प्रकाश 8:1-13
प्रकाश 8:1-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब थुमाले सातौँ मोहोर तोड्नुभयो, तब प्राय: आधा घण्टासम्म स्वर्गमा सन्नाटा छायो। परमेश्वरको सामुन्ने उभिने सात स्वर्गदूतहरूलाई मैले देखें। तिनीहरूलाई सात वटा तुरही दिइयो। अनि अर्को एउटा स्वर्गदूत आए, अनि सुनको धुपौरो लिएर वेदीको छेउमा खड़ा भए। सिंहासनको सामुन्ने रहेका सुनको वेदीमाथि सबै सन्तहरूका प्रार्थनासँग चढ़ाउनका निम्ति तिनलाई धेरै धूप दिइयो। धूपको धूवाँ सन्तहरूका प्रार्थनाका साथ स्वर्गदूतको हातबाट परमेश्वरको सामुन्ने मास्तिर गयो। तब स्वर्गदूतले धुपौरो लिएर वेदीको आगो त्यसमा भरिदिए, र पृथ्वीमा फ्याँकिदिए। अनि मेघ गर्जनहरू, आवाजहरू, बिजुलीको चमकहरू उत्पन्न भए र भूकम्प गयो। ती सात वटा तुरही हुने सातै स्वर्गदूत तुरही फुक्न तयारी भए। पहिलो स्वर्गदूतले आफ्नो तुरही फुके, र रगतसँग मिसिएको असिना र आगो आइहाल्यो, र ती पृथ्वीमा बर्सिन लाग्यो। अनि पृथ्वीको एक तिहाइ भाग, रूखहरूको एक तिहाइ भाग र सबै हरिया घाँसहरू डढ़िहाले। दोस्रो स्वर्गदूतले आफ्नो तुरही फुके, र आगोले जलिरहेको एउटा ठूलो पहाड़जस्तो समुद्रमा फालियो, र समुद्रको एक तिहाइ भाग रगत बन्यो। अनि समुद्रमा भएका जीवित प्राणीको एक तिहाइ भाग मरे, र जहाजहरूको एक तिहाइ भाग नष्ट भए। तेस्रो स्वर्गदूतले आफ्नो तुरही फुके, र आकाशबाट बल्दो राँकोझैँ एउटा ठूलो तारा खस्यो, र खोलाहरूको एक तिहाइ भाग र पानीहरूका मुहानहरूमा त्यो खस्यो। त्यस ताराको नाउँ “ऐरेलु” हो, र त्यसले गर्दा पानीको एक तिहाइ भाग तीतो भयो, र पानी तीतो भएको हुनाले धेरै मानिसहरू मरे। चौथो स्वर्गदूतले आफ्नो तुरही फुके, र सूर्यको एक तिहाइ भागमाथि प्रहार गरियो, र चन्द्रमाको एक तिहाइ भागमाथि र ताराहरूको एक तिहाइ भागमाथि पनि प्रहार भयो, र तिनीहरूका प्रकाशको एक तिहाइ भागलाई अन्धकारले छोप्यो। तब दिनको एक तिहाइ ज्योतिविहीन भयो, त्यसरी नै रातको एक तिहाइ पनि। मैले हेरें, र मध्य आकाशमा उड़िरहेको एउटा गरुड यसो भन्दै चर्को सोरले कराएको सुनें, “फुक्न बाँकी रहेका तीन स्वर्गदूतका अरू तुरहीका आवाजको कारणले पृथ्वीमा वास गर्नेहरूलाई धिक्कार! धिक्कार! धिक्कार!”

प्रकाश 8:1-13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब थुमाले सातौँ मोहर खोल्नुभयो, तब स्वर्गमा प्रायः आधा घण्टासम्म सन्नाटा छायो। अनि मैले परमेश्वरको सामु सात जना स्वर्गदूतहरूलाई उभिएको देखेँ; अनि तिनीहरूलाई सात वटा तुरहीहरू दिइयो। अर्का स्वर्गदूत, जससँग एउटा सुनको धुपौरो थियो, वेदीनिर आएर उभिए। तिनलाई सबै सन्तहरूको प्रार्थनासित सिंहासनको सामु भएको सुनको वेदीमा चढाउनलाई धेरै धूप दिइयो। स्वर्गदूतको हातबाट धूपको धुवाँ सन्तहरूका प्रार्थनासँगसँगै उँभो उठ्दै परमेश्वरको उपस्थितिमा गयो। तब ती स्वर्गदूतले धुपौरो लिएर त्यसमा वेदीको आगो भरे, र त्यसलाई पृथ्वीमाथि फ्याँकिदिए; अनि मेघ गर्जन, गड्याङ-गुडुङको आवाज, बिजुलीको चमक उत्पन्न भयो, र भुइँचालो गयो। तब सात वटा तुरहीहरू भएका ती सात स्वर्गदूतहरू तुरही फुक्न तयार भए। जब पहिलो स्वर्गदूतले आफ्नो तुरही फुके, तब त्यहाँ रगतमा मिसिएका असिना र आगो उत्पन्न भए, र पृथ्वीमाथि वर्षिए। पृथ्वीको एक तिहाइ भाग, रूखहरूको एक तिहाइ भाग र सबै हरिया घाँसहरू जलेर भस्म भयो। जब दोस्रो स्वर्गदूतले आफ्नो तुरही फुके, तब बल्दैगरेको एउटा ठूलो पहाडजस्तै कुनै वस्तु समुद्रमा फालियो; अनि समुद्रको एक तिहाइ भाग रगतमा परिणत भयो। समुद्रमा भएका जीवित प्राणीहरूको एक तिहाइ भाग मरे; अनि जहाजहरूको एक तिहाइ भाग नष्ट भयो। जब तेस्रो स्वर्गदूतले आफ्नो तुरही फुके, तब राँकोझैँ जलिरहेको एउटा ठूलो तारा आकाशबाट नदीहरूको एक तिहाइ भागमाथि र पानीका मुहानहरूमाथि खस्यो; त्यस ताराको नाम तितो हो। पानीको तेस्रो भाग तितो भयो, र तितो पानीका कारण धेरै मानिसहरू मरे। जब चौथो स्वर्गदूतले आफ्नो तुरही फुके, तब सूर्यको एक तिहाइ भागमाथि र चन्द्रमाको एक तिहाइ भागमाथि अनि ताराहरूको एक तिहाइ भागमाथि प्रहार भयो; जसद्वारा तिनीहरूको एक तिहाइ भाग अँध्यारो भयो। दिनको एक तिहाइ भाग र रातको एक तिहाइ भाग पनि ज्योतिविहीन भयो। जसरी मैले ध्यानसित हेरिरहेको थिएँ, आकाशको बीचमा उडिरहेको एउटा गरुडले चर्को सोरमा यसो भनिरहेको सुनेँ: “अरू तीन स्वर्गदूतहरूले फुक्न लागेका तुरहीका आवाजहरूको कारण पृथ्वीवासीहरूलाई आतङ्क! आतङ्क! आतङ्क!”
प्रकाश 8:1-13 पवित्र बाइबल (NERV)
भेंडा़को पाठाले सातौं मोहर खोल्यो। तब प्राय: आधा घण्टासम्म स्वर्गमा शुन्यता छायो। अनि मैले देखें सात स्वर्गदूतहरूलाई जो परमेश्वरको सामुन्ने उभिएका थिए। तिनीहरूलाई सातवटा तुरही दिइयो। अर्को स्वर्गदूत आयो अनि वेदीमा उभियो। त्यो स्वर्गदूतसित सुनौलो धूप-दानी थियो। त्यो स्वर्गदूतलाई परमेश्वरका समस्त पवित्र मानिसहरूको प्रार्थनासहित अर्पण गर्नका निम्ति धेरै धूप दिइयो। त्यो स्वर्गदूतले यो भेटी सिंहासन अघिको सुनौलो बेदीमा राखे। धूपको धुवाँ स्वर्गदूतको हातबाट उँभो उठेर परमेश्वरकहाँ गयो। त्यो घुवाँ परमेश्वरका मानिसहरूको प्रार्थनासितै उँभो गयो। त्यसपछि स्वर्गदूतले बेदीको आगो धूपदानीमा भरे। स्वर्गदूतले त्यो धूपदानी बेदिको आगो धूपदानीमा भरे। स्वर्गदूतले त्यो धूपदानी पृथ्वीमा फ्याँके। तब त्याहँ बिजुली चम्क्यो, गर्जनको आवाजहरू आयो अनि भूईँचालो गयो। तब सात तुरही साहितका ती सात-स्वर्गदूतहरू आफ्ना तुरहीहरू बजाउन तयार भए। पहिलो स्वर्गदूतले तुरही बजाए। तब रगत मिसिएको असिना अनि आगो पृथ्वीमा झर्यो अनि पृथ्वीको एक-तिहाइ अंश अनि सबै हरिया घाँसहरू अनि एक-तिहाइ रुखहरू जले। दोस्रो स्वर्गदूतले आफ्नो तुरही बजाए। तब आगोले जलेका पहाड जस्तै केही समुद्र तर्फ फ्याँकियो। अनि समुद्रको एक-तिहाई अंश रगत बन्यो। अनि एक-तिहाइ समुद्रका प्राणीहरू मरे, अनि एक-तिहाइ जहाजहरू नष्ट भए। तेस्रो स्वर्गदूतले आफ्नो तुरही बजाए। तब, राँको बलेको जस्तो एक विशाल तारा आकाशाबाट झर्यो। त्यो तारा एक-तिँहाईँ अंश नदीहरू अनि पानीको मुलमा खस्यो। त्यो ताराको नाउँ “नागदौना” थियो। अनि सबै एक तिहाइ अंश पानी तितो भयो। त्यो तितो पानी पिएर धेरै मानिसहरू मरे। चौथो स्वर्गदूतले आफ्ना तुरही बजाए। तब एक-तिहाई अंश सूर्य, एक-तिहाई अंश चन्द्रमा अनि एक-तिहाई अंश ताराहरूमाथि प्रहार भयो। ती जम्मैको एक तिहाई अंश अँध्यारो भयो। दिन अनि रातको पनि एक तिहाई अंश प्रकाशरहित भयो। जब म हेर्दै थिँए मैले माथि आकाशमा गरुड उडिरहेको आवाज सुनें। त्यो गरुडले ठूलो स्वरमा भन्यो, “कष्ट, कष्ट, मानिसहरूलाई जो पृथ्वीमा बस्छन्, तिनीहरूलाई कष्ट, कष्ट होस्। त्यो कष्ट बाँकी रहेका अन्य तीन स्वर्गदूतहरूले तुरही बजाएको आवाज सुने पछि शुरु हुनेछ।”
प्रकाश 8:1-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
थुमाले सातौँ मोहर खोल्नुहुँदा आधा घण्टासम्म चकमन्न भयो। त्यसपछि मैले परमेश्वरको अगाडि उभिरहने सात जना स्वर्गदूत देखें। उनीहरूलाई सातवटा तुरही दिइएका थिए। सुनको धुपौरो बोकेको अर्को एक जना स्वर्गदूत आएर वेदीनेर उभिए। परमेश्वरका भक्तजनका प्रार्थनासँग सिंहासन अघिको सुनको वेदीमा चढाउन उनलाई धेरै सुगन्धित धूप दिइएको थियो। परमेश्वरको अगाडि खडा रहेका स्वर्गदूतका हातबाट जलिरहेका धूपको धुवाँ परमेश्वरका भक्तजनहरूका बिन्ती-प्रार्थनाहरूसँग उँभो उठिरहेको थियो। यसपछि ती स्वर्गदूतले धुपौरो लिएर त्यसमा वेदीको आगो भरे र पृथ्वीमा फ्याँकिदिए अनि गड्याङ्-गुडुङको आवाज आयो। बिजुली चम्क्यो र भूइँचालो गयो। त्यसपछि ती सातवटा तुरही हुने सात जना स्वर्गदूत तुरही फुक्न तयार भए। पहिलो स्वर्गदूतले तुरही फुके अनि रगतसित मिसिएको असिना र आगो पृथ्वीमा बर्सियो। यसले गर्दा पृथ्वीको तेस्रो भाग, रूखहरूको तेस्रो भाग र सबै हरिया घाँसको तेस्रो भाग डढ्यो। यसपछि दोस्रो स्वर्गदूतले आफ्नो तुरही फुके र आगो लागेको पर्वतजस्तो देखिने केही कुरा समुद्रमा फालियो अनि समुद्रको तेस्रो भाग रगतै भयो। समुद्रको तेस्रो भागका सबै जीवित प्राणीहरू मरे र जहाजहरूको तेस्रो भाग पनि नष्ट भयो। यसपछि तेस्रो स्वर्गदूतले आफ्नो तुरही फुके र आकाशबाट राँकोजस्तो जलिरहेको एउटा ठूलो तारा खस्यो। त्योचाहिँ नदीहरूको तेस्रो भाग र पानीको मुहानहरूमा खस्यो। त्यो ताराको नाउँ “तिक्तता” भनियो र त्यसले पानीको तेस्रो भाग सबै तीतो बनायो र त्यो तीतो पानी खाएर धेरै मानिसहरू मरे। त्यसपछि चौथो स्वर्गदूतले आफ्नो तुरही फुके अनि घाम, जून र ताराहरूको तीन भागको एक भागमाथि प्रहार पर्यो र तिनीहरूको एक तिहाइ ज्योति हरायो। यसरी दिन र रातको एक तिहाइ भाग अँध्यारो रहन्थ्यो। त्यसपछि मैले हेरें र आकाशमा उडिरहेको एउटा ठूलो गरुडले यसो भनेको मैले सुनें, “हाय! कस्तो डरको कुरा! किनभने बाँकी रहेका तीन स्वर्गदूतले आफ्ना-आफ्ना तुरही फुकेको आवाज निस्कँदा पृथ्वीमा मानिसहरूलाई कस्तो विपद् आइपर्ने हो?”