्रो समाचारलाई विश्‍वास गरेको छ?” यसैले विश्‍वास वचनको सुनुवाइबाट आउँछ, र सुनुवाइ ख्रीष्‍टको वचन प्रचारद्वारा आउँछ। तर म सोध्छु: के इस्राएलीहरूले सन्देश सुनेका छैनन्? निश्‍चय नै तिनीहरूले सुनेका छन्: “तिनीहरूका आवाज सारा पृथ्वीमा पुगेको छ, तिनीहरूका प्रचार संसारको अन्त्यसम्म पुगेको छ।” म फेरि सोध्न चाहन्छु: के इस्राएलीहरूले यो कुरा बुझेनन् त? सर्वप्रथम, मोशाले भन्दछन्; “जो एक जाति होइन, त्यसद्वारा म तिमीहरूलाई ईर्ष्यालु बनाउनेछु; समझशक्ति नै नभएको जातिद्वारा म तिनीहरूलाई रिस उठाउनेछु।” तब यशैयाले ठूलो साहससहित भन्दछन्, “जसले मलाई खोजेका थिएनन्, तिनीहरूले मलाई भेट्टाएका छन्; जसले मेरो खोजी नै गरेका थिएनन्, तिनीहरूको माझमा मैले आफूलाई प्रकट गरेको छु।” तर इस्राएलको बारेमा परमेश्‍वर भन्‍नुहुन्छ, “दिनभरि मैले मेरो हात अनाज्ञाकारी र हठी मानिसहरूतर्फ बढाएको छु।”

शेयर गर्नुहोस्
रोमी 10 पढ्नुहोस्

रोमी 10:1-21 पवित्र बाइबल (NERV)

दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, यहूदीहरूको उद्धार हुनसकोस् भनेर म हृदयबाटै चाहन्छु। यो मेरो परमेश्वरप्रति प्रार्थना छ। यति मात्र म यहूदीहरूको विषयमा भन्न सक्छुः तिनीहरू साँचि नै परमेश्वलाई पछ्याउन चाहन्छन्। तर तिनीहरू ठीक बाटो जान्दैनन्। तिनीहरूले धर्मी बनाउने परमेश्वरको बाटो चिनेनन्। तिनीहरूले आफ्नै तरिकाबाट धार्मिक बन्न खोजे अनि त्यसैले मानिसहरूलाई धर्मी बनाउने परमेश्वरको बाटो तिनीहरूले स्वीकार गरेनन्। ख्रीष्टले व्यवस्था समाप्त गरिदिनुभयो ताकि प्रत्येक मानिस जसले विश्वास गर्छ ऊ धर्मी हुन सक्छ। व्यवस्थाले दिएको धार्मिकताको बारे मोशा भन्दछन्, “व्यवस्था अनुसार हिँड्ने मानिस त्यसबाटै बाँच्नेछ।” तर विश्वासले दिएको धार्मिकताको विषयमा धर्मशास्त्रले भन्छ, “तिमीहरू स्वयंले नसोध, ‘स्वर्गमा को जानेछ?’” (जसको अर्थ हुँदछ “ख्रीष्टलाई पृथ्वीमा उतार्न को स्वर्ग जानेछ?”) “र नभन, ‘पातालमा को जानेछ?’” (जसको अर्थ हुँदछ, “ख्रीष्टलाई मृत्युबाट फर्काउन पातालमा को जानेछ?”) धर्मशास्त्रले यसरी भन्छः “परमेश्वरको शिक्षा तिमीहरूको नजिक छ, त्यो तिम्रो मुखमा र तिम्रो हृदयमा छ।” यो शिक्षा विश्वासको शिक्षा हो जुन हामी प्रचार गर्छौं। यदि तिमीहरूले “येशू नै प्रभु हुनुहुन्छ,” भन्न मुख खोल्यौ भने अनि यदि परमेश्वरले येशूलाई मृत्युबाट बौराउनु भयो भन्ने कुरामा तिमीहरू विश्वास गर्छौ भने, तिमीहरूको उद्धार हुनेछ। हो, हामी हृदयले विश्वास गर्छौं त्यसैले हामी धर्मी बनाइका छौं। अनि हामी विश्वास गर्छौं भन्ने स्वीकार गर्न हामी आफ्ना मुख खोल्दछौं त्यसैले हामी बचाईएका छौं। हामीले मुख खोल्यौं र विश्वास गर्यौ अनि हाम्रो उद्धार भयो। हो, धर्मशास्त्रले भन्छ, “जसले पनि उहाँमा विश्वास गर्छ भने, ऊ लज्जित हुने छैन।” किनभने यहूदी र गैर-यहूदीहरूमा भिन्नता छैन। उहाँनै परमप्रभु सबैका लागि प्रभु हुनुहुन्छ। ज-जसले उहाँमा विश्वास राख्दछ ती सबैलाई उहाँ पूर्ण आशिष दिनुहुन्छ। हो, धर्माशास्त्रले भन्छ, “जसले परमप्रभुमा भरोसा राख्छ उसको उद्धार हुँदछ।” तर मानिसहरूले प्रभुलाई पत्याउन भन्दा पहिले उहाँमा विश्वास गर्नुपर्छ? अनि विश्वास गर्न अघि, तिनीहरूले उहाँको बारेमा सुनन्नुपर्छ। तर उहाँको बारेमा सुन्नलाई कसैले उहाँको बारे तिनीहरूलाई प्रचार गर्नुपर्छ। तर कसैले प्रचार गर्नु भन्दा अघि, उसलाई पठाइनु पर्छ। धर्मशास्त्रले भन्छः “सुसमाचार ल्याउनेहरूको खुट्टा सुन्दर हुन्छन्।” तर सबै यहूदीहरूले त्यो सुसमाचार स्वीकार गरेनन्। यशैयाले भने, “परमप्रभु हाम्रो सन्देशलाई कसले विश्वास गरे?” यसैले सुसमाचार सुनेपछि विश्वास आउँदछ। अनि यदि कसैले मानिसलाई ख्रीष्टको बिषयमा बताए तिनीहरूले सुसमाचार सुन्नेछन्। तर म सोध्छु, “के तिनीहरूले सुसमाचार सुने?” हो, तिनीहरूले सुने। धर्मशास्त्रले भन्छ, “तिनीहरूका आवाज सारा-संसारमा फैलिउन्। तिनहरूका शब्द संसारका चारै दिशा पुगुन्” फेरि म सोध्छु, “के इस्राएलका मानिसहरूले बुझेनन्?” हो तिनीहरूले बुझे। मोशा पहिले परमेश्वरका कुरा भन्छन्, “म ती मानिसहरूलाई प्रयोग गरेर तिनीहरूमा इर्ष्या उत्पन्न गराउँछु, जो एक जाति होइन। एउटा मूर्ख जातिलाई प्रयोग गरेर म तिमीहरूलाई क्रुद्ध बनाउँछु।” त्यसपछि यशैया अझ निर्भयताका साथ परमेश्वरलाई भन्छन्: “जुन मानिसहरूले मलाई खोज्दै खोजेका थिएनन्, तिनीहरूले नै मलाई पाए। जसले मलाई सोध्दै सोधेका थिएनन्, म तिनीहरूकहाँ प्रकट भएँ।” परमेश्वरले यी कुराहरू यशैयाद्वारा गैर-यहूदीहरूलाई भन्नुभयो। तर यहूदीहरूका बारेमा परमेश्वर भन्नुहुन्छ

शेयर गर्नुहोस्
रोमी 10 पढ्नुहोस्

रोमी 10:1-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

दाजुभाइहरू, म हृदयदेखि नै इस्राएलीहरूलाई परमेश्‍वरले बचाएको हेर्न चाहन्‍छु। त्‍यसैले म तिनीहरू बाँचून् भनेर परमेश्‍वरसित बिन्‍ती गर्दछु। तिनीहरू परमेश्‍वरलाई गहिरोसँग मान्‍न चाहन्‍छन्, म यसको साक्षी छु। तर कसरी मान्‍ने हो, तिनीहरूलाई थाहा छैन किनभने परमेश्‍वरले मानिसलाई आफ्‍नो सामु ठीक ठहराउनुहुने तरिकाको वास्‍ता तिनीहरूले गरेनन्। तर तिनीहरू आफ्‍नै तरिकाले परमेश्‍वरको सामु ठीक ठहरिन खोज्‍छन्। यसो हुँदा परमेश्‍वरको ठीक ठहराउने तरिकाअनुसार तिनीहरूले आफैंलाई उहाँमा सुम्‍पिएनन् किनभने विश्‍वास गर्नेहरू ठीक ठहरिऊन् भनेर ख्रीष्‍ट व्यवस्थाको टुङ्गो हुनुभयो। “व्यवस्था पूरा पालन गर्ने मानिस जिउनेछ,” भनेर मोशाले व्यवस्थाले ठीक हुने बारेमा लेख्‍छन्। विश्‍वासद्वारा परमेश्‍वरको सामु ठीक ठहरिनेबारेमा धर्मशास्‍त्रले यसो भन्छ, “तिमीले मनमनै यसो नभन, को स्वर्ग जान्छ?” (अर्थात् ख्रीष्‍टलाई तल ल्याउन) “वा आफ्‍नो मनमा यसो पनि नभन, पातालमा को ओर्लने?” (अर्थात् ख्रीष्‍टलाई मरेकोबाट माथि ल्याउन)। तर यसले के भन्‍छ? “मुक्तिको वचन तिमीहरूको नजिकै छ। यो तिमीहरूकै मुख र हृदयमा छ,।” हामीले विश्‍वासको बारेमा प्रचार गरेको सुसमाचार यही कुरा नै हो। तिमीहरू आफ्‍नो मुखले येशू नै प्रभु हुनुहुन्‍छ भनेर अरूलाई भन्‍छौ भने अनि परमेश्‍वरले उहाँलाई मरेकोबाट बिउँताउनुभयो भनी हृदयमा विश्‍वास गर्छौ भने तिमीहरू बाँच्‍नेछौ किनभने हामी हृदयले विश्‍वास गरेर नै परमेश्‍वरको सामु ठीक ठहरिन्‍छौं अनि विश्‍वास गरेका कुरा आफ्‍नै मुखले अरूलाई सुनाएर बचाइन्‍छौं किनभने धर्मशास्‍त्रले भन्‍छ, “उहाँमा विश्‍वास गर्नेले कहिल्‍यै पनि निराश हुनुपर्नेछैन,।” यहूदी र अरू मानिसमा केही फरक छैन। उही एउटै परमेश्‍वर सबैका परमेश्‍वर हुनुहुन्‍छ। उहाँलाई पुकार्नेलाई उहाँले आशिष्‌ले धनी तुल्‍याउनुहुन्‍छ। धर्मशास्‍त्रले भन्‍छ, “प्रभुको नामलाई पुकार्ने सबै बचाइनेछन्,।” तर उहाँमा विश्‍वास नगरी कसरी उहाँलाई पुकार्ने? उहाँको बारेमा नसुनीकन कसरी उहाँमा विश्‍वास गर्ने? उहाँको बारेमा कसैले नसुनाई कसरी उहाँको बारेमा सुन्‍ने? सुनाउने मानिस नपठाई कसरी सुनाउने? धर्मशास्‍त्रले भन्‍छ, “सुसमाचार सुनाउनेहरू आउँदा कति आनन्‍दको कुरो हो।” तर सुन्‍नेहरू धेरैले चाहिँ सुसमाचारको वास्‍तै गरेनन्। अगमवक्ता यशैया भन्‍छन्, “प्रभु, हामीले भनेका कुरा कसले पो विश्‍वास गर्‍यो र?” यो हामीलाई थाहा छ, विश्‍वासचाहिँ सुनेर आउँछ र सुन्‍ने कामचाहिँ ख्रीष्‍टको प्रचारबाट हुन्‍छ। त्‍यसो भए के तिनीहरूले सुन्‍न पाएनन्? होइन, सुने। “तिनीहरूको आवाज पृथ्‍वीभरि फैलियो र तिनीहरूले भनेका कुरा संसारका कुनाकुनासम्‍म पुगे।” त्‍यसो भए के इस्राएलीहरूले यो सुसमाचार बुझेनन् र? बुझ्‍न त बुझे, तर टेरेनन्। परमेश्‍वरले अघि मोशाद्वारा तिनीहरूलाई भन्‍नुभएको थियो, “जो एक जाति नै होइन, तिनीहरूलाई छानेर म तिमीहरूलाई तिनीहरूप्रति इख गर्ने तुल्‍याउँछु। अबुझ जातिहरूलाई मुक्ति देखाएर म तिमीहरूको रिस उठाउँछु,।” परमेश्‍वरले भन्‍नुभएको कुरा अगमवक्ता यशैया अझ सुरिएर लेख्‍दछन्, “मलाई खोज्‍दै-नखोज्‍नेहरूले मलाई भेटे र दर्शन माग्‍दै नमाग्‍नेहरूकहाँ म देखा परें,।” इस्राएलका बारेमा उहाँले भन्‍नुभयो, “मेरा कुरा नमान्‍ने र मेरै विरोधमा उठ्‍ने मानिसहरूलाई डाक्‍न मैले दिनभरि आफ्‍नो हात पसारें,।”

शेयर गर्नुहोस्
रोमी 10 पढ्नुहोस्