प्रकाश 7:11-12
प्रकाश 7:11-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि सिंहासन, धर्म-गुरुहरू र चार जीवित प्राणीहरूका वरिपरि सबै स्वर्गदूतहरू उभिए, र तिनीहरू सिंहासनको सामुन्ने घोप्टो परी यसो भन्दै परमेश्वरलाई दण्डवत् गरे। “आमेन! हाम्रा परमेश्वरलाई प्रशंसा, महिमा, बुद्धि, धन्यवाद, सम्मान, शक्ति र सामर्थ्य सदासर्वदा होस्। आमेन!”
प्रकाश 7:11-12 पवित्र बाइबल (NERV)
अग्रजहरू अनि ती चार सजीव वस्तुहरू त्यहाँ थिए। सबै स्वर्गदूतहरू तिनीहरूको अघि सिंहासनको वरिपरि थिए। ती स्वर्गदूतहरूले सिंहासनको अघि घुँडा टेके अनि परमेश्वरको उपासना गरे। तिनीहरूले भने, “आमिन! प्रशंसा, महिमा, ज्ञान, धन्यवाद, सम्मान, शक्ति अनि पराक्रम सदा-सर्वदा हाम्रा परमेश्वरलाई रहोस्। आमिन।”
प्रकाश 7:11-12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
सबै स्वर्गदूतहरू सिंहासन, प्रधानहरू र चार वटा जीवित प्राणीहरूका वरिपरि उभिरहेका थिए। तिनीहरू सिंहासनको सामु घोप्टो परे, र यसो भन्दै परमेश्वरलाई आराधना गरे, “आमेन! हाम्रा परमेश्वरलाई प्रशंसा, महिमा, बुद्धि, धन्यवाद, आदर, शक्ति र बल सदासर्वदा भइरहोस्! आमेन!”
प्रकाश 7:11-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मूल सिंहासन, धर्म-गुरु र चार जीवित प्राणीका वरिपरि स्वर्गदूतहरू उभिरहेका थिए। उनीहरूले सिंहासनको अगाडि दण्डवत् गरी यसो भनेर परमेश्वरको जयजयकार गरे: “आमेन। प्रशंसा, सम्मान्, ज्ञान-बुद्धि, धन्यवाद, आदर, अधिकार र शक्ति सदासर्वदा हाम्रा परमेश्वरकै हुन्! आमेन!”